All Posts By इटहरी खबर संवाददाता

    Showing १,२८१-१,२९० of ३,०८६ items.
  • लैनचौरमा दुईवटा स्कुटर ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौँ । काठमाडौँको लैनचौरमा दुई वटा स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।काठमाडौँ महानगरपालिका २ लैनचौरस्थित सडकमा बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र ०२–०३६ प ७४४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा बा प्र ०२–०३६ प ७४४९ नम्बरको स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका ५ घर भएका २१ वर्षीय रूपेश केसीको मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। बा ७९ प ५४७८ नम्बरको स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    • प्रकाशित मितिः असोज १०, २०८१
    • २६४ पटक पढिएको
  • प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा.मोहम्मद युनुसबीच अमेरिकामा भेटवार्ता भएको छ।संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलमा अमेरिकामा रहेका ओली र युनुसबीच न्युयोर्कमा भेटवार्ता भएको हो। त्यस अवसरमा उनीहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए। 

    • प्रकाशित मितिः असोज १०, २०८१
    • ५२९ पटक पढिएको
  • प्रतिकूल मौसमले हवाई उडान प्रभावित ,

    इटहरी । मौसम प्रतिकूल हुँदा काठमाडौँमा हवाई उडान सामान्य प्रभावित भएको छ। मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो। काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएका छन्। काठमाडौँबाट सिमराका लागि उडेको यती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकी काठमाडौँ फर्किएको छ। सोही एयरलाइन्सको काठमाडौँबाट विराटनगर उडेको अर्को विमान मौसम बिग्रिएका

    • प्रकाशित मितिः असोज १०, २०८१
    • २८२ पटक पढिएको
  • रेड नोटिस जारी भएका तीन जना आरोपी दुबईबाट पक्राउ

    काठमाडाैं । ठगी र जबरजस्ती करणी सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई प्रहरीले दुबईबाट पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा ठगी सम्बन्धी कसूरका आरोपि पाँचथर मिक्लाजुङ गाउँपालिका ४ ठेगाना भएका ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौँ नागार्जुन नगरपालिका ९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका छन्। यस्तै, जबरजस्ती करणी सम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका १० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन्।उनीहरूलाई सम्बन्धित मुद्दामा कारबाही गर्न बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जानकार

    • प्रकाशित मितिः असोज १०, २०८१
    • १७९ पटक पढिएको
  • उत्तर सर्‍यो मनसुनी प्रणाली, विज्ञ भन्छन्– नदी क्षेत्रमा उच्च सतर्कता अपनाऔँ

     इटहरी । देशभर अस्वभाविक मनसुनी वर्षा हुने भएकाले नदी जलाधार क्षेत्रको मानवबस्तीमा सतर्कता (फोर्स इभ्याकुएसन) अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्युनचापीय प्रणालीको प्रभावको कारण बिहीबार दिउँसोदेखि आइतबारसम्म मेघ गर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले वर्षा सम्बन्धी जानकारी आफ्नो वेबसाइटमा राखिसकेको छ। वर्षाको यो पूर्वानुमानलाई विज्ञले सामान्य मनसुनी वर्षा भन्दा फरक चरित्रको रहेको भन्दै उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका हुन्।विशेषगरी नदी जलाधार क्षेत

    • प्रकाशित मितिः असोज १०, २०८१
    • १६३ पटक पढिएको
  • इटहरी यातायात व्यवस्था कार्यालयमा छापा: १७ जना बिचौलिया पक्राउ

    भोजराज घिमिरेइटहरी, बुधबार — इटहरीस्थित यातायात व्यवस्था कार्यालय परिसरमा प्रहरीले बुधबार छापा मारी १७ जना बिचौलियालाई पक्राउ गरेको छ। यातायात कार्यालय बाहिरबाट सेवाग्राहीलाई अत्यधिक दुःख दिइरहेको र अवैध रूपमा पैसा असुलिरहेको गुनासो आएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको नेतृत्वमा अनुगमन टोलीले छापा मारेको हो।सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलका अनुसार पक्राउ परेका बिचौलियाहरू यातायात कार्यालयका कागजातहरू लेखापढी सेन्टरको सटरमा पुर्याएर मिलेमतो गरिरहेका थिए। उनीहरूले सेवाग्राहीहरूबाट अतिरिक्त पैसा असुल्ने र प्रक्रियालाई अवैध रूपमा प्रभावित गरिरहेका थिए।प्रहरीले

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ३४६ पटक पढिएको
  • कोशी प्रदेश सांसद ललिताकुमारी चौधरीका छोराद्वारा चलाइएको विनालाइसेन्स मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

    मोरङ, भदौ ९ – नेकपा (एमाले)को तर्फबाट कोशी प्रदेशसभा सदस्य ललिताकुमारी चौधरीका १८ वर्षीय छोरा अक्षत माझीले विनालाइसेन्स चलाएको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। चार दिनअघि भएको दुर्घटनामा झापाको चारआली निवासी २४ वर्षीय आकाश मण्डल गम्भीर घाइते भएका थिए, जसको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो।दुर्घटना भदौ ५ गते साँझ मोरङको बूढीगंगा गाउँपालिका–१ मा भएको थियो। प्रहरीका अनुसार, तीव्र गतिमा नेमुवाबाट विराटनगरतर्फ हुइँकिएको मोटरसाइकलले हिमगिरी साबुन फ्याक्ट्रीअगाडि बाटो क्रस गर्दै गरेका आकाश मण्डललाई ठक्कर दिएको थियो। गम्भीर अवस्थामा रहेका मण्डलको बुधबार राति २ः३० बज

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ३०५ पटक पढिएको
  • रिलिजअगावै बाहिरियो ‘ज्वाइँ साब’ को क्लाइमेक्स सिन

    इटहरी । असोज २४ गतेबाट रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ को महत्त्वपूर्ण दृश्य बाहिरिएको छ। रिलिजअगावै फिल्ममा समावेश क्लाइमेक्स सिन टिकटकमा आएको हो। सो दृश्य त्रिभुवन विमानस्थलमा सुटिङ गर्ने बेलाको हो। सुटिङका बेला दर्शकले भिडिओ खिँचेर टिकटकमा सार्वजनिक गरेको देखिन्छ। कमेडी जनरामा बनेको फिल्मको त्यो भावुक दृश्यले दर्शकहरुको ध्यान तानिरहेको छ।  सार्वजनिक भिडिओमा फिल्मका मुख्य कलाकार जितु नेपाल र नीति शाहलाई देख्न सकिन्छ। जितुले सेतो पहिरनमा हातमा बच्चा बोकेका छन्। त्यस्तै निलो ब्याग बोकेका उनको हातमा पार्टपोर्ट पनि छ। त्यस्तै, खादासहित नेपालको झण्डा बोकेर उभिएकी नीति भिडिओमा भावुक द

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ४४२ पटक पढिएको
  • ट्रम्पको दाबी- इरानले मलाई मार्ने प्रयास गरेको थियो तर असफल भयो

    एजेन्सी । अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफूलाई मार्न चाहेको तर त्यसमा सफल नभएको दाबी गरेका छन्। तर उसले फेरि प्रयास गर्नसक्ने आशंका पनि व्यक्त गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्नो ज्यानलाई इरानबाट ठूलो खतरा रहेको आरोप लगाएका हुन्। उनले लेखेका छन्- सम्पूर्ण अमेरिकी सेना हेर्दै र पर्खिरहेको छ। इरानले प्रयास गरेको थियो तर असफल भयो। तर उसले फेरि प्रयास गर्नेछ। यो अवस्था कसैको लागि राम्रो होइन। म धेरै मानिस, बन्दुक र हतियारले घेरिएको छु। म यसअघि कहिले यति धेरै मानिसले घेरिएको थिइनँ।आफ्नो सुरक्षाका लागि थप रकम विनियोजन गरेकोमा उनले अमेरिकी सं

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ४७८ पटक पढिएको
  • थारू समुदायले जितिया पर्व धूमधामका साथ मनाउँदै, काठमाडौंमा विशेष महोत्सवको आयोजना

    इटहरी - पूर्वी झापादेखि पश्चिम नवलपरासीसम्मका थारू समुदायका महिलाहरूले आज जितिया पर्व धूमधामका साथ मनाइरहेका छन्। थारू समुदायसहित तराई क्षेत्रमा बसोबास गर्ने अन्य महिलाहरूले पनि आफ्ना सन्तानको दीर्घायु, कल्याण र समृद्धिको लागि यो पर्वमा व्रत लिएका छन्।जितिया पर्वमा महिलाहरूले निराहार व्रत बस्दै धर्मकर्म र पूजा-पाठ गर्छन्। यो पर्व विशेष गरी थारू समुदायको प्रमुख धार्मिक र सांस्कृतिक महोत्सव हो, जसमा सन्तानको स्वास्थ्य र सुख-समृद्धिका लागि कामना गरिन्छ।गाउँदेखि शहरसम्म जितिया पर्वको महत्त्व झल्किने गरी विभिन्न महोत्सवको आयोजना गरिएको छ। काठमाडौं उपत्यकामा थारू महिलाहरूले तीन स्थानमा विशेष कार्यक्

    • प्रकाशित मितिः असोज ९, २०८१
    • २३७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल