काठमाडौं । काठमाडौँको सिनामंगलमा आज (शुक्रबार) दिउँसो मृत भेटिएका युवक र युवती नजिकका दाजु–बहिनी भएको खुलासा भएको छ । बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी १९ वर्षीया करिस्मा सार्की काठमाडौँ महानगरपालिका–९ शम्भुमार्गस्थित झर्ना गेस्ट हाउसमा मृत भेटिएका थिए ।गेस्ट हाउसको कोठा नम्बर २०४ मा करिस्मा घाँटी काटिएको र भरत झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । भित्रबाट ढोका बन्द गरेर बसेको र होटलका कर्मचारीले बोलाउँदा नआएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले ढोका फोडेर हेर्दा उनीहरू दुवै मृत भेटिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकार
इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मनसुनको प्रभावले आज (शनिबार) बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर केही स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा बिलमा चित्त नबुझेको भए अदालत गएर देखाउन चुनौती दिएका छन् ।उनले आज (शुक्रबार) प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा प्राधिकरणले अदालतले यसअघि दिएको आदेश, लेखा समितिले यसअघि दिएको निर्देशन र मन्त्रिपरिषदको निर्देशनअनुसार नै बिल काटेको भन्दै चित्त नबुझे अदालत जान उद्योगीलाई चुनौती दिएका हुन् ।उनले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका उद्योगले ६० दिनभित्र बक्यौता महसुल नतिरे लाइन काट्नुको विकल्प नभएको बताएका हुन् । घिसिङले बक्यौता महसुल भुक्तानी गर्ने शर्तमा लाइन काटिएका उद्योगमा
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनालले १२ कक्षा पास गरेका छन् ।आज (शुक्रबार) प्रकाशित नतिजा अनुसार खनालले २.४१ जिपिए ल्याएर १२ कक्षा पास गरेका हुन् । ५० वर्षीय खनालले गत वर्ष ११ र यस वर्ष १२ को परीक्षा दिएका थिए । अघिल्लो वर्ष उनले ११ पास गरेका थि ए। आफ्नै वडामा रहेको बालजीवन ज्योति माविको व्यवस्थापन समिति अध्यक्ष समेत रहेका खनाल सोहि विद्यालयको कक्षा ११ मा भर्ना भएका थिए ।एसएलसी उत्तीर्ण भएपछि लामो समय पढाइ छाडेका खनालले विद्यालयको पढाइ सुधार्ने अभियानका साथै अधुरो पढाई पूरा गर्न उनी आफैं ११ कक्षामा भर्ना भएका थिए । ‘पढ्ने रहर हुँदाहुँदै पढ्न सक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरुबीच आपसी समन्वय बढाई परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नवनियुक्त तीन राज्यमन्त्रीको सपथ ग्रहणपछि बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले राज्यमन्त्रीको मुख्य काम सम्बन्धित मन्त्रीहरुलाई सहयोग गर्ने भएकाले रचनात्मक भई आफ्नो कार्यक्षेत्रको सदुपयोग गर्न सुझाव दिए । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरुले पनि राज्यमन्त्रीलाई आवश्यक जिम्मेवारी दिने र परिणाम निकाल्ने विषयमा ध्यान दिन आग्रह गरे । अहिलेको विषम परिस्थितिलाई अनुकूलस्थितितर्फ लैजानका ला
काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यको संख्या बढाएको छ । आकांक्षी धेरै भएपछि ३४३ सदस्यीय ‘जम्बो’ केन्द्रीय कमिटी बनाएको हो ।अहिले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा सदस्यहरुको नाम वाचन गरेर अनुमोदन गराउने तयारी छ । विधानमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति हुने उल्लेख छ । यसअघि महाधिवेशनले अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो । केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी चयन गर्ने तयारी छ ।
इलाम । इलाममा पछिल्लो समय अलैंचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् । अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन् । गत वर्ष प्रतिमन (४० किलो) ८० हजार रुपैयाँमा बिक्री भएको अलैंची यस वर्षको सुरुमा ८५ हजार रुपैयाँ प्रतिमन खरिद बिक्री भइरहेको छ ।यस वर्ष अलैँचीको मूल्य बढे पनि उत्पादन घटेको किसान बताउँछन् । समयमा पानी नपरेकाले अलैँचीका बिरुवा मासिनाका साथै उत्पादनमा कमी आएको किसान हरि पोख्रेलले बताए । ‘अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्छ । त्यो समयमा पानी नपरेकाले बोट मासिएका छन् । पानी नपरेपछि पुराना उत्पादन दिने कतिपय स्थानका बोट
सुनसरी – सरकारले नेपाली सेनाका वरिष्ठ रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको छ ।प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल भदौ २४ मा सकिने र कार्यकाल सकिनु एक महिनाअघि नै बिदामा बस्नुपर्ने परम्पराअनुसार सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो ।मन्त्रिपरिषद्को अस्ति सोमवार बसेको बैठकले सिग्देललाई आउँदो साउन २४ गतेदेखि लागु हुने गरी कार्यवाहक प्रधानसेनापति बनाउने निर्णय गरेको छ । प्रधानसेनापति शर्माको भदौ २४ मा तीन वर्षे कार्यकाल सकिनेछ र त्यसपछि सिग्देलले आउँदो तीन वर्ष प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नु हुनेछ ।करिब ३८ वर्षदेखि नेपाली सेनामा सेवारत
सुनसरी – सामाजिक सञ्जालमा चर्चित धर्मगुरु भनिने पुष्कर खतिवडा काठमाण्डौको धुम्बाराहीबाट पक्राउ परेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको तस्बिर राखेर यमराजको अनुष्ठान गर्दै गर्दा खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।खतिवडाले केही दिनअघि फेसबुकबाटै देशलाई बरबाद बनाउने नेताहरूको नाममा यमराजको पूजा गर्ने निर्णय लिएको बताएका थिए । उनले सामाजिक सद्भावमा खलल पुर्याएको र कानुन विपरीत काम गरेको प्रहरीले जनाएको छ ।
सुनसरी -सुरेश कार्की भन्दा पनि सुपर सुरेश भनेर चिनिने कार्की पेशाले राष्ट्रसेवक कर्मचारी हुन ।पेशाले कर्मचारी भए पनि उनलाई प्रायः धेरैले हामी कहिल्यै थाक्दैनौ भन्ने नारा स्थापित गराउन खोज्ने ब्यक्तित्व भनेर चिन्छन । पछिल्लो समयमा गित संगितमा उनको राम्रै प्रेम देखिदै गएको छ । हालैमात्र उनले (रेश्मा) बोलको गित रेकर्ड गराएका छन् उक्त गित कमेडियन तथा गायक प्रकाश ओझा सग मिलेर रेकर्ड गराएका हुन् गितमा शब्द र संगित सुपर सुरेश आफैले दिएका छन् गित काठमाडौको स्टुडियो ७ मा रेकर्ड गरिएको हो ।उक्त गित म्युजिक भिडियो सहित आगामी भाद्र १ गते रिलिज हुने भएको छ ।सुपर हुनेछ भेट :भदौको एक