एजेन्सी । डेनमार्कलाई पराजित गर्दै आयोजक जर्मनी युरोकप फूटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । शनिवार राति डर्टमुन्डमा भएको अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम ८ मा पुगेको हो ।घरेलु टोली जर्मनीको जितमा काई हाभट्ज र जमाल मुसाइलाले एक–एक गोल गरे । पहिलो हाफको ३५ औं मिनेटमा खराब मौसमका कारण खेल केहीबेर स्थगित भएको थियो । त्यो बेलासम्म कुनै गोल भएको थिएन । फेरि सुचारु भएको खेलको ५३ औँ मिनेटमा जर्मनीले पेनाल्टी पायो । त्यसलाई हाभट्जले गोलमा परिणत गरेका हुन् । यस्तै खेलको ६८ औँ मिनेटमा गोल गर्दै मुसाइलाले जर्मनीको जीत सुनिश्चित गराए ।खेलमा दुवैतर्फबाट भ
इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज (आइतबार) दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी (मुसलधारे) वर्
इटहरी । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि शुरु हुँदैछ । आजदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ ।महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् । ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् । महाधिवेशनमा १,८४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछ । पार्टी अध्यक्
इटहरी :आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ।आज राति वेस्ट इण्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि दोस्रो उपाधि उपाधि जितेको हो ।१० वर्षपछि विश्वकपको फाइनलमा पुगेको भारतसँग पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका भने स्तब्ध भयो।भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ५१, क्विन्टन डी ककले ३९, ट्रिस्टन स्टब्सले ३१ र डेभिड मिलरले २१ रन बनाएपनि हार टार्न सकेनन्।बलिङतर्फ भा
काठमाडौं । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारीमाथि वचतकर्ताको ६ अर्ब रूपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिई दुरूपयोग गरेको आरोप लागेको छ ।सहकारी विभागले गरेको स्वतन्त्र अनुगमनमा जनताको बचत दुरूपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पाइएपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो । उनलाई उपत्यका अपराध महाशाखाको टोलीले शुक्रबार राति बालुवाटारबाट पक्
काठमाडौं । आज (शनिबार) एकै दिन पहिरोका कारण तीन जिल्लामा नौं जनाको ज्यान गएको छ । गुल्मी, स्याङ्जा र बागलुङमा गरी नौं जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका छन् ।गुल्मीमा पहिरोमा पुरिएर एकै घरका पाँच जनाको मृत्यु भएको छ । गए राति पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपना रहेका छन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका पाँचै जनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ । घट
स्याङजा । स्याङ्जामा पहिरोले घर पुर्दा आमा–छोरीको ज्यान गएको छ । फेदीखोला गाउँपालिका–५ बाँगेमा गए राति पहिरोले घर पुर्दा सुतिरहेका ३१ बर्षीय दुर्गा जिटी र उनकी तीन बर्षकी छोरी निकिसा जिटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।जिटीको ढुङ्गा माटो र टिनले छाएको एक तले घर र गोठ पुरेको हो । घरमाथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रूपमा क्षति भएको प्रवक्ता रानाले बताए ।
एजेन्सी । कोपा अमेरिका फुटबलमा कोलम्बिया क्वार्टर फाइनलमा प्रवेश गरेको छ । आज (शनिबार) बिहान सकिएको खेलमा कोलम्बियाले कोस्टारिकालाई ३–० गोल अन्तरले पराजित गर्दै एक खेल अगावै अन्तिम ८ मा स्थान बनाएको हो ।समूह ‘डी’ मा कोलम्बिया ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कोस्टारिकाको पहिलो हार हो । यसअघिको खेलमा कोस्टारिका ब्राजिलसँग बराबरीमा रोकिएको थियो । एरिजोनामा भएको खेलमा कोलम्बियाले ३१ औं मिनेटमा अग्रता लिएको थियो । कोस्टारिकाका गोलकिपर पेट्रिक सेक्वेराले कोलम्बियाका जोन कोर्डोबालाई फल गरेपछि पेनाल्टी दिइएको थियो । पेनाल्टीलाई लुइस डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए ।५९औं मिनेटमा जोन एरि
एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज (शनिबार) भारत र दक्षिण अफ्रिका भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार आज बेलुका सवा ८ बजे बिज्रटाउनमा शुरु हुनेछ । भारत अस्ती भएको दोस्रो सेमिफाइनलमा साविक विजेता इङल्याण्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो ।भारतले यसअघि एक पटक मात्रै उपाधि जितेको छ । उसले पहिलो संस्करण सन् २००७ मा उपाधि जितेको थियो । त्यसपछि सन् २०१४ मा फाइनलमा पुगेको भारत श्रीलंकासँग पराजित भएको थियो । दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल खेल्दैछ । उसले पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई नौ विकेटले हराएर फाइनलमा पुगेको हो ।दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइन
काठमाडौँ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखि