इटहरी : नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–ट्वेन्टी सिरिज एक खेल अगावै गुमाएको छ।बिहीबार भएको चौथो खेलमा पराजित भएसँगै नेपालले सिरिज ३-१ ले गुमाएको हो।सिरिजको पहिलो खेल जितेको नेपालले त्यसयता तीन खेलमा लगातार पराजय भोग्यो। पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।चौथो खेलमा नेपाल २८ रनले पराजित हुँदै सिरिज सुम्पन बाध्य भयो।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेष्टइण्डिज ‘ए’ ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १ सय ८१ रनमा समेटियो।नेपालका क्याप्टेन रोहित पौडेलले सर्वाधिक ८२ रनको योगदान गरे। आक्रामक ब्याटिङ 
इटहरी : नेपाल क्रिकेट संघ (क्यान)ले आज टी-ट्वान्टी विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले रोहित पौडेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।टोलीमा रोहित पौडेल कप्तान‚ आशिफ शेख‚ अनिलकुमार साह‚ कुशल भूर्तेल‚ कुशल मल्ल‚ दीपेन्द्रसिंह ऐरी‚ ललित राजवंशी‚ करण केसी‚ गुल्सन झा‚ सोमपाल कामी‚ प्रतीश जीसी‚ सन्दीप जोरा‚ अविनाश बोहरा‚ सागर ढकाल र कमलसिंह ऐरी छन्।जेठ २० गते (जुन २ तारिख) देखि वेष्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा उक्त प्रतियोगिता आयोजना हुँदै छ।
इटहरी – वेस्ट इन्डिज 'ए' टाेलीसँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे तेस्राे खेलमा नेपाल ७६ रनको फराकिलो अन्तरले पराजित भएकाे छ ।वेस्ट इन्डिज 'ए' ले दिएकाे २ सय २८ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १९ ओभर २ बलमा १ सय ५१ रनमा अल आउट भयाे । नेपालका लाेकश बम र करण केसीले समान २८, कुशल मल्लले २०, विनाेद भण्डारीले १९, अनिल साहले १४ । अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । वेस्ट इन्डिज 'ए' का हेडन वाल्शले ३, गुदाकेश माेटीले २ विकेट लिए ।यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज 'ए' ले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनायाे । वेस्ट इन्डिज 'ए' का ओपनर ब्याटर
इटहरी - वेष्ट इण्डिज ‘ए’ विरुद्धको ५ टी-२० शृंखलाअन्तर्गत नेपालले बुधबार तेस्रो खेल खेल्दैछ। खेल दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । नेपाल र वेष्ट इण्डिजले यसअघि एक-एक खेल जितेका छन् । शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो । आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इण्डिजँंग १० रनले पराजित भएको थियो । नेपालले आईसीसी टी-२० विश्वकपको तयारीस्वरूप वेष्ट इण्डिजसँग शृंखला खेलिरहेको हो। शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ।
सुनसरी -वेष्ट इण्डिज ‘ए’ विरुद्दको खेलमा नेपाल १० रनले पराजित भएको छ। जितका लागि पाएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका गुलशन झा २६, लोकेश बम १७,आरिफ शेख १२, आकाश चन्द ७, दिपेन्द्रसिंह ऐरी ३,सोमपाल कामी ३, कुशल भुर्तेल २, अनिल साह १ र कुशल मल्ल शून्यमा आउट भएका थिए। कप्तान रोहित पौडेल अविजित ७१ रन बनाए।टस जितेर ब्याटिङ रोजेको वेष्ट इण्डिजले सात विकेट गुमाएर १६० रन बनाएको हो। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मैत्रिपूर्ण टी-२० को दोस्रो श्रृङ्खलामा आज दोस्रो खेल हो। नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान दुई द
इटहरी - टि २० सिरिजका लागि नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले जितका लागि नेपाललाई १६१ रनका लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६० रन बनाएको हो।
इटहरी -बलात्कार अभियोगमा दोषी प्रमाणित भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजलाई तोकिएको छ । गत सोमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।न्यायाधीशद्वय भट्ट र ढकालको इजलासमा नौ मुद्दा रहेकोमा सातौँ नम्बरको सुनुवाइ नसकिएपछि त्यसपछिका मुद्दा हेर्न नभ्याइनेमा परी स्थगित भएको थियो । काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ)लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले फागुन १०
सुनसरी : वेष्टइण्डिज ए विरुद्धको पहिलो टी-२० खेलमा नेपालले विजयी सुरुवात गरेको छ। कप्तान रोहित पौडेलले ११२ रन बनाएर आउट भएका थिए। भखरै सम्पन्न खेलमा नेपाल ४ विकेटले विजय भएको हो ।
सुनसरी: नेपाली राष्ट्रिय क्रिकेट टोली र वेष्ट इण्डिजको ए टोलीबीच टी–२० शृंखलाको पहिलो खेल भोलि हुँदै छ।वेष्ट इण्डिजको ए र नेपालबीचको पहिलो खेल भोलि कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १२:१५ बजे शुरु हुनेछ। आईसीसी टी–२० विश्वकप २०२४ को तयारीस्वरुप नेपालले वेष्ट इण्डिजको ए टोलीसँग खेल्न लागेको हो। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपाल र वेष्ट इण्डिजको ‘ए’ टोलीबीच ५ खेलको टी–२० शृङ्खला हुँदै छ। वेष्ट इण्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो। नेपाल र वेस्टइण्डिज ‘ए’ बीचको दोस्रो खेल यही वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गत
सुनसरी -इटहरीबाट विराटनगर जाँदै गरेको ट्रकले ठक्कर दिँदा २२ वर्षीय युवकको मृत्यु भएको छ ।बिहीबार बेलुका करिब ७ बजेतिर इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०२–००१ ख ९२६९ नम्बरको ट्रकले दुहबी ८ जुटमिल अगाडि कोसी राजमार्गमा पैदलयात्री जिल्ला बारा माँगढीमाई नगरपालिका ५ घर भइ हाल इटहरी १३ हुलास वयर (फलाम) फ्याक्ट्रीमा काम गर्दै आएका २२ वर्षीय सिकेन्दर राम चमारलाई ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते भएका उनको विराटनगर कोसी हस्पिटल पठाएकोमा राति ८ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ