All Posts By इटहरी खबर संवाददाता

    Showing २,२३१-२,२४० of ३,०८७ items.
  • गजलकार प्रकट पङ्गेनीको निधन ।

    इटहरी  ।साहित्यकार प्रकट पंगेनी शिवको आज निधन भएको छ।मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा साहित्यकार पंगेनीको ७० वर्षको उमेरमा मङ्गलवार दिउँसो निधन भएको हो ।निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार मणिपाल शिक्षण अस्पताल भर्ना भएका थिए । भेन्टिलेटरमा उपचार गराइराखेका उनको मङ्गलवार दिउँसो निधन भएको हो ।गीत र गजललाई प्रमुख विधाका रूपमा पंगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत संग्रह प्रकाशित भएका छन् । यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) उनका प्रकाशित कृतिहरू छन् ।

    • प्रकाशित मितिः वैशाख ४, २०८१
    • ६१६ पटक पढिएको
  • कोशी प्रदेश : ऐन विपरीत लोक सेवाले विज्ञापन खुलाएको आरोप।

    बिराटनगर  । कोशी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती ऐन विपरीत गत चैत २६ गते नवौँ तहको विज्ञापन आह्वान गरेको आरोप लागेको छ । प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवातर्फ विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर नवौँ तहका पदहरूमा दरखास्त आह्वान गरेको थियो ।आठौँ तहका लेखा अधिकृतहरूले सो विज्ञापन रद्द गर्न माग गरेका छन् । चैत ३० गते मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवलाई उक्त विज्ञान रद्द गर्न पत्र पठाउँदै दर्जनभन्दा बढी अधिकृतहरूले लोक सेवाले विज्ञापन आह्वान गर्नुभन्दा अगाडि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्नुपर्ने ऐनमा व्यवस्था भएको जिकिर गरेका छन् ।‘....

    • प्रकाशित मितिः वैशाख ४, २०८१
    • ३९० पटक पढिएको
  • इटहरीमा मलामी गएका व्यक्तिले चिर्पट प्रहार गर्दा एक जनाको मृत्यु ।

    इटहरी । इटहरीमा  मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा एक जनाको ज्यान गएको छ।  सुनसरीको इटहरी उप–महानगरपालिका–४ स्थित मुक्ति घाटमा मलामी आएका व्यक्तिले  चिर्पट प्रहार गर्दा मुक्ति घाटका कामदारको मृत्यु भएको हो । मङ्गलवार दिउँसो करिब पौने २ बजे मुक्ति घाट वृहत् मुक्ति घाट क्षेत्र विकास समिति मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार बाट मृत्यु भएको छ ।  इटहरी उप–महानगरपालिका –४ गैरी गाँउबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका विनोद त

    • प्रकाशित मितिः वैशाख ३, २०८१
    • ९,८७२ पटक पढिएको
  • हङकङमाथि नेपालको फराकिलो जीत ।

    इटहरी  । ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत दर्ता गर्‍याे ।हङकङलाई हराउन नेपालले बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट  प्रदर्शन गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख ३, २०८१
    • ३१३ पटक पढिएको
  • हङकङले नेपाललाई दियाे १ सय १५ रनकाे लक्ष्य।

     इटहरी – ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनकाे लक्ष्य दिएकाे छ ।अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस हारेर ब्याटिङ गरेकाे हङकङ १७ ओभर ५ बलमा १ सय १४ रनमा अल आउट भयाे । हङकङका यान्शे रथले सबैभन्दा धेरै ३४ रन बनाए । नेपालका अबिनाश बाेहराले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २ तथा करण केसीले १ विकेट लिए । वर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएकाे थियाे ।दुई खेलमा दुवै खेल जितेको नेपाल समूह 'ए' काे अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो स्थानमा छ ।प्रतियाेगितामा अहिले समूह 'ए' कै मलेसिया र कतार खेलि

    • प्रकाशित मितिः वैशाख ३, २०८१
    • ३९६ पटक पढिएको
  • नेपाल आज हङकङसँग खेल्दै।

    इटहरी  : एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने १२ बजे ओमानको अल अमारात क्रिकेट मैदानमा हुनेछ। ​साविक बिजेता नेपाल अपराजित छ। आजको खेल जित्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ।  नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरेको थियो। हङकङ भने साउदी अरबसँग पराजित भएको छ। आइतबार भएको खेलमा साउदीले हङकङलाई ५५ रनले हराएको थियो। पहिलो खेलमा हङकङले कतारलाई २६ रनले पराजित गरेको छ। ​हङकङविरुद्धको टी–२० क्रिकेटमा नेपालले हालसम्म खेलेका ११ मध्ये ६ खेलमा जित हात पारेको छ भने चार खेले हङकङले जितेको छ। एक खेलमा नतिजाविही

    • प्रकाशित मितिः वैशाख ३, २०८१
    • ५९३ पटक पढिएको
  • इटहरीमा भोलि सार्वजनिक विदा ।

    इटहरी ।इटहरीको प्रथम जाति थारुहरुको सिरुवा पर्वको अवसरमा भोली वैशाख ३ गते इटहरी उपमहानगरपालिकाले  सार्वजनिक विदा दिएको छ। सिरुवा पर्व प्रत्येक नयाँ वर्षको पहिलो महिना बैशाख भरी स्थानीय ग्राम तथा थानहरुमा विशेष पुजा पाठ गरेर वर्ष भरी नै  परिवार तथा समाजमा कुनै संकट नहोस,प्राकृति रुपमा कुनै विपती नआओस् भन्ने प्रार्थना गर्दै मेला महोत्सवमा सभागी भइ एकआपसमा शुभकामना आदनप्रदान गरेर मनाउने गरिन्छ ।

    • प्रकाशित मितिः वैशाख २, २०८१
    • ४९१ पटक पढिएको
  • ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित नेपालले दोस्रो खेलमा कतारलाई ३२ रनले हरायो ।

    इटहरी  । ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको हो ।नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो । कतारका लागि कप्तान मोहम्मद तनवीरले सर्वाधिक ६३ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन । मोहम्मद अह्नाफले २३, हिमान्शु राथोड २२ र अदनान मिर्जाले १९ रनको योगदान दिए ।बलिङमा नेपालका ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले दुईदुई, अभिनास बोहरा र कुशल मल्लले एकएक विकेट लिए ।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँ

    • प्रकाशित मितिः वैशाख १, २०८१
    • ४२३ पटक पढिएको
  • नेपालले कतारलाई दियो दुई सय ११ रनको लक्ष्य, एकै ओभरमा दिपेन्द्रले हाने ६ वटा छक्का

    इटहरी  – दिपेन्द्र सिंह ऐरीको छ छक्काको मदतमा एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई दुर्य सय ११ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दुई सय १० रन बनायो ।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २१ बलमा ६४ रन बनाए । दिपेन्द्रले २० औं ओभरमा ६ वटा छक्का प्रहार गरेका हुन् । यस्तै आशिफ शेषले ५२ र कुशल मल्लले ३५ रनको योगदान गरे । ओमानका हिमान्सु राथोड र मुसवार साहले सामान तीन विकेट लिए ।नेपालले हिजो आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो  । अहिले साउदी अरेबिया र मलेसियाले पनि खेलिरहेका छन् । आजै भएका खेलमा यूएई र कुवेत विजयी भए

    • प्रकाशित मितिः वैशाख १, २०८१
    • २९० पटक पढिएको
  • भिरकुना देखि पाथीभरा मन्दिर जाने नयाँ पैदल मार्ग निर्माण ।

    खादबारी । संखुवासभा जिल्ला पाँचखपन नगरपालिका  ६  भिरकुना देखि  वाना भाङ्गटार स्थित पाथीभरा मन्दिर जाने नयाँ  पैदल मार्ग निर्माण गरिएको छ। स्थानीय स्रोत र साधानको अधिकतम  प्रयोग गरि पैदल मार्ग निर्माण गरिएको पाँचखपन नगरपालिका ६ का वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठले बताए ।यो पदमार्ग लाई थप ब्यवस्थित बनाउदै पाथीभरा  मन्दिर परिसर लाई संखुवासभा जिल्लाकै धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन लागि पर्ने जानकारी दिए ।साथै यो पदमार्ग निमाण सगै वाना बजार देखी आधा घण्टाको पैदल यात्रामा पाथीभरा मन्दिरको दर्शन गर्ने सकिन्छ। मन्दिरको दर्शन गरेमा आफुले चिताएको कुरा पूरा हुने धार्मि

    • प्रकाशित मितिः वैशाख १, २०८१
    • ७५१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल