All Posts By इटहरी खबर संवाददाता

    Showing २,२७१-२,२८० of ३,०८७ items.
  • बच्चालाई मोबाइल देखाएर खाना खुवाउँदा हुन् सक्छन् यस्ता गम्भीर समस्या

    एजेन्सी । “के गर्ने बच्चाले खाना खाँदैन । कम से कम मोबाइल हेरेर खाना त खान्छ ।” अहिले धेरै अभिभावकको मुखबाट सुनिने बोली यही छ । धेरै जसो घरमा अहिले बच्चाहरुलाई खाना खुवाउनका लागि मोबाइलकै सहारा लिने गरेको देखिन्छ । चाहे बच्चा जुनसुकै उमेरको हुन सक्छ । खासमा बच्चालाई मोबाइल देखाएर खाना खुवाउँदा उसको मानसिक तथा शारीरिक स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । जसमा विशेषज्ञहरुले भनेका केही समस्याहरु छन् ।लतविशेषज्ञहरुलाई मान्ने हो भने यदी बच्चालाई खाना खुवाउँदा मोबाइल देखाइयो भने उसलाई दैनिक यसरी नै खुवाउनु पर्ने हुन्छ । जसले गर्दा बच्चामा यसको नराम्रो असर पर्छ । दैनिक यसरी मोबाइल देखाएर खुवाउने

    • प्रकाशित मितिः असोज ११, २०८०
    • ३३२ पटक पढिएको
  • विश्वकप क्रिकेटका लागि टोली घोषणा गर्ने आज अन्तिम दिन

    एजेन्सी । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण सुरु हुन अब सात दिनमात्र बाँकी छ । प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका लागि सहभागी १० वटै राष्ट्रले आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् । केही राष्ट्रले घाइते खेलाडीलाई पनि टोलीमा समावेश गरेका छन् । केही राष्ट्रले भने वैकल्पिक खेलाडीको सूचि पनि सार्वजनिक गरेका छन् । तर, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकपका लागि टोली घोषणा गर्ने अन्तिम मिति बिहीबार साँझसम्मलाई तोकेको छ । त्यसैले सहभागी राष्ट्रहरुले बिहीबार साँझसम्म आफ्नो टोलीको अन्तिम नामावाली आईसीसी समक्ष बुझाउनु पर

    • प्रकाशित मितिः असोज ११, २०८०
    • २०० पटक पढिएको
  • विदेशी लगानीकर्तालाई नेपालमा लाभैलाभ

    काठमाडौं । आर्थिक वर्ष ०७८र७९ मा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ विदेशी लगानी भित्रियो। यो विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धताको ३४ दशमलव ३ प्रतिशत मात्रै हो। तर, सोही वर्ष लाभांशबापत १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बाहिरियो। यसले नेपालमा लगानी गरे राम्रै प्रतिफल लैजान पाइन्छ भन्ने सन्देश दिएको विज्ञहरू बताउँछन्। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८र७९ मा विदेशी लगानीकर्ताले स्वीकृत रकमको ३४ दशमलव ३ प्रतिशत मात्रै लगानी ल्याएका थिए। राष्ट्र बैंकका अनुसार सो वर्ष १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ लगानी भित्रि

    • प्रकाशित मितिः असोज ११, २०८०
    • ११४ पटक पढिएको
  • वन मन्त्रालयमा विकृति मौलाउँदो, कर्मचारी व्यवस्थापनमा त्रुटि नै त्रुटि

    काठमाडौं । वन तथा वातावरण मन्त्रालयको नेतृत्व केही निश्चित व्यापारिक घराना तथा निजी क्षेत्र र स्वार्थ समूहको रुचिअनुसार सञ्चालन हुँदा वन क्षेत्रमा सुधार प्रक्रिया अवरुद्ध भएको छ । मुलुकमा रहेको समग्र वनको व्यवस्थापनमार्फत् काठदाउरामा देशलाई आत्मनिर्भर बनाउनुपर्ने मुख्य प्राथमिकतालाई छोडेर केही निजी क्षेत्रलाई खुसी पार्ने योजनाका साथ मन्त्रालयका मन्त्रीलगायतका अधिकारीहरू अगाडि बढ्न थालेपछि वन तथा वातावरण क्षेत्रको सुधार प्रक्रियामा समस्या देखिएको हो ।वन मन्त्रालयले कर्मचारी व्यवस्थापनमा समेत हेलचक्र्याइँ गर्दै आइरहेको छ । मन्त्रालयका सचिव डा. दीपक खरालले कर्मचारीको उचित व्यवस्थापनमा खासै ध

    • प्रकाशित मितिः असोज ११, २०८०
    • ६४ पटक पढिएको
  • सार्वजनिक ऋणको दायित्व २३ खर्ब रूपैयाँ माथि

    काठमाडौं । मुलुकको अर्थतन्त्र गम्भीर अवस्थाबाट गुज्रिरहेको बेला सार्वजनिक ऋणको दायित्व पनि बढ्दै आइरहेको छ । चालु आर्थिक वर्ष २०८०र८१ को भदौ मसान्तसम्ममा सरकारलाई सार्वजनिक ऋणको दायित्व २३ खर्ब रूपैयाँ माथि पुगेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २३ खर्ब ९ अर्ब ८६ करोड रूपैयाँ पुगेको छ । भदौ मसान्तसम्मको सार्वजनिक ऋणलाई प्रतिव्यक्ति दायित्वको हिसाबले औषतमा ७९ हजार २०१ रूपैयाँ पर्न आउँछ । कुल ऋणलाई कुल जनसंख्याले भाग गर्दा यो तथ्यांक निकाल्ने गरिन्छ। यो ऋण सरकारले तिर्ने हो कुनै व्यक्तिले तिर्नु पर्दैन ।कुल ऋणलाई नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ ले भाग गरेर सो रकम न

    • प्रकाशित मितिः असोज ११, २०८०
    • १६७ पटक पढिएको
  • मल कारखाना खोल्न सर्वेक्षण अनुमति

    काठमाडौँ । हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न मलेसियन कम्पनीले सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ । लगानी बोर्डको कार्यालयले बुधबार सो प्रयोजनका लागि मलेसियन कम्पनी रिनिकोलासँग समझदारीपत्रमा हस्ताक्षरसमेत गरेको छ ।समझदारी अनुसार तनहुँको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनामा विद्युत् प्रयोगमार्फत पानी खण्डीकरण गर्ने प्रविधि इलेक्ट्रोलाइसिस प्रयोग गरी एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन गर्ने उल्लेख छ । करिब २६ करोड अमेरिकी डलर अनुमानित परियोजना लागत रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार छ सय मेट्रिक टन हरित

    • प्रकाशित मितिः असोज ११, २०८०
    • १५७ पटक पढिएको
  • दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद

    काठमाडौँ । प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद गरेको छ । सुन जस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको दोलखाका डिएसपी दीपक खड्काले  बताए ।खड्काले भने–‘सुन जस्तो देखिने धातु बरामद गरेर परीक्षणका लागि पठाएका छौँ ।’ इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सुन कारोबारमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सो सुन सिंगटीमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

    • प्रकाशित मितिः असोज ११, २०८०
    • १३१ पटक पढिएको
  • घरको छतबाट खसेर सात वर्षीय बालकको मृत्यु

    ताप्लेजुङ । ताप्लेजुङमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङ नगरपालिका–५ बैङ्क लाइनस्थित आफन्तकहाँ बस्दै आएका सात वर्षीय बालक अंकित लिम्बूको छतबाट खसेर मृत्यु भएको हो ।सोमबार साँझ साथीहरुसँग घरको छतमा फुटबल खेल्ने क्रममा चिप्लिएर बालक दुई तलामाथिबाट भुइँमा खसेर गम्भीर घाइते भएका थिए । बालकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पुर्‍याए पनि केही समयमै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।प्रहरीका अनुसार मृतक बालक मिक्वाखोला गाउँपालिका–४ साँबाका अजय लिम्बूका छोरा भएको र उनी आफ्नै फूपु नाता पर्ने आफन्तको घरमा बसेर सदरमु

    • प्रकाशित मितिः असोज ९, २०८०
    • १६३ पटक पढिएको
  • तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

     काठमाडौं ।आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० रुपैयाँले  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  हिजो सोमबारको तुलनामा आज (मंगलबार) सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा ३०  रुपैयाँले घटेको हो ।महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ थियो ।यस्तै, आज चाँदीको मूल्य समेत तोलामा ३० रुपैयाँले घटेको छ ।  हिजो १४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आ

    • प्रकाशित मितिः असोज ९, २०८०
    • १८१ पटक पढिएको
  • दुबई पठाउँछु भनेर ठगेको आरोपमा एक जना पक्राउ

    काठमाडौँ । रोजगारीका लागि दुबई पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको विश्रामपुर घर भएर काठमाडौँ बस्ने मोहम्मद शेख इरफान सिद्धिकी रहेका छन् । ३४ वर्षीय मोहम्मद शेख लाई काठमाडौँको नागार्जुनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोहम्मद शेखले सूर्य बहादुर कार्कीलाई दुबई पठाउँछु भनेर १ लाख ५० हजार लिएपछि सम्पर्कविहीन भएका थिए । दुबईमा सेक्युरिटी गार्डमा काम लगाइदिने र त्यसबापत ५० हजार तलब हुन्छ भनेर मोहम्मद शेखले आश्वासन दिएका थिए । आरोपितलाई कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाएको छ । 

    • प्रकाशित मितिः असोज ९, २०८०
    • १३५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल