काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावलेहाल गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।गण्डकी प्रदेशको धेरै स्थानहरूमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागको केहि स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशका एक-द
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा मूल्यमा सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ।कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटका अनुसार साउन ३१ गते बाँडफाँड गरेको हो । कम्पनीको आईपीआमा साउन २६ गते शुक्रबार साँझसम्ममा १४ लाख ७७ हजार ८७७ आवेदकबाट १ करोड ७४ लाख ८६ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको थियो।यो सर्वसाधारणको लागि छुट्टाएको ९६ लाख कित्ता शेयरको १.८२ गुणा बढी हुन आउँछ । जस मध्ये १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्र शेयर पाउनको लागि योग्य भएको छ । यस हिसाबमा आवेदन दिएका मध्ये ७ हजार ५ सय १७ जनाको आवेदन रद्द भएको छ
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको पेसी आजको लागि तोकिएको छ । अन्तिम सुनुवाइ भनिएको यस पेसीमा कुनै फेरबदल नआए आजै लामिछानेको मुद्दाको किनारा लाग्नेछ । लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद नै मुख्य विषय बनेको छ । पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता गराएका थिए भने लामिछानेका तर्फबाट वकालत गर्ने अधिवक्ताहरूले पीडित भनिएकीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी लिएका छन् ।जन्म दर्ता रहेको आधिकारिक निकायबाट आएको जन्म दर्तामा भने पीडित भनिएकी किशोरीको उमेर वारदातको समयमा १८ वर
काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । सय किलो सुन प्रकरण भनेर प्रख्यात भएको यस काण्डमा हालसम्म पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।सय किलो पक्राउ परेको सुन गालेर हेर्दा ६० किलो ७ सय १६ ग्राम मात्र पाइए पनि नेपालबाट तस्करी भएर भारततर्फ सयौं किलो गइसकेको पुष्टि भइसकेको छ ।अन्तर्राष्ट्रिय गिरोहकै सक्रियतामा भइरहेको सुन तस्करीमा चिनियाँ नागरिकको सहभागिता अत्यधिक हुन थालेपछि अनुसन्धानको जिम्मा पाएको सिआइबीले नेपालमा बसिरहेका र ओहोरदोहोर गरिरहेका चिनियाँहरूमाथि निगरानी बढाएको छ ।गत साता पनि दुई जना चिनियाँ नागरिकसहित प्रमुख नेपाली अभियुक्तको आरोप लाग
काठमाडौँ । गायक डिबी खड्काको स्वर रहेको गजल गीत ‘माया गरे झै गरी’ सार्वजनिक भएको छ । मनमोहक शैलीमा तयार ट्रयाजेटिका शब्दले भरिएको गीतमा शब्द तथा सङ्गीत भूपेन्द्र खत्रीको छ ।कुसल सिंहको सङ्गीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ । जसमा रविना केसी र भुवन श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोमा उद्धव नेपाली, सिसेमी लिम्बु र कृष्ण चौलागाइको समेत अभिनय छ ।एक जोडी प्रेमीको प्रेम, रोमान्स र ट्रयाजेटी देखाएको भिडियो सुवास श्रेष्ठ प्रधानले निर्देशन गरेका हुन् । भिडियोमा विनोद तामाङको छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन छ ।
झापा । झापामा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक कमल गाउँपालिका–४ का ६७ वर्षीय डोरप्रसाद खनाल रहेका छन् । मंगलबार साँझ पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल–५ स्थित पाडाजुँगीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ११ एपी ४१४१ नम्बरको भारतीय कारले विपरीत दिशातर्फ गइरहेको मे ७ प ४६४४ मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परी घाइते मोटरसाइकल चालक खनाललाई उपचारका लागि दमकस्थित पुर्याउन साथ चिकित्सकले मृत्यु घोषित गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय दमकले कार तथा कार चालकलाई नियन्त्रणम
काठमाडौँ ।आज (मङ्गलबार) सुनको भाउ स्थिर भएको छ भने चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँ पुगेको छ । यता, चाँदीको भाउ सामान्य बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा आज (मंगलबार) साँझसम्म प्रकाशन गर्ने भएको छ । गत २६ वैशाखदेखि ५ जेठसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा बोर्डले आज साँझसम्म सार्वजनिक हुने जनाएको छ । यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएका थिए । परीक्षाका लागि देशभर १ हजार ४५७ परीक्षा केन्द्र तोकिएको थियो । यस्तै, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।
काठमाडौँ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेसनल माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा ४०.३६ प्रतिशतले घटेर २१ करोड ५१ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३६ करोड ७ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ । खुद ब्याज आम्दानी सामान्य ९०.६० प्रतिशत० ले घटेर ८३ करोड ४२ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ४०.३४ %ले घटेर २१ करोड ५१ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६४ पैसाले घटेर १९ रुपैयाँ ८४ पैसामा आए
एजेन्सी । रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको छभने सयभन्दा बढी घाइते भएका छन् । आपतकालीन प्रतिकार्य मन्त्रालयका अनुसार माखचकलामा रहेको पेट्रोल पम्मपमा सोमबार राति उक्त दुर्घटना भएको हो । अग्नि नियन्त्रण कार्यालयका साथै सुरक्षा निकायको सहयोगमा आगो पूर्णरुपमा निभाइएको छ ।रूसी स्वास्थ्य मन्त्रालयले भने मखाचकलाका अस्पतालमा धेरै घाइते भर्ना भएका र मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ । दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले पत्रकारहरूसँगको कुराकानीमा दुर्घटनाको अनुसन्धान भइरहेको जनाउँदै व्यक्तिगत लापरबाहीका कारण घटना भएको ह