काठमाडौँ । तनहुँको आँबुखैरेनीमा दुई वटा माइक्रोबस ठोक्किएका छन् । पृथ्वीराजमार्गको साँखरमा दुई विपरीत दिशाबाट आइरहेका माइक्रोबसहरु ठोक्किँदा १२ यात्रु घाइते भएको बताइएको छ । प्रहरीका अनुसार मुग्लिनबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा २ ख ४०२० नम्बरको माईक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५१७९ नम्बरको माईक्रोबस गएराति ठोक्किएका हुन् । दुर्घटनामा बा २ ख ४०२० नम्बरको माइक्रोमा सवार यात्रुहरू घाइते भएका हुन् । घाइतेमध्ये चार जनाको स्थानीय अस्पतालमा र बाँकीको चितवनमा उपचार भइरहेको छ ।
ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोले तीन घरमा क्षति पुर्याएको छ । सोमबार देखि परेको अविरल वर्षाका कारण सिद्धिचरण नगरपालिका–१२ को जिविस खोरिया टोलमा मङ्गलवार बिहान गएको पहिरोले तीन घर र एउटा कुखुरा फार्ममा क्षति हुनुको साथै दुई जना घाइते घाइते भएका छन् ।बस्ती भन्दा पाँच सय मिटर माथिबाट खसेको पहिरोले स्थानीय सोम बहादुर खत्रीको तीन तला आधाको पक्की घरमा क्षति पुगेको छ । पहिरोले घरको बिच तलाको पछाडि भाग भत्किँदा ५० लाख बराबरको क्षति भएको छ । सोही घरमा कोठा भाडामा बस्ने भारतको दार्जिलिङ घर भएका ३२ वर्षीय नितेश राई घाइते भएका छन् । यस्तै पहिरोले स्थानीय पेशल खत्रीको तीन तले पक्की घरक
काठमाडौं । देशका केही भागमा आज भारी वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा गएरातिदेखि नै भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार कोसी, मधेस, लुम्बिनी, गण्डकी र
काठमाडौं । कोशी प्रदेशमा उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रियाविरुद्ध परेको मुद्दा आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ ।सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले त्यो प्रक्रियाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।सोमबार न्यायाधीशहरु सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।अब यो मुद्दा मंगलबारदेखि नै तीन न्यायाधीश संलग्न पूर्ण इजलासमा सुनुवाइ हुनेछ । पूर्ण इजलास आज तोकिने छ ।
काठमाडौँ । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू(भागका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू(भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।
बैतडी । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर–२ को भैरु टोलमा पहिरोले घर पुरिदा आमाछोराको मृत्यु भएको छ ।गत राति खसेको पहिरोले घर पुरिदा अन्दाजी २५ वर्षीय अञ्जु जागरी र उनका ५ वर्षका छोरा रिजन जागरीको मृत्यु भएको हो ।अञ्जुका श्रीमान् गोब्बर घाइते भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । स्थानीय र प्रहरीले गोब्बरलाई घाइते अवस्थामा उद्धार गरिएको चौधरीको भनाइ छ ।
काठमाडौँ । अमेरिकामा एक महिलाले तीन बालबालिकाको गोली हानी हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छन्। ब्रान्डी म्याक्सिलन नाम गरेकी ३९ वर्षीया ती महिलाले दुई छोरा र एक छोराको हत्या गरेकी हुन्। ती बच्चाहरूको उमेर १०, ६ र ११ वर्ष थियो। ओक्लाहोमा राज्यको टुल्सा राज्यमा उक्त घटना भएको हो। ब्रान्डी बच्चाहरूसँग त्यहाँ बस्ने गर्थिन्। ओक्लाहोमा स्टेट ब्यूरो अफ इन्भेस्टिगेशन टोलीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। फक्स न्युजका अनुसार घटना बिहीबारको हो। प्रहरी टोली यहाँ गस्तीमा थियो। त्यही क्रममा ती महिलाले गोली चलाएको आवाज प्रहरीले सुनेका थिए। त्यतिबेला दिउँसो करिब चार बजेको थि
काठमाडौँ । लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै एक दर्जनभन्दा बढी व्यक्तिलाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार र काठमाडौँ महानगरपालिका–१४ बस्ने ३६ वर्षीय ब्रम्हा रिसाल रहेका छन् ।परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै पीडितहरुलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने लगायतका कार्यहरु गरिदिन्छु भन्दै सुन र नगद गरी ४ लाख ३० हजार रुपैयाँ बराबरको रकम ठगी गरेको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले
काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकतालाई चुनौती दिँदै दर्ता गरिएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ ।कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो ।सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।
काठमाडौँ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबा) छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (सोमबार) तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला छापावाल १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यससँगै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । हिजो आइतबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । हिजो आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चा