काठमाडौँ । अनलाइन सट्टेबाजी गराउने कार्यमा संलग्न रहेका आरोपमा पक्राउ परेका कलाकारहरु रिहा भएका छन् । वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) लगायतका कलाकार रिहा भएका हुन् । जिल्ला अदालत, काठमाडौँले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै रिहा भएको प्रहरीले जनाएको छ ।
बुटवल । गुल्मीमा चट्याङ लागेर १५ बर्सिया किशोरीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा बस्ने टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन्। घाइते टीकालाई उपचारको लागि बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौँ । नेपाल कबड्डी संघको अध्यक्षमा तुल्सी थापा निर्वाचित भएकी छिन् । प्रतिस्पर्धी अमितबहादुर गुरुङलाई पराजित गर्दै थापा कबड्डी संघको अध्यक्षमा निर्वाचित भएकी हुन् ।अध्यक्षमा निर्वाचित थापा एमालेका पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमकी पत्नी हुन् । थापा एमालेकी पूर्वसांसद पनि हुन् । नेपाल ओलम्पिक कमिटीकी सचिवसमेत रहेकी थापा दोस्रोपटक अध्यक्ष भएकी हुन् ।यस्तै, संघको उपाध्यक्षमा कुमार आले र रतिया राजवंशी निर्वाचित भएका छन् । महासचिवमा भने अरबिन्दकुमार झा चयन भएका छन् । यसैगरी, सचिवमा तर्कराज भट्ट र कोषाध्यक्षमा कृष्णदेव पन्त निर्वाचित भएका छन् ।
सुनसरी । झापा र सुनसरीका केही ठाउँमा ठूलो वर्षा भएको छ । गए रातिदेखि नै ठूलो वर्षा भएकाले बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार सुनसरीको धरान, चतरा तथा झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एअरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भइरहेकोले त्यस क्षेत्रका नदीहरूमा बाढीको जोखिम छ । झापा र सुनसरीसहित कोशी प्रदेशका सबैजसो ठाउँमा गएरातिदेखि नै वर्षा भइरहेको छ ।महाशाखाले तटीय तथा होचा क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
एजेन्सी । कहिलेकाहीँ थकाइ लागेर वा खाना नखाँदा चक्कर आउन थाल्छ । तर दिनदिनै यस्तो हुन थाल्यो भने चाहिँ सावधान हुनुपर्छ । कुनै कारण नभई दिनदिनै चक्कर आउँदा कुनै गम्भीर रोगको संकेत हुन सक्छ । यसलाई समयमै ध्यान नदिएमा ज्यान पनि जान सक्छ ।आँखा, दिमाग, कान, गोडा र मेरुदण्डका नसाले काम नगर्दा चक्कर आउँछ अनि आँखाअगाडि अँध्यारो देखिन्छ । यसलाई खेलाँची ठान्ने भूल गर्नुहुँदैन ।मस्तिष्कमा निरन्तर अक्सिजन पुगिरहनुपर्छ । रगतमार्फत अक्सिजन दिमागमा पुग्छ । कहिलेकाहीँ रगतको डल्लो बन्दा वा राम्रो रक्तसञ्चार नहुँदा मस्तिष्कसम्म अक्सिजन सही मात्रामा पुग्दैन । अनि चक्कर आउन थाल्छ ।यस्तो भएमा तत्कालै स्वास्थ्
काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलीसम्मका लागि सरेको हो । राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहिबार बिहान १० बजे बस्नेछ ।
काठमाडौँ । गायक तथा संगीतकार बाबुल गिरीको नयाँ गीत ‘माया केही त बोलन’ सार्वजनिक गरिएको हो । संगीत समेत गिरीकै रहेको गीतमा ध्रुव कटुवालको शब्द छ । गीतको भिडियोमा राज कटुवाल र शिल्पा पोखरेलले अभिनय गरेका छन् । भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।असारको धान रोप्ने परिवेशलाई भिडियोमा उतारिएको छ । भिडियोलाई ध्रुव न्यौपानेले निर्माण गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन, शिलन लम्सालको सम्पादन छ ।भिडियो:
सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई रु एक लाख घुस रकमसहित पक्राउ गरेको छ ।अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मङ्गलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ । पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन् । अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।
काठमाडौँ । आज (बुधबार) सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। नपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार) तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर आज (बुधबार) १ लाख ११ जार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ । महासंघले बुधबार चाँदीको मूल्य पनि सामान्य बढेर कारोबार भएको जनाएको छ । मंगलबार तोलामा १३९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १४ सय रुपैयामा कारोबार भएको हो ।
जनकपुरधाम । बहुविवाह गरेको आरोपमा महोत्तरीका एक जना वडाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले मंगलबार बेलुका महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश महतोलाई बहुविवाह गरेको आरोपमा पक्राउ गरेको हो ।वडाध्यक्ष महतोलाई उनका जेठी श्रीमती ललितादेवी महतोले दिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।प्रहरीले वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।