काठमाडौँ । नेपाल कबड्‌डी संघको अध्यक्षमा तुल्सी थापा निर्वाचित भएकी छिन् । प्रतिस्पर्धी अमितबहादुर गुरुङलाई पराजित गर्दै थापा कबड्‌डी संघको अध्यक्षमा निर्वाचित भएकी हुन् ।

अध्यक्षमा निर्वाचित थापा एमालेका पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमकी पत्नी हुन् । थापा एमालेकी पूर्वसांसद पनि हुन् ।  नेपाल ओलम्पिक कमिटीकी सचिवसमेत रहेकी थापा दोस्रोपटक अध्यक्ष भएकी हुन् ।

यस्तै, संघको उपाध्यक्षमा  कुमार आले र रतिया राजवंशी निर्वाचित भएका छन् । महासचिवमा भने अरबिन्दकुमार झा चयन भएका छन् । यसैगरी, सचिवमा तर्कराज भट्ट र कोषाध्यक्षमा कृष्णदेव पन्त निर्वाचित भएका छन् ।