All Posts By इटहरी खबर संवाददाता

    Showing २,५७१-२,५८० of ३,०८७ items.
  • पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी

    पाँचथर । पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् । कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् । कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन् । उनीहरूलाई  जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै फिदिम नगरपालिका–११ लक्सीबोटेमा सोमबार विशाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका थिए । उनीहरूको जिल्ला अस्पताल

    • प्रकाशित मितिः असार १३, २०८०
    • १५२ पटक पढिएको
  • आजदेखि विराटनगरमा राष्ट्रिय सफ्ट टेनिस हुने

    विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा आज(बुधबार) देखि प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा प्रतियोगिता हुने भएको हो । मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनामा शहीद रंगशाला र विराटनगर जुट मिल्सको टेनिस कोर्टमा आगामी १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ । संघका अध्यक्ष श्याम लामाले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । प्रतियोगितामा ५ वटा प्रदेशसहित ३ वटा विभागीय टोलीको सहभागिता रहने जानकारी लामाले दिए । उनका अनुसार कोसी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाल पुलिस, सशस्त्र प्रहरी बल (एपिएफ

    • प्रकाशित मितिः असार १३, २०८०
    • १५९ पटक पढिएको
  • मौसम पूर्वानुमान: आज भारी वर्षा र हावाहुरीको सम्भावना

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक–दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।

    • प्रकाशित मितिः असार १३, २०८०
    • ११७ पटक पढिएको
  • करोडौँ ठगी गर्ने धर्मगुरु पक्राउ

    काठमाडौं । नारी शक्तिको जागरण गराउने भन्दै पीडितबाट करिब पाँच करोड र एक सय तोलाभन्दा बढी सुन एवं सुनका गरगहना ठगी गरेको अभियोगमा एक जना धर्मगुरु पक्राउ परेका छन् । दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो ।उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई कञ्चनपुर गड्डाचौकीबाट पक्राउ गरी काठमाडौँ ल्याएको प्रहरीले जनाएको छ । काफ्लेसमेतले काठमाडौँस्थित हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोली पीडितलाई रकम लगानी गर्न अभिप्रेरित गराउने, सेमिनार गरी संस

    • प्रकाशित मितिः असार १३, २०८०
    • ८१ पटक पढिएको
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एकजना यात्रुको बिदाई र स्वागतमा ३ जना मात्रै जान पाइने

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अबदेखि एकजना यात्रुको बिदाई वा स्वागतमा ३ जना मात्रै जान पाइने भएको छ । विमानस्थलको टर्मिनल भवन बाहिर अत्याधिक भीड हुन थालेपछि विमानस्थल सुरक्षा समितिले यस्तो निर्णय गरेको हो ।विमानस्थल परिसरमा अत्याधिक भीड हुँदा भीड व्यवस्थापनमा कठिनाई हुनुका साथै ट्राफिम व्यवस्थापन तथा चोरी नियन्त्रणमा कठिनाई भएपछि यस्तो निर्णय गरिएको विमानस्थल सुरक्षा समितिले जनाएको छ । समितिका अनुसार भीडभाड बढी हुँदा पछिल्ला केही महिनायता विमानस्थल परिसरमा दुर्घटनाका घटना पनि बढेका छन् ।

    • प्रकाशित मितिः असार १२, २०८०
    • २०६ पटक पढिएको
  • झापामा ट्रकको ठक्कर बाट कारमा सवार दुईजनाको मृत्यु, पाँच घाइते

    झापा । झापाको शिवसताक्षी नगरपालिकामा  ट्रक र कार  एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ गइरहेको ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १७ वर्षीया कुमकुम चौधरी छन्। मृतक बाबुछोरी हुन्। गम्भीर घाइते भएका उनीहरूलाई बीएन्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।घाइतेहरूको उपचार भइरहको छ। घाइते र सवारीसाधनको पहिचान नम्बर खुल्न सकेको छैन। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः असार १२, २०८०
    • १४२ पटक पढिएको
  • तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल २०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ।यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५० हजार ५० रुपैयाँ निर्धारण भएको छ। आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ।

    • प्रकाशित मितिः असार १२, २०८०
    • १२२ पटक पढिएको
  • ललिता निवास प्रकरणका आरोपित मीनबहादुर गुरुङ पक्राउ

    काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनैको निवास नक्सालबाट पक्राउ हो ।ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका छन् । उनी प्रहरीको फरारको सूचीमा रहेका थिए । यस प्रकरणमा गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतो सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो । २०७७ सालमा विशेष अदालतले व्यवसायी  गुरुङसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको थियो ।  मुद्दा दायर भएको एक वर्षपछि उ

    • प्रकाशित मितिः असार १२, २०८०
    • ९७ पटक पढिएको
  • जुम्लामा खेतगोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु, चार जना घाइते

    सुर्खेत । खेत गोड्ने क्रममा करेन्ट लागेर जुम्लामा एक जना किशोरीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा कनक सुन्दरी गाउँपालिका –८ की अन्दाजी १७ वर्षीय प्रमीला परियार रहेकी छन् ।जुम्ला प्रहरीका अनुसार सोही वडाको खलापानी भन्ने ज्युलोमा धान रोपेको खेत गोड्ने क्रममा लुड्कु जलविद्युत आयोजनाको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो । हावाहुरीले विद्युत तारा खेतमा पानीमा परेको हुनाले खेत गोडिरहेको अवस्थामा करेन्ट लाग्न गएको हो । यस्तै करेन्ट लागेर नै सोही गाउँकी शान्ति दमाई, राजु दमाई, मन दमाई, र विरु दमाई घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक

    • प्रकाशित मितिः असार १२, २०८०
    • १०५ पटक पढिएको
  • आज साफ च्याम्पियनसिप फुटबलमा नेपाल र पाकिस्तान भिड्दै

    काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज (मंगलबार) पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। बैंगलोरस्थित  कांतिराव स्टेडियममा साविक उपविजेता नेपालले पाकिस्तानको सामना गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ।नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेको छ। त्यसैले दुई टोलीका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ।समूह (ए) मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ। पाकिस्तान २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ।पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थ

    • प्रकाशित मितिः असार १२, २०८०
    • १५६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल