काठमाडौँ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै गत शुक्रबारकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको जनाएको छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
इटहरी । इटहरी उपमहानगरपालिकाले नगर अस्पतालको रुपमा विकास भइरहेको इटहरी अस्पताललाई आगामी बैशाख १ गतेदेखि २४ सै घण्टा सेवा दिने हस्पिटलको रुपका विकास गर्ने भएको छ । विशेषज्ञ सेवा सहित २०८० बैशाख पहिलो हप्ताबाट इटहरी अस्पताललाई २४ सै घण्टा सञ्चालन गर्न लागेको इटहरी उपमहानगरले जनाएको छ । शुक्रबार बसेको कार्यपालिकाको बैठकले अस्पताललाई २४ सै घण्टा सञ्चालनका लागि आवश्यक पर्ने प्रयोगशाला, औषधि बिक्री कक्ष, भौतिक पुर्वाधार, उपकरण, औषधि लगायतका स्वास्थ्य सामाग्री छोटो प्रक्रियाद्वारा खरिद गर्ने निर्णय समेत कार्यपालिकाले गरेको छ ।
धरान । सशस्त्र प्रहरीको टोलीले ठुलो परिणाममा लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १६ सुनौलो बस्तीका १८ वर्षीय राजेश परियार रहेका छन् । उनलाई बुधवार राती उनैको घरबाट लागुऔषध सहित पक्राउ गरिएको हो ।परियारको साथबाट स्पास्पिन ७ सय २३ ट्याब्लेट, ट्रमाडोल ७ सय १८, ट्याब्लेट, गाँजा ५० ग्राम र घरेलु हतियार समेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धरान लागूऔषध कारोबारको अखडा बनेपछि सशस्त्र प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको छ । सोही टोलीले परियारलाई पक्राउ गरेको हो ।पक्राउ परेका परियारलाई आवश्यक कारबाहीका लागि इला
काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् ।सबैभन्दा पहिले पहिचानको मुद्दा उठाउने पार्टी माओवादी भएको र त्यसलाई आफूहरुले अझै नछाडेको भन्दै प्रचण्डले पार्टीको तर्फबाट नाम सच्याउन पहल गर्ने बताएका हुन् ।गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा माओवादी केन्द्रले भूगोलको आधारमा कोशी प्रदेशको पक्षमा मतदान गरेको थियो ।पहिचान पक्षधरले त्यसविरुद्ध आन्दोलन थालेपछि र पार्टी भित्रैबाट पनि विरोध भएपछि माओवादी केन्द्र पहिचानका आधारमा पुनः नामांकन गर्नुपर्ने पक्षमा छ ।यही क्रममा माओवादी केन्द्रका नेता सुरेश आलेमगरसहित क
विराटनगर । मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठुलो सङ्ख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको झोराहाट, केराबारी र हरैचाबाट १९९ जना नक्कली परीक्षार्थी रहेका छन् ।आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरीले जनाएको छ । ग्रामथान गाउँपालिका २ झोराहाटबाटस्थित श्री सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिँदै गरेको ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।यस्तै सार्वजनिक मावि केराबारीबाट १२७ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । ‘नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको जन
काठमाडौँ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधवार) तोलामा १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (बिहिबार) तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार २०० रुपयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
इटहरी । इटहरी सरकारले सरकारी, कर्मचारी र जनप्रतिनिधीहरुलाई उत्पन्न हुने तनाव व्यवस्थापन गर्ने तालिम राखेको छ । कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव व्यवस्थापन गर्न सिकाउने उद्देश्यले तालिम सञ्चालन गरेको हो ।तनावपूर्ण वातावरणले कर्मचारीको निर्णय क्षमतामा असर नपरोस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । कर्मचारीलाई सदाचारी पेसागत जीवन बिताउनका लागि प्रेरित गर्न र कर्तव्यप्रति प्रतिबद्ध गराउन तालिम राखिएको हो मेयर पौडेलले भने ।कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव ब्यवस्थापनको तालिम राखेका छौ यो सम्भवत नेपालकै पहिलो हुनु पर्छ मेयर पौडेल भन्छन् । कर्मचारी
काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आईतबार) तोलामा १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (सोमबार) ६०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार १०० रुपयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा आइतबार ८०० र सोमबार १७ सय रुपैयाँले बढेको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज (सामेबार)चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
विराटनगर । प्रदेश १ को आजै नामाकरणको टुंगो लगाउने तयारी भएको छ । प्रदेश १ को आजै बिहान ११ बजे तोकिएको प्रदेश सभा बैठकमा नामाकरणको प्रक्रिया प्रवेश गराउने तयारी गरिएको हो । बिहान १० बजे सर्वदलीय छलफलपछि प्रदेशसभामा प्रक्रियाका लागि नामले प्रवेश पाउने छ ।छलफल र बैठकमा सहभागी नेताहरूले जो जो छलफल बसेको हो सूचना नचुहाउने सहमति भएकोले विषयलाई गोप्य राखिएको नेकपा माओवादीका एक नेताले बताए । नेकपा माओवादीका एक नेताका अनुसार कुनै नाटकीय परिवर्तन नभए बुधबार राती ८ बजेसम्म भएपनि नाम टुंगिने छ ।नेकपा माओवादीले पहिचानसहितको नाममा जोड दिए पनि यदि अरु नाममा दुई तिहाइ पुग्ने भएमा त्यसैम
सप्तरी । सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।कञ्चनरुप नगरपालिकामा दुई जनाको र हनुमानगर कंकालिनी नगरपालिकामा एक जनाको मृत्यु भएको हो ।कञ्चनरुप –९ विष्णुमन्दिर नजिक आज बिहान ३ बजे बा १८ च ६६१७ नम्बरको कार र घोडा बोकेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको पिकअप भ्यान ठोक्किँदा दुर्घटना भएको थियो ।उक्त दुर्घटनामा परी सुनसरीको दुहबी नगरपालिका–३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षीय हरेराम साह हलुवाईको मृत्यु भएको प्रहरीले जनाएको छ । राजकुमारी र हरेराम कारमा सवार थिए ।दुर्घटनामा १२ जना घाइते भएका र उनीहरुलाई उपचारका