इटहरी । इटहरी उपमहानगरपालिकाले नगर अस्पतालको रुपमा विकास भइरहेको इटहरी अस्पताललाई आगामी बैशाख १ गतेदेखि २४ सै घण्टा सेवा दिने हस्पिटलको रुपका विकास गर्ने भएको छ । 

विशेषज्ञ सेवा सहित २०८० बैशाख पहिलो हप्ताबाट इटहरी अस्पताललाई २४ सै घण्टा सञ्चालन गर्न लागेको इटहरी उपमहानगरले जनाएको छ । 

शुक्रबार बसेको कार्यपालिकाको बैठकले अस्पताललाई २४ सै घण्टा सञ्चालनका लागि आवश्यक पर्ने प्रयोगशाला, औषधि बिक्री कक्ष, भौतिक पुर्वाधार, उपकरण, औषधि लगायतका स्वास्थ्य सामाग्री छोटो प्रक्रियाद्वारा खरिद गर्ने निर्णय समेत कार्यपालिकाले गरेको छ ।