काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले आज मलेसियासँग खेल्दैछ । नेपालले आज आफ्नो चौथो खेल खेल्न लागेको हो ।खेल बिहान सवा ११ बजे यूएईको मलेक मैदानमा सुरु हुनेछ । हिजोको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित निकालेको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले हराएको थियो । नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ ।नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले आउँदो वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ ।
इटहरी । इटहरी उपमहानगरपालिकाले नियमविपरीत लिइएको सामाजिक सुरक्षा भत्ता फिर्ता मागेको छ । सरकारी कोषबाट नियमित तलब, भत्ता तथा निवृत्तभरण सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था भएको भन्दै आफूले बुझेको रकम फिर्ता गर्न १५ दिने सुचना जारी गरेको छ ।फागुन मसान्तभित्र वडा कार्यालयमा गइ भत्ता फिर्ता नगरे रकम असुल्नुका साथै विगो बराबरको जरिवानासमेत असुल्ने चेतावनी दिएको छ ।‘सामाजिक सुरक्षा ऐन २०७५ को दफा २१ को उपदफा ९२० तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ३३ को उपदफा (३)बमोजिम भुक्तानी लिएको रकम असुलउपर गरी बिगो बराबर जरिवानासमेत हुने भएकाले तोकिएको मितिभ
नवलपरासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को परासीस्थित आदर्श माविका छात्राहरु अचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ । आइतबार र सोमबार लगातार विद्यार्थी बेहोस हुने क्रम बढेकाले दुई दिनका लागि विद्यालय बन्द गरिएको हो । विद्यालयका प्रधानाध्यापक दीपक भट्टराई भने “आइतबार विद्यालयमा प्रार्थनाको समयमा छ छात्रा बेहोस भएका थिए”, उनले भने, “आज विद्यालय सुरु हुन लाग्दा थप दश छात्रा बेहोस भएपछि पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि उनीहरुलाई पठाइएको छ ।”विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत छात्रामा बेहोस हुने समस्या देखिएको बताए । रोग पत्ता नलागेकाले अन्य विद्यार
काठमाडौँ । अभिनेता पल शाहले बलात्कार आरोपमा सफाइ पाएसँगै उनी सोमबार रिहा भएका छन् । जिल्ला कारागार तनहुँबाट रिहा भएसँगै कारागार परिसरमा भेला भएका उनको पक्षमा समर्थकहरुले चर्को नारा लगाएका हुन् । सफाइ पाएर रिहा हुँदा पललाई अबिर माला समेत लगाइएको थियो । नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए ।एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।तनहुँ र नवल
काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा आज नेपालले आफ्नो तेस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।नेपाल र हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड १ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । छनोट प्रतियोगिता यसअघिका दुवै खेल जित्दै नेपाल अपराजित छ ।नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको । कुवेतविरुद्ध कप्तान देव खनाल र अर्जुन कुमालले शतक बनाएका थिए भने आकाश चन्दले ६ विकेट लिएका थिए । हङकङले भने यसअघि एक जित र एक हारको नतिजा निकालेको छ ।पहिलो खेलमा कुवेतमाथि
काठमाडौँ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आईतबार) तोलामा १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (सोमबार) तोलामा २०० रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ८०० रुपयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै घट्दै आज १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै,आज चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले घट्दै १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
इटहरी । प्रहरीले इटहरीबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक १ का मदन लिम्बू रहेका छन् ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार राति ८ बजेतिर इटहरी ४ मा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाका आधारमा लिम्बूलाई पक्राउ गरिएको हो । उनले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा लुपिजेसिक ४६ एम्पुल, डाइजेपाम ८६ एम्पुल, फेनारेगन ४६ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका लिम्बूमाथि थप अनुसन्धान भइरहेको छ ।
काठमाडौं । नाबालिग माथि बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको सुनवाइ आज पनि हुने भएको छ । आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिमा मुद्दा हेर्दाहेर्दैमा राखिए पछि आज पनि सुनवाइ हुन लागेको हो । नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च गएको थियो भने लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।गत असोज २० मा प्रहरी समक्ष आत्मसर्मपण गरेका उनी उच्च अदालत पाटनको आदेशसँगै गत २९ पुसमा २०
झापा । झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–८ बस्ने ३९ वर्षीय अशोक बराइली रहेका छन् । उनलाई अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । नेकपा एमालेका काठमाडौँका जिल्ला सदस्य पुण्यप्रसाद चौलागाई मृत फेला परेका छन् ।शुक्रवार काठमाडौँको साँखुमा रहेको सलम्बुटारको जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेको र थप अनुसन्धान भइरहेको साँखु प्रहरीले जनाएको छ । उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट गोकर्णेश्वर नगर प्रमुखको उम्मेदवार बनेका थिए । सिन्धुपाल्चोकको भोटेचौर घर भएका उनी पछिल्लो समय काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका थिए ।