विराटनगर । मोरङको उर्लाबारीमा रहेको सुधार केन्द्रबाट एकैपटक १३ जना दुर्व्यसनी फरार भएका छन्। उर्लाबारी नगरपालिका–७ स्थित जीवन बचाउ उपचार सेवा गृहबाट शनिबार साँझ लागूऔषधका दुर्व्यसनी भागेका हुन्। सुधार केन्द्रमा रहेका ३२ मध्ये १३ जना साँझ ६ः४५ बजेतिर भागेको केन्द्रका इन्चार्ज रवीन्द्रप्रसाद दाहालले जानकारी दिए। तीन जना सुरक्षागार्डलाई धम्क्याउँदै एकैपटक ठूलो सङ्ख्यामा दुर्व्यसनी फरार भएका दाहालले बताए। उनका अनुसार केन्द्रको ताला फोडेर उनीहरू फरार बनेको हुन्। भागेकाहरू सबै जना परिवारको सम्पर्कमा पुगेको र मोटरसाइकल, स्कुटर लगायतका सवारीसाधन लिएर घरबाट पनि फरार भएको पाइएको दाहालको भ
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ का एक-दुई स्थानमा भीषण वर्षा हुनसक्ने जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। यतिबेला प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ। बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो प्रदेश नं १, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आजै दिउँसो प्रदेश नं १ का एक(दुई स्थानहरूम
काठमाडौं । नेपालले केन्या विरुद्धको ३ खेलको एकदिवसीय श्रृखंलाको उपाधि एक खेल अगावै जितेको छ । घरेलु टोली केन्यालाई दोस्रो एकदिवसिय खेलमा १६ रनले पराजित गरेसँगै नेपालले श्रीखंलाको उपाधि २(० ले जितेको हो ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको अन्तिम विकेट बाँकि छँदा पाहुना टोली नेपालले रोमाञ्चक जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २ सय ३० रनको योगफल तयार गरेको थियो ।नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय पारी खेले । यसैगरी देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए । २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्या ४६ दशमलव ३ ओभरमा २ सय १३
काठमाडौँ । घर जग्गाको कारोबार गर्न अब इजाजतपत्र लिनुपर्ने भएको छ। अहिलेसम्म घर जग्गाको कारोबार गराउँदा व्यक्तिले स्वस्फुर्त रुपमा गर्दै आए पनि अब इजाजतपत्र लिएर मात्र गर्न पाउने गरी सरकारले कानुनी व्यवस्था गर्न लागेको हो।बोलिचालीको भाषामा व्यक्तिले स्वतन्त्र रुपमा ‘दलाली’ गर्दै आए पनि मालपोत ऐन २०३४ लाई संशोधन गरेर कानुनी दायरामा ल्याउन लागिएको हो। घर जग्गाको कारोबार गर्दा शुल्क लिई वा नलिई कसैको घर वा जग्गा खरिद बिक्री गर्न सहयोग गर्ने, खरिद बिक्रीका परामर्श दिनका लागि लाइसेन्स अनिर्वाय गर्ने घोषणा सरकारले नीति तथा कार्यक्रमै गरेको थियो।त्यसलाई कार्यान्वनय गर्न मालपोत ऐन संशोधन गर्न लागि
मेष । भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्नसक्छ । ठूलाबडाको आशीर्वादले भने काम बन्नसक्छ । वृष । रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् । मिथुन । आजको दिन मन प्रसन्न रहने र महत्त्वाकाङ्क्षा बढ्नेछ । समाज सेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ । नयाँ कार्यको थालनी समेत हुनेछ । कर्कट । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । सिंह । आज मनमा उत्साह
काठमाडौं । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल दिने दुई जना पक्राउ परेका छन् ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ मा रहेको राधेराधे ट्रायल सेन्टरबाट टुकुसिंह तामाङ र राज कुमार श्रीमललाई पक्राउ गरेको हो ।सिन्धुलीको दुधौली नगरपालिका १४ घर भएका मनिष प्रसाद सेढाईको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका २१ वर्षीय टुकुसिंह तामाङ र गोरखाको भिमसेनस्थान गाउँपालिका घर भएका ओमहरि ताम्राकारको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका २२ वर्षिय राज कुमार श्रीमललाई पक्राउ गरेको हो ।
काठमाडौं । आज देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । अहिले प्रदेश एक, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । मधेस र कर्णाली प्रदेशमा पनि मौसम आंशिक बदली छ । मौसम बदली भएका ठाउँमा आज दिउँसोपख पनि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले जानकारी दिइन् ।अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । आज राति लुम्बिनी प्रदेश, कर्णाल
काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ३० र ३१ गते हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षाफल प्रकाशित गर्दै ग्रेड वृद्धिको परीक्षा मिति पनि सार्वजनिक गरेको हो । यस वर्ष परीक्षा उत्तीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरिएको छ । त्योभन्दा कम अंक ल्याएको खण्डमा पुनःपरीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । यस वर्ष नियमिततर्फ ३ लाख ६३ हजार ८, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ ३ हजार १३२ गरी कूल तीन लाख ९६ हजार १८५ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।&nb
मेष । स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झन्झट आइलाग्नेछ । बोल्दा विचार पुर्याउनुहोला, साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ । वृष । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मिथुन । आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । कर्कट । आज चलाखीपूर्ण बोलीले अरूलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग पनि रहेको छ । सिंह । मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अध
दाङ । दाङमा आज शुक्रबार बेलुकी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । चितवनको नारायणघाटबाट बर्दियाका लागि छुटेको ना ६ ख ९६७९ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका ९ शिवखोलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि कोहलपुर लगिएको छ । बसमा ३० जना यात्रु सवार थिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।