All Posts By इटहरी खबर संवाददाता

    Showing २,८२१-२,८३० of ३,०८७ items.
  • २०७९ भाद्र १७ गते शुक्रबारको राशिफल

    मेष । आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग र शुभकार्यको चर्चा पनि चल्नेछ । वृष । आज धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मक नै देखिन्छ । मिथुन । मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्रा पनि हुनेछ । कर्कट । आज दबाब र तनाव बढेको महसुस हुनेछ । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला, तर आफन्तको साथ र सहयोग मिल्नेछ । सिंह । आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । रमणीय र सुखद् यात्

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • १२६ पटक पढिएको
  • इटहरीस्थित एक हार्डवेयर र काष्ठ उद्योगमा आगलागि

    इटहरी । इटहरी उपमहानगरपालिका ५ पचरुखीस्थित पाथिभरा ट्रेडर्स एण्ड सप्लायर्स र जय पाथिभरा काष्ठ उद्योगमा आज (बिहीबार) दिउँसो आगलागि भएको छ । पाथिभरा ट्रेडर्स एण्ड सप्लायर्सबाट सल्केको आगोले काष्ठ उद्योग समेत जलेको हो । पाथिभरा ट्रेडर्समा सामान मर्मत सम्भारको कार्य हुँदै गर्दा विद्युतिय सर्ट भएर आगो लागेको हुन सक्ने पाथिभरा ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक रिसभ कार्कीले बताए । आफू विशेष कामले बाहिर रहेको समयमा पसलमा आगलागि भएको उनले बताए । उनका अनुसार आगलागिबाट १५ देखि २० लाखसम्मको क्षति भएको छ ।  यता जय पाथिभरा काष्ठ उद्योगमा पनि आगलागिबाट करिब ६,७ लाख रुपैयाँ बराबरको क्षति भएको

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • ७२ पटक पढिएको
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो

    काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सख्या १२ हजार नाघेको छ। हालसम्म कोरोना संक्रमणका कारण १२ हजार २ जनाको मृत्यु भइसकेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १२ हजार २ पुगेको हो। पछिल्लो २४ घण्टामा २६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालययका अनुसार १७७३ पीसीआर परीक्षणमा १८० जना र १८२५ एन्टिजेन परीक्षणमा ८९ जना गरी २६९ जनामा संक्रमण पुष्टि भएको हो।मन्त्रालयका अनुसार यो अवधिमा २१५ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१५८ रहेको छ।

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • १२४ पटक पढिएको
  • इन्जिनियर बन्‍न लाइसेन्स अनिवार्य

    काठमाडौं । अब इन्जिनियर बन्नको लागि लाइसेन्स लिनुपर्ने भएको छ । नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) ऐन, २०७९ले यस्तो व्यवस्था गरेको हो ।इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ । ऐन अनुसार चिकित्सक, नर्स, वकिल, शिक्षकजस्तै अब इन्जिनियरहरुले लाइसेन्स परीक्षा उतीर्ण गरेपछि मात्रै नेपाल इन्जिनियरिङ परिषदबाट लाइसेन्स पाउनेछन् । लाइसेन्स पाएपछि मात्र इन्जिनियरले पेशा गर्न पाउनेछन् ।इन्जिनियरिङ व्यवसाय गर्नको लागि आवश्यक योग्यता निर्धारण गर्ने र योग्यता पुगेका इन्जिनियरको नाम दर्ता गर्ने प्रयोजनको लागि

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • ६९ पटक पढिएको
  • हसियाँले हानेर महिलाको हत्या गर्ने एक पुरुष पक्राउ

    नुवाकोट । जिल्लाको तादी गाउँपालिका ५ गोरे बस्ने ५० वर्षीया दुर्गा न्यौपानेको हत्या आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।   धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय शम्भु तामाङलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय, खरानीटारले जनाएको छ। प्रहरीले तामाङलाई हसियाँसहित पक्राउ गरेको हो।शम्भुले भदौ ५ गते बिहान हसियाँ प्रहार गर्दा दुर्गा गम्भीर घाइते भएकी थिइन्।उपचारका लागि खरानीटार अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगंज पठाएकोमा न्यौपानेको उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो।प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • ६७ पटक पढिएको
  • डडेलधुराबाट शेरबहादुर देउवा सर्वसम्मत सिफारिस

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुराबाट सर्वसम्मत सिफारिस भएका छन्। एकमात्र क्षेत्र रहेको डडेलधुराबाट उनी सर्वसम्मत भएको कांग्रेस नेताहरुले जानकारी दिएका छन्। डडेलधुराको प्रदेश क र ख क्षेत्रीय समितिका लागि देउवालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो।  डडेल्धुरामा देउवाले २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन्।

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • ११० पटक पढिएको
  • सेयर बजारमा सामान्य गिरावट

    काठमाडौं । बिहीबार सेयर बजारमा १.०८ अंकको गिरावट भएको छ । पछिल्लो एक साता बजार निरन्तर ओरालो यात्रामा छ । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ ।आज २२५ कम्पनीको २९ हजार १६२ हजार वटा कारोबारबाट ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार बैंकिङ, व्यापार, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी उपसमूहको मूल्य घटेको छ ।यसबाहेकका उपसमूहका लगानीकर्ताले भने आज कमाउन सफल भए । बिहीबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ । अपर हेवाखोला हाइड्रो, माहुली लघुवित्त, सप्तकोशी विकास बैंक

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • १०२ पटक पढिएको
  • काठमाडौं क्षेत्र नम्बर ५ बाट ‘सक्किगोनि’का ‘सिते बा’ले चुनाव लड्ने

    काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’का कलाकार मधुसुदन पाठक (सिते बा)ले काठमाडौंबाट चुनाव लड्ने भएका छन्।आगामी मंसिर ४ मा हुने चुनावमा उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुन लागेका हुन्। पाठकले स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेका छन्। ललितपुरमा आज भएको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा पाठक पनि उपस्थित थिए। यो अभियानको संयोजक सुमन सायमि हुन्।स्वतन्त्रहरूले एकै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्नका लागि यो अभियान सञ्चालन गर्ने बताएका छन्।उनीहरूले पार्टीका पुराना नेताहरूलाई यो चुनावबाट विस्थापित गर्ने दाबी पनि गरेका छन्।

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • १२७ पटक पढिएको
  • डा.लक्ष्मीनारायण यादव कोशी अस्पतालको मेसुमा नियुक्त

    मोरङ । विराटनगरस्थित कोशी अस्पतालको निमित्त मेडिकल सुप्रिटेन्डेन्टमा वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. लक्ष्मीनारायण यादव नियुक्त भएका छन्।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई अस्पतालको निमित्त मेसुमा नियुक्त गरेको हो। डा.यादव अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन हुन्। पदीय जिम्मेवारी पाएपछि उनले अस्पतालमा देखिएका समस्यालाई सक्दो न्यून गर्नेतर्फ आफू केन्द्रित रहने प्रतिक्रिया दिएका छन्।यसअघि गत वर्ष फागुनमा हाडजोर्नी विशेषज्ञ डा. यज्ञराज खरेललाई निमित्त मेडिकल सुप्रिटेन्डेन्टको जिम्मेवारी दिइएको थियो।

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • ७७ पटक पढिएको
  • बाँके क्षेत्र नं.३ बाट आरजु देउवाको नाम सिफारिस

    नेपालगञ्ज । बाँके क्षेत्र नं.३ बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौर, आरजु देउवा राणालगायतको नाम सिफारिस भएको छ।क्षेत्रीय सभापति नक्की खाँका अनुसार, क्षेत्र नं. ३ बाट केन्द्रीय नेतासहित सबैलाई समेटेर उम्मेदवार सिफारिस गरिएको हो। प्रत्यक्षतर्फ बादशाह कुर्मी, आशा विक, मेघराज ओली, लक्ष्मीनारायण शाह, नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरेको नाम सिफारिस गरिएको छ।समानुपातिकमा कृष्णमान श्रेष्ठ, कृष्ण विक रसाइली, हरिभक्त उप्रेती, गगनबहादुर विक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुन पाण्डे, पुष्प विक र चक्रबहादुर मल्लको नाम सिफारिस गरिएको छ।बाँकेमा अन्य

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • ११६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल