बराहक्षेत्र । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरीको बराहक्षेत्र–९ राजावासस्थित श्री सरस्वती माविका शिक्षक पक्राउ परेका छन् । सरस्वती माविमा कक्षा ८ र ९ मा अध्यापन गर्ने शिक्षक डम्बर पैकरालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेको हो । सामुदायिक विद्यालयमा अध्यापन गर्ने आरोपित शिक्षकले कक्षामा अध्ययनरत छात्राहरुको संवेदनशील अङ्गमा हात लगाउने र अस्वभाविक कुराहरु गर्ने पीडित छात्रा तथा अभिभावकहरुको आरोप छ । शिक्षक पैकराले लामो समयदेखि छात्राहरुलाई गलत व्यवहार गर्दै आएको विषय शुक्रबार बाहिरिएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई प्रधाना
काठमाडौं । नेपाल टेलिकमले तीज अफर ल्याएको छ । भदौ १२ गतेदेखि १७ गतेसम्म लागु हुने गरी टेलिकमले तीज अफर ल्याएको हो ।यस अफर अन्तर्गत ९८ रूपैयाँमा तीन दिनका लागि ६ जीबी डेटा पाइने छ । त्यस्तै २९४ रूपैयाँमा १० दिनका लागि मान्य हुने २० जीबी डेटा पाइने टेलिकमले जनाएको छ । टेलिकमले तीज अफर अन्तर्गत डेटा र भ्वाइसको कम्बो अफर पनि ल्याएको छ । यस अन्तर्गत ४९ रूपैयाँमा १ दिनका लागि मान्य हुने १ एमबीपीएस स्पीडको अनलिमिटेड डेटा र अन नेट अनलिमिटेड भ्वाइस सेवा उपलब्ध हुनेछ । नेपाल टेलिकमका प्रयोगकर्ताहरूले *१४१५# डायल गरी वा एनटी एप प्रयोग गरी तीज अफरको फाइदा उठाउन सक्नेछन् ।
काठमाडौं । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले त्रिविमा तोडफोड र आक्रमण गर्ने विद्यार्थीमाथि कारबाही गरिने बताएका छन्।आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आक्रमणमा संलग्न हुने विद्यार्थीहरूलाई त्रिविले हदैसम्मको कारबाही गर्ने बताए। त्रिविको उपकुलपति कार्यालयमा केही दिनअघि नेविसंघले तोडफोड गरेको थियो। नेविसंघले त्रिविका विभिन्न निकायमा तालाबन्दीसमेत गरेको छ।यसैबीच त्रिविले गृह मन्त्रालयसँग त्रिवि परिसरको भरपर्दो सुरक्षाका लागि आग्रहसमेत गरेको छ। विश्वविद्यालयमा नियमित पढ्ने विद्यार्थीबाट कुनै समस्या नरहे पनि राजनीतिक लाभ लिन खोज्ने विद्यार्थीहरूबाट भने समस्या रहे
काठमाडौं । आज (आइतबार) सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोल ७०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । गत शुक्रबार प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
काठमाडौं । कानुन विपरीत निर्माण गरिएको भन्दै भारतको नोयडामा रहेका दुईवटा अग्ला भवन भत्काउन लागिएको छ ।सुपरटेक बिल्डरले निर्माण गरेका एपेक्स र केएन नामबाट चिनिने टावर भत्काउन अदालतले आदेश दिएको थियो । भवन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ पड्काएर ध्वस्त पारिने छ । भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको छ ।आसपासको सडक पनि आधाघन्टामा लागि बन्द गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । नोएडा अथोरिटी र सुपरटेकले भवन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले नोएडा प्राधिकरणको निर्देशन अनुसार भवन भत्काउन आदेश दिएको थियो ।भवन भत्काउन र भत्काएपछिको सफाइमा
दाङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बबई गाउँपालिका ५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारी रहेका छन्।उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अधिकारीले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।युवकलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
काठमाडौं । जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुबेतका लागि दैनिक उडान भर्ने भएको छ।एयरवेजले भदौ ३१ (१६ सेप्टेम्बर) देखि सातामा सातै दिन उडान भर्न लागेको हो। हाल जजिराले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ। जजिराको जहाजमा एक सय ७४ यात्रु अट्छन् ।अहिले दैनिक एक सय ५० जना भैरहवाबाट कुवेत उडिरहेका छन्। कुवेतबाट भैरहवा आउनेको संख्या सय जना हाराहारीमा छ। चाडपर्व नजिकिदै गरेकाले यात्रु अकुपेन्सी बढेको र उडान संख्या थपेको एयरवेजका सञ्चालन प्रमुख संगीता रौनियारले बताइन्। जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले मात्र
उदयपुर । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको आन्दोलनका कारण आइतबार उदयपुरका सबै विद्यालयको पठनपाठन प्रभावित बनेको छ । पूर्ण सेवा सुविधाको ग्यारेन्टी, संघीय शिक्षा ऐन, २०५८ को संशोधनमा प्रबन्ध गरिनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका नेपाल विद्यालय कर्मचारी परिषद् आवद्द कर्मचारीहरुले जिल्लाभरका सबै सामुदायिक विद्यालय ठप्प पारेका हुन् । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका कर्मचारीहरुले पहिलो चरण अन्तर्गत भदौ १८ गतेसम्म विद्यालय ठप्प पार्ने र त्यसपछि थप कार्यक्रम घोषणा गर्ने बताएका छन् । परिषद्का अध्यक्ष बुद्धिलाल चौधरीले वर्षौंदेखि कर्मचारीको रुपमा कार
काठमाडौं । नेपाल र केन्याबीचको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने योजनामा छ । पहिलो खेलमा नेपाल ५ विकेटले विजय भएको थियो भने दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै १८ रनले जितेको थियो ।
काठमाडौं । भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बुधबारदेखि शनिबारसम्म चलाएको अपरेशनका क्रममा उनीहरुलाई विमानस्थलबाट फर्काइएको हो । कार्यालयका प्रमुख डीआईजी श्यामलाल ज्ञवालीका अनुसार विभिन्न एयरलाइन्समार्फत भिजिट भिसामा जान लागेका व्यक्तिहरु शंकास्पद लागेपछि सोधपुछ गरिएकोे थियो । त्यसक्रममा विस्तृत अनुसन्धान आवश्यक देखिएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहल बुझाइएको ज्ञवालीले बताए ।उनीहरुलाई विमानस्थलको प्रस्थान क्षेत्रमा चेकजाँच गर्दा हवाई अनुमतिका लागि आवश्यक कागजातहरु शंक