काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि उनी एकान्तवासमा बसेर काम गरिरहेका छन् । मन्त्रीपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले ६५ बर्षीय प्रधानमन्त्री किशिदालाई स्वास्थ्यमा भने कुनै समस्या नरहेको जानकारी दिए। उनलाई भेट्न आएका व्यक्तिबाट उनमा सङ्क्रमण सरेको आशंका गरिएको छ । सङ्क्रमण पुष्टि भएपछि उनका लागि तय गरिएका दर्जनौ कार्यक्रमहरु स्थगित गरिएका छन् । कतिपय कार्यक्रम भने भर्चुअल माध्यमबाट गर्ने तयारी भएको पनि उनको सचिवालयले जनाएको छ । उनी आगामी अगस्ट ३० सम्म एकान्तवासमा बस्ने भएका छन् । उनले कोरो
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न चार दलले भोलि (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति उल्लंघन गरिएको, नेता तथा कार्यकर्ताहरु माथि पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, महंगी र राष्ट्रघाति सन्धि सम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले भोलि नेपाल बन्दको घोषणा गरेको हो ।ती पार्टीले तीन बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न र पक्राउ पुर्जी तत्काल खारेज गर्न माग समेत गरेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ । पानी नपर्दा गर्मी बढेको हो । अझै एकरदुई दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।हिजो काठमाडौंको अधिकतम तापक्रम ३० दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।यस्तै, धनगढीको अधिकतम तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियस, भैरहवा, नेपालगञ्ज र दीपायलको अधिकतम तापक्रम ३४ दशमलव ५, जनकपुरको ३४ डिग्री सेल्सियस र सिमराको ३३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । मनसुनी न्यून चापीय रेखा नेपाल नजिक नरहेकाले केही दिनयता राम्ररी पानी पर्न सकेको छैन ।बर्खाको बेला भए पनि पानी नपर्दा धेरै ठाउँका खेतबारीमा लगाएका बाली सुक्न थाले
काठमाडौं । विगत १७ दिनदेखि आमरण अनसन गरिरहेकी निहारिका राजपुतले आइतबार अनसन तोडेकी छन् । काठमाडौँ जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी र राजपुतबीच तीन बुँदे सहमति भएसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा उनले अनसन तोडेकी हुन् । सहमतिअनुसार राजपुतले माग र अनुरोध गरे बमोजिम उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालत समक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गरिने भएको छ । त्यस्तै, डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालत समक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने पनि सहमति भएको छ । यस प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले यसअघ
काठमाडौं । केलियन एमबापेको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार फ्रान्सेली लिग वानमा लिललाई ७-१ को फराकिलो गोलअन्तरले हराएको छ ।पीएसजीको यो लगातार तेस्रो जित हो । पीएसजीका लागि नेयमारले दुई गोल गरे भने लियोनल मेसी र अचरफ हाकिमीले एक एक गोल गरे । लिलमाथि पीएसजीको यो अहिलेसम्मकै सबैभन्दा ठूलो गोलअन्तरको जित हो । तीन खेलबाट नौ अंकसहित पीएसजी लिग तालिकाको शीर्ष स्थानमा छ ।
मेष । कुनै कुराले मनमा शान्ति छाउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा बढी धनार्जन हुनेछ । लाभदायक यात्रा पनि रहला । वृष । गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा पनि सफलता पाइनेछ । मिथुन । शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ, तर सेयरको कारोबारमा नोक्सानी हुनसक्छ । कर्कट । आज मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ, तर साँझमा मन प्रसन्न रहनेछ । सिंह । दैनिक कार्
विराटनगर । वडाध्यक्षले चलाएको कारको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ । मोरङको बेलबारी ११ का वडाध्यक्ष विक्रम राईले चलाएको कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिबार साँझ वडाध्यक्षले चलाएको कारको ठक्कर दिँदा अन्दाजी ४० वर्षका एक पुरुष व्यक्ति घाइते भएका थिए । उनको उपचारका क्रममा आइतवार दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको दमकका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताए । पैदल हिँडिरहेका उनलाई शनिबार बेलुकी सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो । कारसहित चालकलाई इ
काठमाडौं । श्रीलङ्कामा सन् २०२२ को आठ महिनामा करिब ५० हजार डेङ्गुका बिरामी फेला परेको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू)ले जनाएको छ।स्थानीय सञ्चारमाध्यमका अनुसार पछिल्लो आठ महिनामा ४९ हजार ९४१ जना डेङ्गुको उपचारका लागि अस्पताल भर्ना भएका छन्। कोलम्बो, गाम्पाहा र कालुतारा जिल्लासहित पश्चिमी प्रान्तमा कूल सङ्क्रमितमध्ये ५० प्रतिशत भेटिएका छन्। कोलम्बो नगर परिषद् (सीएमसी) का प्रमुख मेडिकल अफिसर रुवान विजेमुनिले कोलम्बोमा १२ हजार ७५४, गाम्पाहामा सात हजार ४९६ र कालुतारामा चार हजार ७३१ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए।डेङ्गु सार्ने लामखुट्टे नियन्त्रणका लागि प्रयोग हुने
काठमाडौं । देशभर आज थप २८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ३४२३ नमूना परीक्षण गर्दा २८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८१६ र एन्टिजेनबाट १६०७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २०२ र एन्टिजेनबाट ८४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४७९ जना कोरोनामुक्त भएका छन्।हाल कोरोना सक्रिय संक्रमितको संख्या ४३४८ पुगेको छ।
झापा । झापामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा कन्काई नगरपालिका–४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।सामहम्दले ती बालिकालाई शुक्रबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।