दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–६ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ कोठेका २८ वर्षीय कृष्ण बुढाथोकी रहेको प्रहरीले जनाएको छ । आइतबार बिहान किस्मत कृषि फर्ममा मोटर चलाएर सवारी साधन धुने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि घाइते भएका उनको उपचारको क्रममा पशुपति चौलागाईँ स्मृति अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक बुढाथोकी ६ महिनादेखि उक्त फर्ममा सवारी चालकका रुपमा कार्यरत थिए ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय राहदानी नम्बर भी११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानान रहेका छन् ।उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ । उनी फ्लाई दुबईको उडानबाट दुबईबाट काठमाडौं आएका थिए । राहुलको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएको थियो । त्यसक्रममा प्रहरी वृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट बेलनाकारको सुनको
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागले दिएको विवरण अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक/दुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिदै विभागले देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। पहाडी भू–भागका केही तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको
काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीले आजबाट आईपीओ खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयका लागि खुला गरेको हो।आईपीओ खरीदका लागि रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीले आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीयहरूले आईपीओका लागि भदौ १९ गतेसम्म आवेदन दिन सक्न
काठमाडौं । हिमाञ्चल प्रदेश, झार खण्ड, ओडिसा र उत्तराखण्ड लगायत धेरै राज्यहरूमा भारी वर्षापछिको बाढी पहिरोमा परि कम्तीमा ३२ जनाको मृत्यु भएको छ । हिमाञ्चल प्रदेशमा शुक्रबार देखिको भारी वर्षापछिको पहिरो र बाढीका कारण एकै परिवारका आठ सदस्यसहित कम्तीमा २२ जनाको मृत्यु भएको छ । सो राज्यमा र वर्षासँग सम्बन्धित घटनाहरूमा १० जना घाइते भएका छन् भने ६ जना बेपत्ता भएका छन् । उत्तराखण्डमा चार जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । नदीले खतराको चिन्ह नाघेका र पुलहरू बगाएपछि कैयौँ गाउँबाट हजारौँ लाई विस्थापित गरिएको छ । पहिल्यैदेखि बाढीको चपेटामा परेको ओडिसाका ५ सय गाउँका ४ लाख मानिस प्
काठमाडौं । साथीको कुटपिट गरी हत्या गरेर फरार भएका तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका ९ हसनपुर घर भई हाल काठमाडौंको महाकाल बस्ने १९ वर्षीय बिमल राई, १८ वर्षीय जितेन राई, १९ वर्षिय सन्जय राई रहेको छन् ।उनीहरुले शनिबार राति साढे ९ बजे आफनै कोठामा भोजपुरको हतुवागढी गाउँपालिकाका पातालेपानी घर भई काठमाडौंको महांकाल २७ वर्षीय सामेलुङ्ग राई, २६ वर्षीय मनोज राईसँग बसेर मादक पदार्थ सेवन गरेका थिए ।त्यसपछि एक आपसमा बिवाद भइ झगडा हुँदा मनोज राई घाइते भएका थिए । कुटपिटबाट गम्भीर घाइते भएका राईलाई चावहिल स्थित हेल्पिङ्ग हेल्प हस्पिटल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्र
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ११ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार थप ११ हजार ५३९ जनामा कोभिड १९ संक्रमण देखिएको हो।नयाँ थपिएको संक्रमितसँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ९९ हजार ८७९ पुगेको छ।संक्रमणका कारण थप ४३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
विराटनगर । विराटनगरमा राधाकृष्ण रथयात्राका क्रममा ५९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शंकास्पद गतिविधिमा संलग्नलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । पक्राउ परेका अधिकांश ३० वर्षसम्मको उमेर समूहका छन् । एसपी कोइरालाका अनुसार मादक पदार्थ सेवन गरेर होहल्ला एवं हुलहुज्जत गर्ने, झैझगडा र मोबाइल तथा सिक्री चोरीमा संलग्नलाई नियन्त्रणमा लिइएको हो। पक्राउ गरिएकामध्ये केहीको साथबाट चोरिएका सुनका सिक्री र मोबाइलसमेत फेला परेको छ ।रथयात्राका क्रममा सिक्री र मोबाइल चोरीको उजुरी प्रहरीमा परेको छ। रथयात्रामा नेपालसहित भारतबाट समेत रथय
काठमाडौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।काँग्रेसका नेता गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए। सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । उनको अन्त्यष्टी आजै पशुपति आर्यघाटमा गरिने भएको छ । अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीर आज विहान ९ बजे देखि ११ बजेसम्म मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ । त्यसपछि साढे ११ बजे देखि २ बजेसम्म क
विराटनगर । विराटनगरमा आज (शनिबार) राधाकृष्ण रथयात्रा निकालिँदैछ । विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट रथयात्रा निकाल्ने गरिन्छ । यसअघिका दुई वर्ष कोरोना महामारीका कारण खटयात्रा मात्रै निकालिएको थियो । राधाकृष्ण मन्दिर व्यवस्थापन तथा रथयात्रा आयोजक समितिले ५४औं रथयात्राको सबै तयारी पूरा भएको जनाएको छ । स्वास्थ्य मापदण्डको पालना गरेर मात्रै रथयात्रामा सहभागी हुन आह्वान गरिएको छ । तीनपैनीबाट निकालिने रथ यसअघि मेन रोडबाट ट्राफिक चोक, हिमालय रोड हुँदै कोशी लोकमार्ग प्रवेश गराएर बरगाछीबाट मन्दिरतर्फ लैजाने गरिएको थियो । सौन्दर्यीकरणको कामले हिमालय