All Posts By इटहरी खबर संवाददाता

    Showing २,९६१-२,९७० of ३,०८७ items.
  • सुन्दरहरैचाको एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु

    इटहरी । मोरङको सुन्दरहरैचा–११ मा आगलागी हुँदा एक जना मजदुरको जलेर मृत्यु भएको छ ।आगोमा जलेर बेलबारी–११ का ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एवम् प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको हो । उनी घरमा रंगरोगन गर्ने मजदुर भएको प्रहरीले जनाएको छ ।विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    • प्रकाशित मितिः भदौ २, २०७९
    • ६४ पटक पढिएको
  • २०७९ भाद्र ०२ गते बिहिबारको राशिफल

    मेष । आज आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । काममा सफलता पनि मिल्नेछ । वृष । काम गर्दा अपजस आइलाग्न सक्छ भने विवादसमेत सिर्जना हुनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र पनि कमजोर रहला । मिथुन । चलाखीपूर्ण बोलीले काम बन्नसक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ । कर्कट । आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा हुने र अधुरा कार्य पूरा हुनसक्छ । रमाइलो यात्राको योग रहेको छ । सिंह । आज मङ्गल र शुभकार्यको चर्

    • प्रकाशित मितिः भदौ २, २०७९
    • १२७ पटक पढिएको
  • अरिंगालले टोकेर तेह्रथुममा एक युवकको मृत्यु

    मोरङ । तेह्रथुमको आठराई गाउँपालिकामा अरिंगालको टोकाइबाट एक युवकको मृत्यु भएको छ।इलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक योगराज सुवेदीका अनुसार मंगलबार राति अरिंगालले टोकेर गम्भीर घाइते भएका चुहानडाँडास्थित हिलेका २८ वर्षीय मिलन कान्दङवाको मृत्यु भएको हो। अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका कन्दङवाको झापाको बिर्ता सिटी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो।

    • प्रकाशित मितिः भदौ १, २०७९
    • ६५ पटक पढिएको
  • देशभर आज थप ८५२ जनामा कोरोना पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८५२ जना कोरोना संक्रमित थपिएका छन् । ६३८३ जनामा गरिएको नमुना परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ३२८ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् भने १८९७६७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।सो समयावधिमा कोरोनाबाट कसैको मृत्यु भएको छैन । अहिले देशभर ५४६२ जना सक्रिय संक्रमित रहेका छन् ।

    • प्रकाशित मितिः भदौ १, २०७९
    • ११२ पटक पढिएको
  • आजदेखि ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा प्रतिबन्ध

    काठमाडौं । सरकारले आजबाट ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले एक सूचना जारी गर्दै भदौ १ गतेबाट ४० माइक्रोनभन्दा कमो प्लास्टिक झोलामा प्रतिबन्ध लगाइएको जनाएको हो। विभागले प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री-वितरण र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ।विभागले जारी गरेको सूचनामा वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको नेपाल सकारको प्लाष्टिकका झोला प्रतिबन्धको नीति तथा निर्णयलाई आगामी दिनमा थप कडाईका साथ लागू

    • प्रकाशित मितिः भदौ १, २०७९
    • ६२ पटक पढिएको
  • फिफाद्वारा भारतीय फुटबलमा प्रतिबन्ध

    काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ । हालै, भारतको सर्वोच्च अदालतको आदेशमा एआईएफएफका अध्यक्ष प्रफुल्ल पटेललाई हटाएर प्रशासकको समिति (सीओए) को गठन गरेको छ । तर, फिफाले यो कदमप्रति असहमति जनाएर तेस्रो पार्टीको हस्तक्षेपलाई अमान्य भन्दै भारतीय फुटबललाई प्रतिबन्ध लगाएको ।पछिल्लो केही महिनादेखि एआईएफएफमा ठीकठाकसँग चलिरहेको छैन । यसै वर्ष भारतको सर्वोच्च अदालतको आदेशमा एआईएफएफका अध्यक्ष पटेललाई खेल मन्त्रालयले हटाएको थियो । साथै खेल सञ्चालन गर्नको लागि सीओए गठन गरियो । त्यही, २८ अगस्तसम्म चुनाव गर्न आदेश दिएको थियो । फिफाले एआईएफएफलाई प

    • प्रकाशित मितिः भदौ १, २०७९
    • १२२ पटक पढिएको
  • रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ। पार्टी सभापति रवि लामिछानेले एक भिडियो सन्देश जारी गर्दै नागरिकको आवाज सुनेपछि पार्टी केन्द्रीय समिति बैठकले प्रदेशसभा निर्वाचनमा सहभागी नुहने निर्णय गरेको बताएका छन्। नागरिकका आवाज सुन्ने र समाधानका उपाय खोज्ने निर्णय आफ्नो पार्टीले गरेको उनले बताए। खर्चिलो संरचना बनाएर राज्यको ढुकुटी सक्नुभन्दा सुधारेर जानु आवश्यक भएको भन्दै प्रदेशसभामा सहभागी नुहँदा मुलुकको खर्च जोगिने कारणले सो निर्णय गरेको उनले बताएका छन्।प्रदेशसभा निर्वाचनमा सहभागी नुहने कुराको जानकारी निर्वाचन आयोगलाई समेत गराइएको उनले बत

    • प्रकाशित मितिः भदौ १, २०७९
    • ११३ पटक पढिएको
  • निहारिका प्रकरणका आरोपित शिवराज श्रेष्ठ पक्राउ

    काठमाडौं । निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।धनुषाकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी छन् । उनले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् । काठमाडौंको माइतीघर मण्डला र बसन्तपुरमा यसअघि आमरण अनशनमा बसेकी उनले पछिल्लो समय राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गरेकी थिइन् ।

    • प्रकाशित मितिः भदौ १, २०७९
    • ६५ पटक पढिएको
  • अब सबै सहकारीले मासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने

    काठमाडौं । अब सबै सहकारी संघसंस्थाले वित्तीय विवरण मासिक रुपमा आफ्ना शेयरधनीलाई जानकारी गराउनु पर्ने भएको छ । सहकारी विभागले मंगलबार एक निर्देशन जारी गर्दै यस्तो प्रावधान कार्यान्वयनमा ल्याइएको बताएको हो । विभागका अनुसार प्रत्येक सहकारी संस्थाका सञ्चालक समिति र व्यवस्थापकले पहिलो चरणमा एक साता भित्र र त्यसपछि मासिक रुपमा यस्तो विवरण सार्वजनिक गर्नुपर्छ ।जसमा सेयर पूँजी, जगेडा कोष, कुल बचत, लगानीमा रहेको कर्जा, कूल सेयर सदस्य संख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल निक्षेप पूँजी र विभिन्न कोषमा रहेको रकम सार्वजनिक गर्नु पर्ने गरी निर्देशन जारी भएको छ । सहकारी ऐन अनुसार नियामक

    • प्रकाशित मितिः भदौ १, २०७९
    • १०७ पटक पढिएको
  • २०७९ भाद्र ०१ गते बुधबारको राशिफल

    मेष । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ । वृष । आर्थिक कारोबारमा विवाद आउनेछ । पारिवारिक झैझमेला आउला । स्वास्थ्यमा समस्या र चोटपटकको भय छ सचेत रहनुहोला । मिथुन । आज वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । कर्कट । दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दिनको उत्तरार्ध सुखद् रहनेछ । सिंह । आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्र

    • प्रकाशित मितिः भदौ १, २०७९
    • १२९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल