All Posts By इटहरी खबर संवाददाता

    Showing २,९७१-२,९८० of ३,०८७ items.
  • देशभर आज थप ८४८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२२ पीसीआर परीक्षणमा ३९९ र २ हजार ८९७ एन्टीजेन परीक्षणमा ४४९ जनामा संक्रमण पुष्टि भएको हो ।उक्त अवधिमा जम्मा ५ हजार ६१९ नमुना परीक्षण भएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ५२६ रहेको छ भने एक जनाले ज्यान गुमाएका छन् ।मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ । २४ घण्टामा ९० हजार ४४७ जनाले खोप लगाएका छन् ।

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • १३० पटक पढिएको
  • सन् २०५३ सम्ममा अमेरिका चरम गर्मीको चपेटामा पर्ने

    काठमाडौं । नयाँ अध्ययनले अमेरिकाका लागि निकै नराम्रो भविष्यवाणी गरेको छ । अध्ययनले सन् २०५३ सम्ममा अमेरिका चरम गर्मीको चपेटामा पर्ने, जहाँ तापक्रम ५१ डिग्रीको आसपास हुने जनाएको छ ।  लगभग आधा अमेरिकामा यो अवस्थाबाट गुज्रिने अध्ययनले जनाएको छ । यो चर्को गर्मीको धेरै नराम्रा परिणामहरू हुने अध्ययनले जनाएको छ । अत्यधिक गर्मी भएको क्षेत्रलाई अति गर्मी बेल्ट भनिन्छ।  त्यस्ता ठाउँहरूमा वर्षको कम्तिमा एक दिन तापक्रम ५२ डिग्री सेन्टिग्रेडभन्दा माथि जान्छ। नयाँ अध्ययनका अनुसार सन् २०५३ सम्ममा अमेरिकाको १० करोड जनसंख्या त्यस्ता क्षेत्रमा बस्न बाध्य हुनेछन् । एचटीको समाचार अनुसार य

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • १२० पटक पढिएको
  • बुटवलस्थित एक होटलमा युवा-युवती मृत फेला

    बुटवल । बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोटे होटलको कोठामा रहस्यमय रूपमा एक जोडी मृत फेला परेको हो ।ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ घर भएका अन्दाजी ३५ वर्षीय सिताराम भुजेल र नाम ठेगाना नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन् ।‘‘श्रीमान् विदेशतिर रहेको र एक डेढ महिनादेखि हराएको भन्ने खुलेको छ’ प्रहरी निरीक्षक घिमिरेले भने, ‘युवती उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।’तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफ

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • ५९ पटक पढिएको
  • पिपुल्स पावरको आईपीओ आजदेखि खुला

    काठमाडौं । पिपुल्स पावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्कासन गरेको हो। सोमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिन

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • १०७ पटक पढिएको
  • एम्बुलेन्समा ९० किलो गाँजा र नगदसहित चालक पक्राउ

    जनकपुरधाम । सिरहा प्रहरीले एम्बुलेन्सबाट ९० किलो गाँजासहित चालकलाई नियन्त्रणमा लिएको छ ।पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका १ मा को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ । सोमबार राति सवारीसाधन जाँच गर्ने क्रममा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए ।साहका अनुसार एम्बुलेन्सको पछाडि बिरामी राख्ने भागमा ५ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा र २८ हजार रुपैयाँ नगद बरामद भएको हो । गाँजा बरामद भएपछि एम्बुलेन्स चालक सिरहाको धनगढीमाई नगरपालिका ९ बस्ने २९ वर्षीय सरोज लामा

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • ६९ पटक पढिएको
  • पाँचथरमा ४ वर्षीया बालिका बलात्कार गर्ने ५६ वर्षीय पुरुष पक्राउ

    फिदिम । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको फिदिम नगरपालिका ११ का एक पुरुषलाई पक्राउ गरेको छ। बलात्कृत बालिकाका मामाले दिएको उजुरीका आधारमा नागिन स्थित फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इनिस्पेक्टर सन्तोष राईले जानकारी दिए।  बुढाथोकीले शनिबार राती बालिकालाई बलात्कार गरेको आरोप छ। बालिकाका आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि बुढाथोकी पक्राउ परेका हुन्। उजुरी दिएलगत्तै आरोपितलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • ७६ पटक पढिएको
  • आङ सान सुकीलाई थप ६ वर्ष जेल सजाय

    काठमाडौं । म्यानमारको एक अदालतले अपदस्थ नेत्री आङ सान सुकीलाई थप ६ वर्षको जेल सजाय सुनाएको छ । भ्रष्टाचारको चार वटा मुद्दामा दोषी ठहर गर्दै अदालतले नेत्री सुकीलाई ६ वर्षको जेल सजाय सुनाएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।  सेनाको विशेष अदालतले कलावाङ वन भूमिसँग जोडिएका तीन वटा भ्रष्टाचारको मुद्दामा सुकीलाई तीन वर्षको सजाय सुनाएको हो । यसका साथै एक बिल्डिङ प्लान्टसँग जोडिएको मुद्दामा पनि तीन वर्षको सजाय सुनाएको छ ।७७ वर्षीया नोबेल पुरस्कार विजेता सूकीलाई यसअघि नै ६ वटा मुद्दामा दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय तोकिसकिएको छ । म्यान्मारमा सैन्य शासनको कट्टर विरोधीमध्येकी एक सु

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • १५० पटक पढिएको
  • २०७९ साउन ३१ गते मंगलबारको राशिफल

    मेष । गरेका काम अधुरै रहला । मालसामान हराउन सक्छ । चोटपटकको भय छ, सचेत रहनुहोला, तर सहकर्मीबाट सहयोग मिल्नेछ । वृष । आज साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । मिथुन । आज कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नजिकैको व्यक्तिसँग प्रविधि मार्फत भेटघाट हुनेछ । कर्कट । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सिंह । आज स्वास्थ्यमा समस्या आउनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने सफलता मिल्नेछ । 

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • १३० पटक पढिएको
  • इटहरीको बुढी गंगा मुक्ति धाममा महाशिव गंगा आरती

    इटहरी । इटहरीको बुढी गंगा जमुना मुक्ति धाममा आज साउनको अन्तिम सोमबार महाशिव गंगा आरती गरिएको छ । शिव सेना नेपालको आयोजनामा यहि साउनबाट सुरु गरिएको आरती अब प्रत्येक सोमबार गरिने भएको छ ।   आज पितृहरुको नाममा १२ लाख दीप प्रज्वलन गरिएको आयोजक हिरा आचार्यले बताए । आरती कार्यक्रममा इटहरी आसपासका भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।   

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • २१८ पटक पढिएको
  • देशभर आज थप ८८८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५ हजार ७३७ जनामा परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्य ३ हजार १५५ नमुनाको पीसीआर परीक्षण गर्दा ४२७ जना र २ हजार ५८२ जनामा एनटीजेन परीक्षण गर्दा ४६१ जनामा संक्रमण पुष्टि भएको हो ।सोही अवधिमा ४७४ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पीसीआरतर्फ ९ लाख ९३ हजार ४५९ र एन्टीजेनतर्फ १ लाख ४७ हजार ३७३ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ९ लाख ७६ हजार ८३ पुगेको छ । हालसम्म  ११ हजार ९८९

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • १२१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल