काठमाडौं । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । आइतबार दिउँसो ४ बजेसम्म समग्रमा ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छन् । यो उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता छन् ।हालसम्म करिब एक लाख ३० हजार मतदाताले मत खसालेको अर्यालले बताइन् । स्थानीय तहमा रिक्त ४१ पदका निम्ति आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ । बेलुका ५ बजेसम्म मतदान हुनेछ । मतदान सकिएलगत्तै एउटा मतदान केन्द्र रहेको वडाहरूको मतगणना सुरु गर्ने तयारी रहेको आयोगले जनाएको छ ।उपनिर्वाचन हुने सबै ठाउँमा शान्तिपूर्ण तवरबाट मतदान भइरहेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेलले
काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज (आइतबार) पनि सकिएन । शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलको कार्यालय लगिएको थियो । बयान अझै नसकिएकाले भोलि (सोमबार) पनि लिइने भएको छ ।बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा सोमवारसम्म काठमाडौंमा नै रहने भएका छन । बयानपछि भोलि नै पोखरा फर्काइने छ । शुक्रबार बिहानदेखि सुरू भएको बयान सो दिनको अपरान्ह ३ः३० बजे सकिएको थियो । उनले त्यो दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए । आज पनि उ
इटहरी । कोशी प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू गरिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको गछियामा शनिबार आयोजित कार्यक्रममा टाइम कार्डको सुरुवात गरिएको हो ।कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले सो रुट हुँदै चल्ने सवारी साधनलाई टाइम कार्ड हस्तान्तरण गरेर यसको औपचारिक सुरुवात गरे । विराटनगरबाट काँकरभिट्टा जाँदै गरेको मे १ ख ३२५४ नम्बरका बस चालक अशोक टुडुलाई पहिलो कार्ड हस्तान्तरण गरिएको थियो ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय कोशीको आयोजना तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश र नेपाल यातायात स्वतन्त्र
कञ्चनपुर । कञ्चनपुरमा एक व्यक्तिले घाँटी रेटेर श्रीमतीको हत्या गरेका छन् । भीमदत्त नगरपालिका तिलाचौरका ४९ वर्षीय नरेन्द्र सिंह विष्टले ३० वर्षीया श्रीमती ज्योतिको हसियाँले घाटी रेटर हत्या गरेका हुन् । सामान्य भनाभनमा आक्रोशित हुँदा विष्टले श्रीमतीको ज्यान लिएका हुन् ।जेठी श्रीमतीको मृत्यु भएपछि २ वर्ष अघि नरेन्द्रले ज्योतीसँग विहे गरेका थिए । पछिल्लो समय नरेन्द्रले मदिरा सेवन गरी परिवारमा झगडा गर्ने गरेको छिमेकीको भनाई छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्ट नेपाल प्रहरीका पूर्व असई भएको खुलेको छ ।
इटहरी । गाउँपालिका अध्यक्षका लागि उपनिर्वाचन भइरहेको मोरङको ग्रामथानमा २ घण्टामा १० प्रतिशत मतदान भएको छ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार दुई घण्टामा ९.३ प्रतिशत मत खसेको हो । हालसम्म २४६० मत खसेको उनले जानकारी दिए ।बिहान ७ बजेबाट मतदान शुरू हुने भनिएपनि ग्रामथानमा भने केही ढिलागरी शुरू भएको थियो । ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका छन् । मतदान साँझ ५ बजेसम्म चल्नेछ । ९ बजेसम्म एक हजार मत खसेको छ। सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार एक हजार ७६ मत खसिसकेको छ । उनका अनुसार मतदाताहरु लाइन लागेर मतदान गरिरहेका छन् । ग्रामथानमा १२ मतदानस्थल र २९ वटा केन्द्
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडिबुटीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । सडकमा रोकिराखेको बा ४ ख ६१८२ नम्बरको टिपरमा प्र.३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल शनिबार राति ठोक्किएको थियो ।सो क्रममा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१४ मुरलीबँगैचा घर भएका ४५ वर्षीय सञ्जय सिंहको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकको खोजी भइराखेको प्रहरीले जनाएको छ ।
रोल्पा । रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा पहिरोले पुरिंदा चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेका छन् ।जिल्लाको सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डोमा काम गर्दै गरेका कामदारलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिएका छन् । बेपत्ता एक जनाको खोजी भइरहेको प्रवक्ता शाहीले बताएका छन् । मृतकहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।
इटहरी । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुन–चाँदीको भाउ आरोलो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला चार सय रूपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भए
संखुवासभा । संखुवासभाको उत्तरी भोटखोला गाउँपालिका–२ चेपुवामा धारिलो हतियार खुकुरी प्रहार गरी एक जनाको हत्या गरिएको छ । भोटखोला –२ चेपुवामाखुकुरी प्रहारबाट ५६ वर्षीय तेन्जोङ भोटेको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।गए राति धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका भोटेको प्राथमिक स्वास्थ्य चौकी च्याम्ताङमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए । खुकुरी प्रहारबाट भोटेको कम्मरको गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।प्रहरीले खुकुरी प्रहार गरी हत्यामा संम्लग्न भएको आरोप सोही ठाउँका ६१ बर्षीय छाङवा भोटेलाई आज
काठमाडौं । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् । उनी काठमाडौं महानगरपालिका–१६ का मतदाता हुन् ।उपप्रधानमन्त्री सिंहले पकनाजोलस्थित युवक मावि मतदान केन्द्रमा पुगेर मतदान गरेको उनको सचिवालयले जनाएको छ। काठमाडौं–१६ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि उपनिर्वाचन भएको हो । यहाँ उपनिर्वाचनका लागि २१ हजार २६ मतदाता कायम छन् ।