इटहरी । सिङ्गो मुलुकलाई सडक मानवमुक्त बनाउने अभियानमा दौडिएको र अशक्त, असहाय व्यक्तिहरूलाइ सहारा दिँदै आएको सुनसरीको इटहरीस्थित माया घर नेपालले सोमबार आठौँ वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न गरेकाे छ । संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेलकाे सभाध्यक्षमा सम्पन्न कार्यक्रममा कर्मचारी देखि जग्गादाता र सहयाेगीहरूलाइ सम्मान गरिएकाे थियाे । कार्यक्रमकी अध्यक्ष प्याकुरेलले अाफ्नाे नेतृत्वमा भएकाे बिभिन्न सुधारात्मक कार्यहरू साथै प्रगति विवरण सुनाएकि थिइन । माया घरले अार्थिक वर्ष ८० । ८१मा मात्रै बिभिन्न जिल्लाहरूबाट ६ सय भन्दा बढी असाहाय , अशक्त र वेवारिसेहरूकाे उद्धार तथा पुनःस्थापना गरेकाे प्रगती
इटहरी - सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोकमा आइतबार बिहान भएको सडक दुर्घटनामा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ। दुर्घटनामा संखुवासभा धर्मदेवी नगरपालिका–३ का ३२ वर्षीय युवराज गुरुङ र उनकी पत्नी ३२ वर्षीय टीका गुरुङको ज्यान गएको हो।दुर्घटना बिहान ११ः३० बजे भएको हो। को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकलमा सवार दम्पतीलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ क ३३८८ नम्बरको टिपरले ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको थियो। त्यसपछि टिपर पछाडि रहेको प्रदेश १–०२–००१ ज ३८११ नम्बरको म्याजिक भेनले मोटरसाइकललाई किचेको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घि
विराटनगर – मोरङ चेम्बर अफ कमर्सले उच्चस्तरीय आर्थिक सुधार आयोगका सदस्य डा. प्रकाश श्रेष्ठलाई आर्थिक सुधारका लागि आवश्यक सुझावहरू लिखित र मौखिक रूपमा हस्तान्तरण गरेको छ। उक्त कार्यक्रम आन्तरिक राजस्व कार्यालयमा आयोजित छलफल तथा अन्तरक्रिया मार्फत सम्पन्न भएको हो।कार्यक्रमका प्रमुख अतिथि डा. श्रेष्ठलाई चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेलले सुझाव पत्र हस्तान्तरण गर्नुभयो। यस अवसरमा महासचिव कृष्णप्रसाद दाहाललगायत चेम्बरका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।चेम्बर अफ कमर्सले नेपालको आर्थिक सुधारका लागि निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य र समन्वयको आवश्यकता औंल्याउँदै, सुधार आयोगका प्रयासह
काठमाडौं - गृह मन्त्रालयको बढुवा सिफारिस समितिले नेपाल प्रहरीका ८ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ।बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले जनपद प्रहरीतर्फका निम्न एसएसपीहरूलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो:1. भोलाबहादुर राउत2. गणेश चन्द3. सिद्धिबिक्रम शाह4. सुशीलसिंह राठौर5. ध्रुवराज राउत6. उमाप्रसाद चतुरवेदी7. हिमालयकुमार श्रेष्ठ8. डम्बरबहादुर विकसम्बन्धित सिफारिस मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि ती अधिकारीहरूको बढुवा औपचारिक रूपमा घोषणा हुनेछ।यस निर्णयले नेपाल प्रहरीमा उच्च तहको नेतृत्व विकासमा टेवा पुर्याउने वि
इनरूवा । इनरुवा नगरपालिकामा विवाह पञ्चमीको अवसरमा सीताराम रथयात्रा निकालिने तयारी गरिएको रामजानकी गुठी संस्थाले जनाएको छ । सुनसरीको इनरुवा ४ स्थित रामजानकी मन्दिरमा गुठीले विभिन्न सरोकारवालासहितको छलफलबाट भव्य रूपमा रथयात्रा निकालिने निर्णय गरेको हो । रामसिता रथयात्रा तथा डोलामा पाँच हजारभन्दा बढी नगरवासीहरू सहभागी हुने आयोजकले जनाएको छ । सुनसरीको सदरमुकाम रहेको इनरुवा नगरपालिका क्षेत्रमा मङ्सिर २१ गते विवाह पञ्चमीको दिन डोला तथा रथयात्रा निकालिने भएको छ । स्थानीयहरूको उत्साहजनक सहभागितामा विवाह पञ्चमीको अवसरमा डोला तथा रथयात्रा निकालिने भएको हो । त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीक
इटहरी । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (आज) सोमबार अर्थात् नोभेम्बर २५ देखि सुरु हुँदैछ ।महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), केयर नेपाल, मुक्ति नेपाललगायत संस्थाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले हिंसा प्रभावित महिलाले न्यायमा पहुँचको कमी भएको र उनीहरूको न्यायमा पहुँच बढाउनपर्ने जरूरी रहेको धारणा राखेका थिए ।ओरेक नेपालका कार्यकारी निर्देशक सुनिता मैनालीले नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको भए
इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) आफ्नो चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरूसँग छलफल गर्दै छन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल अहिले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा हुने छ।यसैबीच पूर्वप्रप्रधानमन्त्री डा. बाबुराम भट्टराई उक्त छलफलमा सहभागी नहुने भएका छन्। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका डा. भट्टराईले आफू गृहजिल्ला गोरखा जान लागेकाले चीन भ्रमणका सन्दर्भमा प्रधानमन्त्री ओलीले बोलाएको परामर्श बैठकमा सहभागी हुन नसक्ने बताएका हुन्।उनले सामाजिक सञ्जाल एक्समार्फत आफू छलफलमा सहभाग
इटहरी । आसन्न स्थानीय तह उपनिर्वाचनको प्रचारमा तोकिए भन्दा बढी सवारी साधन प्रयोग गर्न नपाइने भएको छ। निर्वाचन आयोगले सवारी साधनमा लाउड स्पिकर समेतको प्रयोग गरी निर्वाचन प्रचार प्रसारका कार्य भइरहेको भन्दै तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरेको पाइए सूचना आयोगले पाएको भन्दै त्यसरी तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गर्ने दल तथा उम्मेदवारलाई २५ हजारसम्म जरिवाना गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको हो।यस्ता सवारी साधन कब्जामा लिई आवश्यक कानूनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिई सकिएकोले आचारसंहिता विपरीत हुने यस प्रकारको कार्य नगर्न आयोगले स्थानीय प्रशासनलाई निर्देशन दिएको आयोगका
इटहरी । सरकारले सुनको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो । नेपालमा भन्दा भारतमा सुनको मूल्य प्रतितोला २० हजार हाराहारी सस्तो पर्ने व्यवसायीहरुले बताएका छन् ।सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने निर्णय गरेको हो । चाँदीको भन्सार महसुल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको छ । योसँगै बजारमा सुन र चाँदीको मूल्य घट्ने छ । यसअघि सरकारले गत जेठको बजेटमार्फत सुनको भन्सार महसुल दर १५ प्रतिशतबाट २० प्रतिशत पुर्याएको थियो ।सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने मन्त
कञ्चनपुर । जङ्गली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा शरण लिन पुगेका हुन् । ‘दिउँसो घर बारी रेखदेखका लागि आउने गरेका छौँ’, उनले भने, ‘साँझ नपर्दै छिमेकीको घरमा शरण लिन पुग्छौँ ।’ हात्तीको बथान अझैै आउने डरले कडाराले एक साताअघिदेखि घरमा बस्न छाडेका छन् । ‘हात्तीले झण्डै ज्याननै लिएको थियो, धन्न बाँच्नु थियो र बाच्यौं’, ठगीका श्रीमती पार्वतीले भनिन्, ‘मध्यरातमा घर पछाडिको भित्तो भत्काउन सुरु गरेपछि हात्ती आएको था