All Posts By इटहरी खबर संवाददाता

    Showing ८४१-८५० of ३,०८६ items.
  • आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आज देखि निर्वाचन आचारसंहिता लागू हुने

    विराटनगर - आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ (आज ) देखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आयोगको शनिबार बसेको बैठकले उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति र निकायहरूलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले दिएको जानकारीअनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, संवैधानिक निकाय, राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, सञ्चारकर्मी, र शैक्षिक संस्थासहित विभिन्न निकाय र व्यक्तिहरूले आचारसंहिता पालना गर्नुपर्नेछ।आचारसंहिताको दायराआचारसंहिता लागू हुनेमा निम्न समुह तथा व्यक्

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • १८३ पटक पढिएको
  • इटहरीमा सुरु भयो ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’

    इटहरी । नेपाल र युरोपबीच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा चार दिने ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ सुरु भएको छ । इटहरीको इलाईट सिनेमा हलमा आयोजित महोत्सवको उद्घाटन समारोह कार्तिक ३० गते साँझ ५ बजे सम्पन्न भएको थियो । उद्घाटन समारोहमा नेपाली चलचित्र उद्योगका चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।महोत्सवको पहिलो दिन हाल प्रदर्शनरत फिल्म ‘पुर्ण बहादुरको सारङी’का प्रमुख कलाकार विजय बराल, प्रेमगीत सिरिजका निर्माता सन्तोष सेन, वरिष्ठ अभिनेता प्रेम सुब्बा, १२ गाउँ फिल्मका लेखक तथा अभिनेता सन्तोष सरकार,

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • ३२३ पटक पढिएको
  • वेस्ट इन्डिजका फास्ट बलर रामोनले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

    सुनसरी – वेस्ट इन्डिजका तीव्र गतिका बलर रामोन सिम्नोड्सले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । लुम्बिनीले चौथो विदेशी खेलाडीका रुपमा रामोनलाई अनुबन्ध गरेको विज्ञप्तीमार्फत जानकारी दिएको छ ।२० वर्षका तीव्र गतिका बलर रामोनले आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट–२०२२ मा वेस्ट इन्डिजका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । रामोनले लुम्बिनीमा सामेल हुन पाउँदा आफू उत्साहित रहेको बताएका छन् ।एनपीएल यही मङ्सिर १५ देखि पुस ६ गतेसम्म काठमाण्डौमा हुँदैछ । एनपीएलको प्रत्यक्ष प्रसारण भारतको चर्चित टीभी च्यानल स्टार स्पोर्टसले गर्ने हिजो मात्रै सम्झौता भएको 

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • ३६३ पटक पढिएको
  • संविधान संशोधन र सरकार सञ्चालन ७ बुँदे सहमतिको मर्मअनुसार अघि बढ्ने: उपप्रधानमन्त्री सिंह

    विराटनगर -   उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले ७ बुँदे सहमतिको मर्मअनुसार संविधान संशोधन र सरकार सञ्चालन हुने बताएका छन्। शुक्रबार विराटनगरमा नेपाल प्रेस युनियन, मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले वर्तमान सरकार दुई प्रमुख दलको सहमतिमा बनेको र प्रभावकारी सञ्चालनका लागि दुई दलीय संयन्त्र आवश्यक भएको स्पष्ट पारे।उनले भने, “सरकारलाई सफल र प्रभावकारी बनाउन यो संयन्त्रले सहजीकरण गर्नेछ, जसले सरकारका गतिविधिलाई नियाल्न, कमीकमजोरी भएका स्थानमा सुधार गर्न सल्लाह दिने भूमिका खेल्नेछ।” सिंहका अनुसार संविधान संशोधनका विषयमा दलहरूबीच छलफल गरेर सदनबाटै प्रक्रि

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • ३५३ पटक पढिएको
  • इटहरीमा नेपाल न्यूरो सर्जनहरूको राष्ट्रिय सम्मेलन सुरु

    विराटनगर - नेपाल न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय सम्मेलन आज सुनसरीको ईटहरीस्थित होटल सोल्टीमा सुरु भएको छ। दुई दिनसम्म चल्ने यो सम्मेलन पहिलो पटक कोशी प्रदेशमा आयोजना गरिएको हो, जसको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने ।"प्रविधिसँगको न्यूरो सर्जरीको विकास" भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलनमा नेपालभरका न्यूरो सर्जनहरू, विशेषज्ञ चिकित्सक, नर्स, प्राविधिक, फिजियोथेरापिष्ट र छिमेकी देशका प्रतिनिधिहरू सहित १५० भन्दा बढी सहभागिता रहेको छ। नेपाल न्यूरो सर्जन समाजका अध्यक्ष डा. यमबहादुर रोकाका अनुसार, यस सम्मेलनमा न्यूरो सर्जरीको क्षेत्रमा भएका नयाँ प्रविधि र अनुसन्ध

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • ३८८ पटक पढिएको
  • विश्वकपमा पुगेको यू-१९ महिला टिमका खेलाडीलाई क्यानले जनही २ लाख ५० हजार रुपैयाँ दिने

    सुनसरी - आईसीसी यू-१९ महिला टी-ट्वेन्टी विश्वकपमा पुगेको नेपाली महिला टिमका खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानले जनही २ लाख रुपैयाँ दिने भएको छ । टिम अफिसियललाई जनही डेढ लाखका दरले दिने क्यानले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • २४७ पटक पढिएको
  • २२ सयले घट्यो सुनको मूल्‍य

    इटहरी - स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार दुई सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६० हजार निर्धारण भएको छ।यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ। बुधबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय पाँच निर्धारण भएको महासङ्घले जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • ३०६ पटक पढिएको
  • नेपाल यूएईलाई पराजित गर्दै आईसीसी महिला यू-१९ टी-२० विश्वकपमा

    इटहरी - नेपाल यूएईलाई पराजित गर्दै आईसीसी महिला यू-१९ टी-२० विश्वकपमा  छनोट भएको छ।आईसीसी महिला यू-१९ टी-२० विश्वकप एशिया छनोटको आज भएको अन्तिम खेलमा यूएईले जितका लागि दिएको ८४ रनको लक्ष्य १४ ओभर ४ बलमा २ विकेटमात्र गुमाएर पूरा गर्दै एशियाबाट विश्वकपमा छनोट भएको हो।नेपाल घरेलु यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा छानिन सफल भएको हो। आईसीसी महिला टी-२० विश्वकप अर्को वर्ष मलेशियामा हुँदै छ।ओपनर साना प्रविनले ४२ बलमा १ चौका प्रहार गर्दै अविजित ३५ रन बनाइन्। उनले विजयी चौका प्रहार गरिन्। नेपाली टोलीकी उपकप्तान सोनी पाख्रिनले २० बलको सामना गरेर अविजित १३ रन बनाइन्।ओ

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • २८४ पटक पढिएको
  • कोशी ग्यास उद्योगले उपभोक्तालाई कम तौल भएको ग्यास सिलिण्डर विक्री गरेको खुलासा

    विराटनगर, मोरङ – कोशी ग्यास उद्योगले उपभोक्तालाई कम तौल भएको ग्यास सिलिण्डर विक्री गरेको घटनाले बजारमा ठूलो चर्चा पाएको छ। उद्योगले बजारमा पठाएका चारवटा सिलिण्डरमा तोकिएको भन्दा कम तौलको ग्यास भेटिएको छ। मोरङको बुढीगंगास्थित उद्योगबाट बिक्रीका लागि विराटनगर महानगरपालिका–३ बुद्धचौकमा ल्याइएका सिलिण्डरमा १५.३ केजी हुनुपर्ने ग्यासको तौलमा ४ केजीसम्म कम ग्यास पाइएको हो।विराटनगर–३ निवासी उपभोक्ता किशोर चापागाईंले सिलिण्डरमा ग्यासको तौल कम भएको उजुरी जिल्ला प्रहरी कार्यालयमा गरेपछि यो घटना बाहिर आएको हो। गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरको टोलीले सिलिण्डरको तौल जाँच गर्दा ग्यासको खुद तौल क्रमशः

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • ३९० पटक पढिएको
  • मंसिर १६ गते स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुने

    विराटनगर - नेपालमा मंसिर १६ गते स्थानीय तहका ४४ रिक्त पदका लागि उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले विभिन्न जिल्लाका गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिका प्रमुख तथा वडाध्यक्ष पदका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो। यसअन्तर्गत जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, उपप्रमुख १, र ३४ वडाध्यक्षका पदहरूमा चुनाव हुने भएको छ। मनोनयनको दिन मंसिर २ गते तोकिएको छ।कोशी प्रदेशमा ९ रिक्त पदका लागि पनि उपनिर्वाचन हुँदैछ। मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि निर्वाचन हुन लागेको छ। यसअघि २०७९ सालको चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • ३९२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल