धनुषा । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताए । उनले अघिल्लो वर्ष करिब रु चार करोडभन्दा बढीको केरा भित्र्याइएकामा यस वर्ष करिब पाँच करोड बराबरका ८५ ट्रक केरा भित्र्याइएको जानकारी दिए । जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह,
एजेन्सी । स्पेनको भ्यालेन्सिया क्षेत्रको अवलोकनमा जाँदा त्यहाँका राजा फिलिपले व्यापक विरोधको सामना गर्नु परेको छ । स्पेनी सञ्चारमाध्यमहरूका अनुसार आइतबार भ्यालेन्सियामा भएको विरोधपछि राजा फिलिप र रानी लेतिजियाले आगामी भ्रमण रद्द समेत गरेका छन् । उनीहरू अर्को बाढी प्रभावित क्षेत्र चिवाको भ्रमणमा जानेवाला थिए ।चिवा भ्यालेन्सियाबाट करिब ३५ किलोमिटर रहेको छ । भ्यालेन्सियामा विरोध भएपछि प्रहरीले चिवामा कडा सुरक्षा व्यवस्था गरेको थियो । भ्यालेन्सिया भ्रमणका क्रममा प्रदर्शनकारीहरूले राजा फिलिपमाथि हिलो छ्याप्ने प्रयाससमेत गरेका थिए । लगत्तै सुरक्षागार्डहरूले छाता ओढाएर राजा फिलिपलाई जोगाएका थिए
बझाङ । बझाङमा अरिंगालको टोकाइबाट एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । थलारा गाउँपालिका–२ डोरगाउँकी डम्मरा खातीका तीन वर्षीय छोरा सुरवीर खाती र पाँच वर्षीया छोरी सिया खातीको अरिंगालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटना गएको शनिबार (गोरुतिहार) कै दिनको भएको बझाङका प्रहरी प्रमुख डीएसपी युवराज भण्डारीले जानकारी दिए । ‘शनिबार दिउँसो घर नजिकै बारीमा डम्मरा र उनकी सासु घाँस काट्न जाँदा बालबालिका पनि सँगै गएका रहेछन्,’ डीएसपी भण्डारीले भने, ‘बिच्किएको अरिंगालको टोकाइबाट दुई बालबालिकाको तत्कालै मृत्यु भएको खबर आएको छ । सोही घटनामा अरिंगालको टोकाइबाट डम्मरा,
इटहरी । नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको तयारी सुरु भएको छ। पूर्वका प्रसिद्ध धार्मिक स्थलहरूसँग जोडिएका नदी, खोला तथा पैनीहरू सजाउने काम सुरु भएको छ। झापाको दोमुखा, बिरिङ खोला, इटहरीको टेंग्रा, बुढी गंगा लगायतका स्थानहरूमा आकर्षक छठ घाट निर्माण थालिएको छ।सुनसरी र मोरङको सिमाना बुढी गंगा मुक्तिघाटमा मात्रै यो वर्ष दुवैतर्फ गरी ५ सय भन्दा बढी छठ घाट निर्माण हुने भएको छ। जसको तयारीस्वरूप पानीको बहाव एकतर्फी र जमिन सम्याउने कामसँगै छठ घाट निर्माणलाई पनि तीव्रता दिइएको छ। इटहरीमा मात्र नभई सुनसरी, मोरङ, झापा लगायतका जिल्लाहरूमा पनि छठ पर्वलाई भव्य र सभ्य बना
इटहरी । तिहारअन्तर्गत आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई भाइटीका लगाइदिँदै छन्।भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटमा उत्तम रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिएका छन्।यस्तै भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्। शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीब
एजेन्सी । आईसीसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग हारेको छ।अमेरिकाको डालसस्थित ग्रान्ड पेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो।यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले हारेको थियो। अमेरिकाले दिएको दुई सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४४ रनमा समेटियो।नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रनको योगदान दिए। उनले ८० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडेका हुन्।नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो। दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी
काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९२ औं महासभामा सहभागी हुन आइतबार बिहान संयुक्त राज्य बेलायततर्फ प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर बेलायत गएका हुन् । महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत त्यसतर्फ प्रस्थान गरेका छन् । उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अ
इटहरी । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेप
विराटनगर - मोरङ प्रहरीले विराटनगरस्थित संगम पार्टी प्यालेसमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कात्तिक १६ गते राति १० बजे विराटनगर महानगरपालिका–११ स्थित पार्टी प्यालेसमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।प्रहरीको टोलीले छापा मार्दा जुवाडेहरूको साथबाट १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र ५ बुक तास बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा पार्टी प्यालेसका सञ्चालक ५९ वर्षीय पदम श्रेष्ठसहित राजन कडेल (६१ वर्ष), टुनटुन शर्मा (४१ वर्ष), पशुपति भगत (५७ वर्ष), सुरेन्द्र ठाकुर (४७ वर्ष), विरेन्द्र साह (५० वर्ष), ध्रुव सिग्देल (५५ वर्ष), मनिर
काठमाडौं । झण्डै छ महिनाअघि अभिनेता विजय बरालको फोनमा चलचित्रको प्रस्ताव बोकेको फोन आयो एउटा कलाकारलाई अभिनय प्रस्तावको फोन आउनु सामान्य कुरा हो तर त्यो दिन आएको फोन सामान्य भन्दा केही फरक थियो । चलचित्रका सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त भइरहेका विजयका लागि त्यो फोनमा आएको प्रस्ताव फरक थियो ।उनलाई कुनै सहायक भूमिका लागि नभई शीर्षक भूमिकाको प्रस्ताव गरिएको थियो । चलचित्रको नाम थियो– पूर्ण बहादुरको सारङ्गी । सो प्रस्तावले विजय सुरुमा त अन्योलमा परे । केही दोधारको अवस्था भयो उनलाई । झण्डै दुई सातासम्म उनले प्रस्तावमाथि कुनै ठोस निर्णय गरेनन् । आफैलाई मन्थने ? आफूभित्रको अ