इटहरी । हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ ।विभागका अनुसार आज (बिहीबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमप
म्याग्दी । राहुगङ्गा नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ ।तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको अपर राहुघाटका इन्जिनियर नरोत्तम कार्कीले विद्युत गृह, बाँध, सुरुङ र प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । सन् २०२५ को जुन महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको र आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको उनले जानकारी दिए । तुँदी पावरले राहुघाटम
इटहरी । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्र
इटहरी । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले दोस्रो पटक जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले पराजित गर्यो।खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल फर्काएर खेल एक–एक गोलको बराबरी पुर्याएकी थिइन् । तर खेलको ८१ औं मिनेटमा बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै टोलीलाई जिताइन् ।नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका थिए । यसअघि पाँच पटक फाइनलमा प
एजेन्सी । तीन अन्तरिक्ष यात्री बोकेको चीनको अन्तरिक्ष यान ६ घण्टाको यात्रापछि तियाङगोङ अन्तरिक्ष स्टेसन पुगेको छ।यी युवा अन्तरिक्ष यात्रीमा देशकै पहिलो महिला अन्तरिक्ष इन्जिनियर पनि पर्छन्। यो चीनको आफ्नै स्पेस स्टेसन हो।यहाँ अन्तरिक्ष यात्रीहरूले आगामी ६ महिनासम्म प्रयोग र अन्तरिक्ष पदयात्रा गर्नेछन्।यी अनुभव र यसबाट प्राप्त जानकारी संकलन गरी सन् २०३० सम्ममा चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य छ।चीनले सेन्जोउ-१९ अन्तरिक्ष यानको प्रक्षेपण सफल भएको घोषणा गरेको छ। चीनले अन्तरिक्ष दौडमा आफ्नो प्रतिद्वन्द्वी अमेरिकालाई उछिन्न चाहेको बताइएको छ।करिब दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्तरिक
इटहरी । चालु आर्थिक वर्षको तीन महिनामा चाडबाड लक्षित ३२ करोड ९ लाख रूपैयाँको नरिवल भित्रिएको छ। आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म दसैँतिहार र छठ लक्षित गरी ६० लाख ६३ हजार पाँच सय ९५ केजी नरिवल आयात भएको हो।भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा करिब एक अर्ब बढीको ‘ड्राई फ्रुटस्’ भित्रिएको जानकारी दिए। भारत र चीनलगायत देशबाट नरिवलसँगै, काजु, अलमण्ड, पिस्ता, सुपारी, छोकडा, अन्जिर र किसमिस पनि भित्रिएको उनले बताए।विभागका तथ्यांकअनुसार २६ करोड दुई लाखको दुई लाख ९८ हजार नौ सय ४६ केजी काजु, १८ करोड ६० लाखको दुई लाख ३२ हजार
ताप्लेजुङ । ताप्लेजुङमा एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन्। यौन हिँसामा परेकी १६ वर्षीया किशोरी गर्भवतीसमेत रहेको पाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। प्रहरीका अनुसार किशोरीलाई करणी गरी गर्भवती बनाएको आरोपमा २८ वर्षीय राकेश हेम्ब्या लिम्बु पक्राउ परेका हुन्।पीडित किशोरीकी हजुरआमाले दिएका किटानी जाहेरीको आधारमा लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। किशोरी गर्भवती भएपछि लिम्बू फरार थिए। घर आएको मौका छोपेर प्रहरीले उनलाई पक्राउ गरेको हो।लिम्बूमाथि
खाेटाङ । खोटाङमा १२ वर्षीया एक बालिका आफ्नै घरमा मृत फेला परेकी छन्। हलेसी तुवाचुङ नगरपालिकामा ७ कि १२ वर्षीया कोपिला विश्वकर्मा मंगलबार साँझ आफ्नै घरमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। आफ्नै घरको बरण्डामा झुण्डिएको अवस्थामा उनलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।बालिकाले आत्महत्या गरेको आफन्तले बताएका छन्। घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
इटहरी । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यकाे रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज (बुधबार) सुनको मूल्य एक लाख ७० हजार सातसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँचसय रुपैयाँ थियो। आज एकैदिन २२ सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै महँगो बनेको हो।चाँदी पनि आज महँगिएको छ। चाँदी आज तोलाको दुई हजार एक सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य दुई हजार एक सय पाँच रुपैयाँ थियो। चाँदी आज ताेलामा १५ रुपैयाँ बढेकाे हाे।सुनको भाउले दिनदिनै नयाँ-नयाँ रेकर्ड बनाउन थालेपछि सर्वसाधारणले सुनको ढिक्का नै किन्न थालेका व
काठमाडौं- तिहार पर्वको पहिलो दिन, काग तिहार आज देशभर पूजाआजा गरेर मनाइँदैछ। आजको दिन कागलाई यमराजको दूतका रूपमा मानिँदै दही, भात, मिठाइ जस्ता खानेकुरा चढाएर पूजा गरिन्छ। कागलाई यमदूतको रूपमा पूजा गर्दा यमलोकमा राम्रो सन्देश पुर्याउने विश्वास रहेको छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार, सूर्योदयकालमा त्रयोदशी पर्ने भएकाले आजका दिन काग तिहार मनाउन शास्त्रीय विधानअनुसार निर्णय गरिएको हो। यस दिन कागलाई मन पर्ने खाना दिएर खुसी पार्दा यमराजले लोकको खबर कागबाट थाहा पाउने धार्मिक विश्वास रहेको बताइएको छ।यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी म