All Posts By खेमचन्द्र अधिकारी

    Showing १,१५१-१,१६० of १,३५८ items.
  • वडा प्रहरी भद्रपुरका प्रहरी निरीक्षक मोतीलाल योञ्जन चैत महिनाको सर्वोत्कृष्ट प्रहरी

    इटहरी । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा वडा प्रहरी कार्यालय भद्रपुर, झापाका प्रहरी निरीक्षक मोतीलाल योञ्जन तामाङलाई २०८२ साल चैत महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको छ ।प्रहरी निरीक्षक योञ्जन तामाङको नेतृत्वमा भद्रपुर क्षेत्रमा ‘अपरेसन ब्राउन’ लागूऔषध नियन्त्रण अभियान सञ्चालन गरी लागूऔषधका १५ वटा मुद्दामा संलग्न ३२ जना अभियुक्त चैत महिनामा पक्राउ परेका थिए । उनीहरूको साथबाट ३४६ ग्राम ५७ मिलिग्राम लागू औषध ब्राउनसुगर र नगद ३ लाख रुपैयाँ बरामद भएको थियो ।भन्सार छलीका १० लाख ४७ हजार बरावरको अवैध सामानहरू बरामद, विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादीलाई पक्राउ, जेनजी आन्दोलनमा

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १४७ पटक पढिएको
  • गछिया युवा समाज मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै पुग्यो इटहरी गोल्डकपको फाइनलमा

    इटहरीः सुन्दरहरैंचाको गछिया युवा समाज इटहरीमा जारी रेडबुल १६ औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनलमा गछियाले मच्छिन्द्र फुटबल क्लब, काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत् भएको थियोनिर्धारित समयमा गछियाका लागि जनमय धामी, सुजन डंगोल र पदम भट्टराईले गोल गरेका थिए । मच्छिन्द्रका लागि प्रदिप बुढाथोकीले दुई गोल गर्दा थप एक गोल देवेन्द्र तामाङले गरेका थिए ।पेनाल्टी सुटआ

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १०४ पटक पढिएको
  • जन्ती सवार गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

    सुर्खेतः सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा हिजो जन्ती सवार गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।बनगाड कुपिण्डे नगरपालिकाको ८ नम्बर वडाबाट कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जीप दुर्घटना भएको हो । सो दुर्घटनामा कुपिण्डे नगरपालिका– ८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको ज्यान गएको हो ।गम्भीर घाइते ३० वर्षीय मनबहादुर थापाको सुर्खेतस्थित मेहलकुना अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।जीपमा १८ जना सवार रहेकोेमा अरु १४ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर सुर्खेतको मेहेलकु

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ११९ पटक पढिएको
  • आजदेखि नवौँ भोजपुर गोल्डकप हुने

    भोजपुरः आजदेखि नवौं भोजपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपालका आठ समूह सहभागी हुने भएका छन् ।आयोजक जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालका अनुसार भोजपुर नगरपालिका–७ स्थित रंगशालामा सञ्चालन हुने प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले ३० लाख रुपैयाँको प्रायोजन गरेको छ ।१२ वैशाखसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गतको आजको उद्घाटन खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल र एलएक्स सिटी मोरङबीच प्रतिस्पर्धा हुने भएको छ ।भोलि ७ वैशाखमा आयोजक भोजपुर जिल्ला फुटबल संघ र संखुवासभा–११, बैशाख ८ गते सातदोबाटो युथ क्लब ललितपुर र केपिलासगढी गाउँपालिका खोटाङ तथा बैशाख ९ गते प्लानिङ

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १७६ पटक पढिएको
  • हुरीले लडाएको रुख टेम्पोमा बजारिँदा २ जनाको घटनास्थलमै मृत्यु, ४ जना घाइते

    जलेश्वरः महोत्तरीको जलेश्वरमा शनिबार साँझ आएको हुरीका कारण लडेको रुख टेम्पोमाथि बजारिँदा दुई जनाको मृत्यु भएको छ । ३ जना गम्भीर र १ जना सामान्य घाइते छन् ।जलेश्वरको प्रकौली आर्मी क्याम्प अगाडि भएको सो दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० की ४१ वर्षीया सकुन्तला देवी र महोत्तरीको एकडारा गाउँपालिका–३ बस्ने ३३ वर्षीय राहुल मल्लिक छन् ।घाइते हुनेहरूमा टेम्पो चालक महोत्तरीको जलेश्वर नगरपालिका ११ बस्ने ५२ वर्षीय हरेन्द्र ठाकुर, एकडारा गाउँपालिका–३ बस्ने ४३ वर्षीया फेकनीदेवी मल्

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १४६ पटक पढिएको
  • सुन्दरहरैंचाकी क्यान्सर पीडितलाई एनआरएनए बहराइनद्वारा आर्थिक सहयोग प्रदान

    विराटचोकः मोरङको सुन्दरहरैंचाकी क्यान्सरपीडित उमा खड्कालाई एनआरएनए बहराइनको पहलमा आर्थिक सहयोग गरिएको छ । क्यान्सर पीडित खड्का विगतमा बहराइनमा बसोबास गर्दै आउनुभएको थियो ।आज सुन्दरहरैँचा नगरपालिका–१२ स्थित उहाँकै निवासमा आयोजित एक कार्यक्रमबीच १ लाख १ हजार ४६० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।एनआरएनए बहराइनकी महिला संयोजक सरु लामा गुरुङले सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाअध्यक्ष रोशनप्रसाद ढकाल, सञ्चारकर्मी, स्थानीय तथा आफन्तको उपस्थितिमा सहयोग प्रदान गरिएको थियो ।

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १९५ पटक पढिएको
  • साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य सुधार

    इटहरी ।  साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक हिजो ०.१८ प्रतिशत अर्थात् ५.३६ अङ्कले बढेर २ हजार ८३८.४० बिन्दुमा अडिँदा कारोबार रकम ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार ९८ रुपैयाँको शेयर किनबेच भएको छ ।नेप्सेमा सूचीकृत ३३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार ७२८ कित्ता शेयर ९६ हजार ७२३ पटक किनबेच भएको थियो । कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाउँदा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.४० प्रतिशतले बढेको छ ।होटल समूह १.३८ प्रतिशत, जलविद्युत समूह ०.६७ प्रतिशत, अन्य समूह ०.५६ प्रतिशत र व्यापार समूह ०.०३ प्रतिशत

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १५६ पटक पढिएको
  • धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठद्वारा राजीनामा

    विराटचोकः नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् ।शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् ।अध्यक्ष श्रेष्ठ विभिन्न विषयमा विवादित हुँदै आएका छन् । श्रेष्ठलाई सरकारले १० मंसिर २०८१ मा धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।सम्पत्ति शुद्धीकरणसम्बन्धी दीपक भट्टको विवादमा श्रेष्ठ पनि तानिने भएपछि उनले राजीनामा दिएका हुन् ।

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १४२ पटक पढिएको
  • सञ्चार क्लब नेपालको २२ औँ वार्षिक साधारणसभा सम्पन्न, ४ जना सञ्चारकर्मी पुरस्कृत

    उर्लाबारीः सञ्चार क्लब नेपालको २२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको अवसर पारेर आज चार जना पत्रकारलाई विभिन्न पुरस्कार प्रदान गरिएको छ । पत्रकारहरूको योगदानको कदर गर्दै नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरिएको हो ।सञ्चार क्लब नेपाल पत्रकारिता पुरस्कारबाट सन्तोष राई, दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट केशव निरौला, लीलागोमा आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट सन्तोष गौतम र दुर्गाराज पोमु (लिम्बू) स्मृति पत्रकारिता पुरस्कारबाट दुर्गाप्रसाद खतिवडा सम्माति हुनुभएको हो । सम्मानित हुने पत्रकारलाई नगद १० हजार १ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।कोशी प्रदेशकी भौतिक पूर्

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १८८ पटक पढिएको
  • पर्यटकलाई आकर्षित गर्ने भोजपुर–बेहेर नागबेली सडक

    भोजपुरः हरियो जङ्गलको बीचबाट नागबेली आकारमा झरेको भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्मको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ ।यो सडकको दृश्यले जो कोहीलाई पनि सहजै आकर्षित गर्ने गर्दछ । भोजपुर नगरपालिका वडा नम्बर १२ मा पर्ने यो सडक करिब १३ किलोमिटर लामो रहेको छ । उकालो–ओरालोमा दर्जनौँ घुम्ती पार गर्दै निर्माण गरिएको यो मार्गले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्नुका साथै यहाँको जनजीवनमा ठूलो परिवर्तन ल्याएको स्थानीय बताउँछन् ।पहिले घन्टौं पैदल हिँड्नुपर्ने ठाउँमा अहिले सवारी साधन पुग्न थालेपछि स्थानीयवासीको दैनिकी सहज बनेको छ । यो सडकले भोजपुरला

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १७३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल