All Posts By खेमचन्द्र अधिकारी

    Showing ११-२० of १,३३१ items.
  • चितवनमा सनाखत नभएका १९९ शवको गरियो व्यवस्थापन, १२ शव आफन्तको जिम्मा

    भरतपुरः भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १२ वटाको सनाखत भएको छ ।फेला परेका शवहरूको डिएनए नमूना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको हो । सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन् । डिएनए परीक्षण बेपत्ता भएकाको परिवारसँग मिलेमा राखिएको ठाउँबाट दिन मिल्ने गरी सङ्केत चिह्न राखेर शव व्यवस्थापन गरिएको छ ।फेला परेका २७२

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ८८ पटक पढिएको
  • बाढीले बगाएर फेला परेका शव जमिनमुनि कसरी गरिन्छ व्यवस्थापन

    भरतपुरः भदौ १० गते आएको बाढीले बगाएर ज्यान गुमाएका व्यक्तिको शव भरतपुरस्थित देवघाट क्षेत्रमा जङ्गलमा व्यवस्थापन गरिएको छ । शव धेरै हुनुका साथै अधिकांश सग्लो अवस्थामा नरहेको र शवगृहमा राख्ने स्थान पनि नभएपछि भविष्यमा आफन्तले दाबी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी शव व्यवस्थापन गरिएको जनाइएको छ ।अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को मापदण्ड अपनाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू राखिएको छ । निम्न प्रक्रिया पूरा गरी शव व्यवस्थापनको काम भइरहेको बताइएको छ ।क. डीएनए सङ्कलन र प्रोफाइलिङः खाडलमा राख्नुअघि प्रत्येक शवको अनिवार्य रूपमा डीएनए नमुना सङ्कलन गरिन्छ ।ख. १.५ मिटर गहिर

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ८६ पटक पढिएको
  • जय नेपाल पार्टीले बनायो १३० सदस्यीय केन्द्रीय समिति

    काठमाडौंः डा. धवलशम्सेर राणा नेतृत्वको जय नेपाल पार्टीले १३० सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।पार्टीको सचिवालय प्रमुख सगुनसुन्दर लावतीले विज्ञप्ति जारी गर्दै १३० सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको जानकारी दिनुभएको हो ।पार्टीले दिलविकास राजभण्डारीको संयोजकत्वमा आठ सदस्यीय  सल्लाहकार समिति पनि गठन गरेको छ ।केन्द्रीय समितिको सूची:१. डा. धवलशम्सेर राणा, सभापति (बाँके)२. मुकुन्दश्याम गिरी, केन्द्रीय सदस्य (सुर्खेत)३. दिल विकाश राजभण्डारी, केन्द्रीय सदस्य (काठमाडौं)४. नारायण प्रसाद कोइराला, केन्द्रीय सदस्य (पाल्पा)५. कर्ण बहादुर शाही, केन्द्रीय सदस्य (काठमाडौंं)६. केशव राज श्रेष्ठ,

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ६४ पटक पढिएको
  • बढीको कहरः न मलामी छन् न दागबत्ती दिने आफन्त

    काठमाडौंः भदौ १० गते भोटेकोशीमा आएको बाढीले नदीको तटीय क्षेत्रका बस्ती बगाउँदा रसुवा र नुवाकोटका विभिन्न बस्तीमा आफन्तलाई दागबत्ती दिने व्यक्ति र छिमेकीको मलामी जाने व्यक्तिसमेत अभाव छ । बेत्रावतीमा बाढीले बगाएर भेटिएका शवको दाहसंस्कार गर्ने र मालामी जाने मान्छेसमेत छैनन् ।बाढीले बस्ती नै बगाएपछि दाहसंस्कार गर्ने ठाउँसमेत  छैन ।  शव उठाउने मानिससमेत भेट्न मुस्किल छ । खोलामा यत्रतत्र रहेका शवबाट दुर्गन्ध आउन थालेको छ । कतिपयको बाढीबाट सबै परिवार बितेकाले दाहसंस्कार गर्नेसमेत कोही छैनन् ।भागेर बाँचेकाहरू पनि तितरबितर भएका छन् । बस्ने बास र खाने गाँस नभएपछि विभिन्न ठाउँमा आश्र

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ८४ पटक पढिएको
  • आज पुस्तकालय दिवस मनाइँदै

    इटहरी ।  प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाइन्छ । वि.सं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको छ ।राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा वि‍.सं. १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।यस वर्षको पुस्तकालय दिवसको नारा ‘बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य’ रहेको छ ।

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १४९ पटक पढिएको
  • घुम्न गएका शिक्षकको कुटपिटबाट मृत्यु, ११ जना पक्राउ

    भोजपुर : मेला घुम्न गएका खोटाङका एक शिक्षकको कुटपिटबाट मृत्यु भएको छ। भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेला घुम्न गएका केपिलासगढी गाउँपालिका–७ सुँदेलका ३९ वर्षीय भानुभक्त राईको कुटपिटबाट मृत्यु भएको हो।प्रहरीका अनुसार पुरानो रिसिइबीका कारण राईमाथि कुटपिट भएको थियो। कुटपिटका क्रममा ढुंगासमेत प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।भदौ ११ गते भएको सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा केपिलासगढी–७ सुँदेलका २१ वर्षीय प्रवेश भनिने सागर कोयी राई, २१ वर्षीय मौली भनिने प्रतिक राई, २५ वर्षीय माइकल भनिने निशान राई, २३ वर्ष

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ९७ पटक पढिएको
  • लागूऔषधविरुद्ध लेटाङमा जनचेतनामूलक पुस्तिका वितरण

    लेटाङः “जानौँ ! बुझौँ ! बचौँ !” भन्ने मुख्य नाराका साथ लेटाङ नगरपालिकाका विभिन्न क्षेत्रमा जनचेतनामूलक पुस्तिका वितरण अभियान शुरु गरिएको छ ।लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ इलाका प्रहरी कार्यालय लेटाङ र लेटाङ उद्योग वाणिज्य संघको सहकार्यमा तयार पारिएको १२ पृष्ठको सन्देशमूलक पुस्तिका नगरका विभिन्न स्थानमा वितरण गरिएको हो ।सो पुस्तिका लेटाङ, वारङ्गी, जाँते तथा बुधबारे बजार क्षेत्रका व्यवसायी, युवा तथा अन्य नागरिकहरूलाई हस्तान्तरण गरिएको छ । आकर्षक र उपयोगी जानकारी समेटिएको सो पुस्तिकामा लागूऔषधका नकारात्मक असर, यसले निम्त्याउने जोखिम, रोकथामका उपाय, नेपालको कानुनी

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ७६ पटक पढिएको
  • त्रिशूलीमा आएको बाढीले बगायो चरौँदीको झोलुङ्गे पुल

    भरतपुरः आज त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बाढीले बगाएको हो ।बाढीले त्रिशूली नदीमाथि बनेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको छ ।

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १६४ पटक पढिएको
  • बाढी प्रभावितलाई एलपी ग्यास व्यवसायीले साढे १२ सय सिलिन्डर दिने

    काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि १ हजार २ सय ५० थान भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ ।संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार विपत्मा परेकालाई राहत दिनु सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाइ मध्यनजर गरी संघले यो सहयोगको हात बढाएको हो । संघले उपलब्ध गराउने १ हजार २ सय ५० थान एलपी ग्यासका भरी सिलिन्डर नेपाल आयल निगममार्फत् लक्षित वर्गमा पुग्ने गरी वितरण गरिने जनाइएको छ ।

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • २०४ पटक पढिएको
  • धादिङको चिरौदीमा बाढीले पुर्यायो ४ घरमा क्षति

    गजुरीः धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा बाढीले चार ओटा घरमा क्षति पुगेको छ ।घटनास्थलमा प्रहरीको टोली गइसकेको छ ।त्रिशूली नदीमा पानीको बहाब बढ्दै गएको र नदी तटीय क्षेत्र जोखिममा रहेको भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १३४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल