All Posts By खेमचन्द्र अधिकारी

    Showing २३१-२४० of १,३४७ items.
  • एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसको २३ औँ स्थापना दिवस सम्पन्न

    इटहरीः एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले आफ्नो २३ औँ स्थापना दिवस इटहरी शाखामा विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि आवश्यक शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गर्दै आएको एक्सपर्ट अस्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको संस्थाको शाखा हो ।इटहरी शाखामार्फत् सन् २०१६ देखि पूर्वी नेपालका विद्यार्थीहरूलाई शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गरिँदै आएको शाखाले जनाएको छ । स्थापना दिवसका अवसरमा विश्वभर रहेका संस्थाका ९० भन्दा बढी शाखा तथा कार्यालयहरू जुममार्फत् एकै समयमा जोडिएर विशेष कार्यक्रम सम्पन्न गरेका थिए ।इटहरी शाखामार्फत् हालसम्म ५ सयभन्दा बढी विद्यार्थीला

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ५६ पटक पढिएको
  • हिमालय इङलिस स्कुलमा साइबर सुरक्षा र बाल सुरक्षासम्बन्धी प्रशिक्षण

    विराटचोकः मोरङको सुन्दरहरैंचा–१० मा रहेको हिमालय इङलिस स्कुलमा प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत शिक्षकका लागि साइबर सुरक्षा र बाल सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।विद्यालय, प्रहरी, समुदाय तथा सामाजिक संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विद्यार्थीको सुरक्षा र उनीहरूलाई विभिन्न प्रकारका जोखिमबाट जोगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीले पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराध तथा अनलाइन जोखिम पनि बढ्दै गएको भन्दै शिक्षक तथा अभिभावकले विद्यार्थीलाई सुरक्षित इन्टरनेट

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ६१ पटक पढिएको
  • मृगौलियामा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय जना लाभान्वित

    मृगौलियाः गछिया जेसीज र मृगौलिया स्वास्थ्य चौकीको आयोजनामा मोरङको सुन्दरहरैँचा–२ मृगौलियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।विराट मेडिकल कलेज टिचिङ हस्पिटलले प्राविधिक सहयोग गरेको शिविरमा स्थानीय ४ सय नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएको आयोजक गछिया जेसीजले जनाएको छ ।शिविर कार्यक्रममा गछिया जेसीजका अध्यक्ष कमल ढुंगाना (कुन्दन), सुन्दरहरैँचा–२ का वडाध्यक्ष विवश प्रधान तथा प्रमुख अतिथि सामाजिक व्यक्तित्व देवराज तामाङ लगायतले स्वास्थ्य सेवा, युवाको भूमिका र सामाजिक उत्तरदायित्वका विषयमा धारणा राख्नुभएको थियो ।

    • प्रकाशित मितिः साउन २६, २०८३
    • १०२ पटक पढिएको
  • १०० वर्षपछि पर्सि स्पेनबाट देखिँदै दुर्लभ पूर्ण सूर्यग्रहण

    इटहरी ।  स्पेनमा एक शताब्दीपछि आगामी पर्सि १२ मा दुर्लभ पूर्ण सूर्यग्रहण देखिने भएपछि विश्वभरका खगोलप्रेमी र वैज्ञानिकहरू उत्साहित भएका छन् ।नासा र युरोपेली अन्तरिक्ष एजेन्सीले विशेष अनुसन्धानका साथै सूर्यग्रहणको प्रत्यक्ष प्रशारण गर्ने तयारी गरेका छन् । विशेषज्ञहरूले सूर्यग्रहण हेर्दा आँखाको सुरक्षाका लागि प्रमाणित इक्लिप्स चस्माको अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन् ।सो खगोलीय घटना अवलोकन गर्न विश्वका विभिन्न देशबाट हजारौं मानिस स्पेन गइरहेका छन् ।पूर्ण सूर्यग्रहण स्पेनका केही क्षेत्रबाट स्पष्ट रूपमा देखिनेछ भने युरोपका अधिकांश भाग, क्यानडा, उत्तरी अमेरिकाका केही क्षेत्र तथा पश्चि

    • प्रकाशित मितिः साउन २५, २०८३
    • २६३ पटक पढिएको
  • ग्यास अभावको गुनासोपछि प्रशासनको अनुगमन

    इटहरीः सुनसरीका विभिन्न स्थानमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले ग्यास उद्योग तथा डिलरको अनुगमन थालेका छन् ।सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाको नेतृत्वमा खटिएको टोलीले इनरुवा, इटहरी, दुहबीलगायत क्षेत्रमा रहेका ग्यास डिलरको अनुगमन गरेको हो । अनुगमनका क्रममा डिलरहरूले ग्यास लुकाएर कालोबजारी गरेको नपाइएको प्रशासनले जनाएको छ ।सुनसरीमा रहेका तीन ग्यास उद्योगमध्ये कामाख्या ग्यास उद्योगबाट निरन्तर ग्यास रिफिलिङ तथा बिक्री भइरहेको छ । प्रिमा र सुविधा ग्यास उद्योगमा भने हाल रिफिलिङ रोकिएको प्रशासनले जनाएको छ ।रिफिलिङ रोकिएका उद्योगमा समेत आपूर्त

    • प्रकाशित मितिः साउन २५, २०८३
    • ७६ पटक पढिएको
  • सद्भाव बिग्रन नदिन सुनसरीका धार्मिक अगुवाको सामूहिक प्रतिबद्धता

    इनरुवाः जिल्ला प्रशासन कार्यालय सुनसरीमा आयोजित संयुक्त भेलामा सहभागी विभिन्न धर्मका अगुवा तथा सामाजिक व्यक्तिहरूले सुनसरीमा शान्ति, सद्भाव र आपसी भाइचारा कायम राख्न सामूहिक प्रतिबद्धता जनाएका छन् ।प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार हिन्दू, मुस्लिम, इसाई र बौद्ध धर्मका अगुवाहरूले जिल्लाको सामाजिक सद्भाव कायम राख्न आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन् ।देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति भएको गोलीकाण्डपछि उत्पन्न संवेदनशील अवस्थालाई मध्यनजर गर्दै धार्मिक तथा सामाजिक अगुवासँग प्रशासनले छलफल गरेको हो ।

    • प्रकाशित मितिः साउन २५, २०८३
    • ८५ पटक पढिएको
  • यस वर्ष साउनको अन्तिम सोमबार ‘सोमप्रदोष व्रत’को संयोग

    इटहरी । आज साउन महिनाको अन्तिम सोमबार । आज देशभरका शिवालयमा श्रद्धालुको भीड लागेको छ ।शिवको प्रिय महिना मानिने साउन महिनाको सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका श्रद्धालुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउन महिनाका अरु सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ ।बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ ।सोमप्रदोष व्रतको संयोगयसपटकको साउनको अन्तिम सोमबार सोमप्रदोष व्रतको संयोग परेको छ । सोमबारको दिन त्रयोदशी तिथि परेमा सोमप्रदोष भनिन्छ । ‘प्रदोष’ भनेको सामान्यतः सूर्यास्तअघि वा पछिको विशेष

    • प्रकाशित मितिः साउन २५, २०८३
    • ११५ पटक पढिएको
  • सुन्दरहरैंचामा मनाइयो विश्व आदिवासी दिवस

    गछियाः ३२ औँ विश्व आदिवासी दिवस विभिन्न जातजातिका मौलिक झाँकी, र्याली तथा सांस्कृतिक प्रस्तुतिसहित भव्य रूपमा मोरङको सुन्दरहरैंचामा मनाइएको छ ।हिजो नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाको आयोजनामा सुन्दरहरैंचा नगरपालिका–७ स्थित गछिया खेलमैदानमा आयोजित कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता महासंघको सुन्दरहरैंचा अध्यक्ष सुमन याख्खाले गर्नुभएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणसँगै अधिकार सुनिश्चित गर्न राज्यका सबै तहबाट आवश्यक पहल हुनुपर्नेमा

    • प्रकाशित मितिः साउन २५, २०८३
    • ७८ पटक पढिएको
  • इन्ट्याक्ट क्लब अफ विश्व आदर्शको अध्यक्षमा सिद्धान्त निरौला

    इटहरीः इन्ट्याक्ट क्लब अफ विश्व आदर्शले शैक्षिक वर्ष २०२६\२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ । क्लबको सातौँ पदस्थापन तथा शपथग्रहण समारोहमार्फत् सिद्धान्त निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।विश्व आदर्श एकेडेमीमा आयोजित कार्यक्रममा क्षेत्र–१ का क्षेत्रीय इन्ट्याक्ट प्रतिनिधि मिङ्साङ लिम्बू प्रमुख अतिथिका रूपमा रहनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सिद्धान्त निरौलासहित सम्पूर्ण पदाधिकारी तथा नयाँ सदस्यहरूलाई शपथ ग्रहण गराइएको थियो ।सो कार्यसमितिमा आगामी अध्यक्ष साइमा कार्की, उपाध्यक्ष दीक्षित सुवेदी, सचिव आरोशी राई, सहसचिव मनषी घिमिरे, कोषाध्यक्ष समृद्धि दुलाल, क्लब सेवा

    • प्रकाशित मितिः साउन २५, २०८३
    • ७८ पटक पढिएको
  • कोसी साहित्य कला परिषद्को अध्यक्षमा पुनः केशु विरही

    बेलबारीः हिजो सम्पन्न कोसी साहित्य–कला परिषद् नेपालको पहिलो साधारण सभाले तदर्थ समितिका पदाधिकारीलाई नै नयाँ कार्यसमितिका लागि चयन गरेको छ । तदर्थ समितिमा रहेका केही सदस्यको स्थानमा भने नयाँ सदस्य चयन गरिएको छ ।बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा भएको साधारणसभाले केशु विरहीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णु भण्डारी आचार्य, सचिवमा नवराज पोखरेल ‘नवशिला’ सहसचिवमा गीता कुलुङ राई, कोषाध्यक्षमा चिरञ्जीवी काफ्लेलाई चयन गरेको छ ।त्यस्तै समितिका सदस्यहरूमा प्रिन्स प्रमोदकुमार ढकाल, खेमचन्द्र अधिकारी, मनोज विश्वकर्मा, नवीन थापा क्षेत्री, अम्बिकाप्रसाद को

    • प्रकाशित मितिः साउन २५, २०८३
    • ७६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल