बेलबारीः जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार कार्यालय प्रमुख प्रहरी उपरीक्षक कबित कटवालको प्रमुख आतिथ्यतामा मातहतका सम्पूर्ण युनिट इन्चार्जहरुको उपस्थितिमा दैनिक कार्य सम्पादन मूल्याङ्कन ढाँचा कार्यान्वयन समीक्षा सम्पन्न गरेको छ ।सो कार्यक्रममा उत्कृष्ट कार्य गर्ने इलाका प्रहरी कार्यालय बेलबारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजीव गिरी र अस्थाई प्रहरी चौकी कटहरीका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक चन्द्रिकाकुमार श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरिएको छ ।गिरी र श्रेष्ठलाई कार्यालय प्रमुख कबित कटवालले प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो ।सो क्रममा आफूले पाएको जिम्मेवारीलाई अझ उत्कृष्ट तवरले न
काठमाडौंः दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा सिप्रिङ खोलामा आएको बाढीले बगाउँदा ७३ वर्षीय चसमान तामाङ बेपत्ता हुनुभएको छ । ४ जना जोखिमपूर्ण स्थानमा बसेर उद्धारको पर्खाइ गरिरहेको सो वडाका वडाध्यक्ष ङिमगेली शेर्पाले बताउनुभएको छ ।वडाध्यक्ष शेर्पाका अनुसार चसमानका गाई बाख्रा पहिरोले गोठसहित बगाएको छ । बाढीका कारण सिप्रिङ खोला जलविद्युत केन्द्रमा कार्यरत कर्मचारी शुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरमा अडिएर बसेका छन् । सो ठाउँ पनि असुरक्षित रहेको तर निरन्तरको बाढीका कारण उद्धार गर्न कठिन भएको वडाध्यक्ष शेर्पा बताउनुहुन्छ ।अहिले प्रहरीहरू सिंगटी र रोल्वालिङबाट घ
इटहरी । आज बिहान पश्चिम नेपालको बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।बिहान ४ बजेर ४० मिनेट जाँदा बझाङको कोटदेवल केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।भूकम्पले पुर्याएको क्षतिको विवरण भने हालसम्म नआएको बताइएको छ ।
इटहरी । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा शुरु भएको नयाँ शृंखलाको पहिलो खेलमै नेपालले निराशाजनक सुरुआत गरेको छ ।घरेलु मैदानमा दुई महिनाअघि उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चारको आशा जगाएको नेपाल विदेशी भूमिमा भने पुरानै कमजोरी दोहोर्याउँदै नामिबियासँग ८ विकेटले पराजित भयो । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १५७ रनमै समेटियो भने नामिबियाले १५८ रनको लक्ष्य मात्र दुई विकेट गुमाएर ७४ बल बाँकी छँदै पूरा गर्याे ।नेपालको ब्याटिङ सुरुदेखि नै दबाबमा रह्यो । ओपनर कुशल भुर्तेल र इशान पाण्डे सस्तैमा आउट भएपछि नेपालको इनिङ्स धराशायी बन्न पुग्यो । कप्तान रोहित पौडेल (३२) र दीपेन्द्र सिंह ऐ
इटहरीः सुनसरीको इटहरीमा रहेको दिगो चार्ज प्वाइन्टमा सौर्य ऊर्जामा आधारित ब्याट्री ऊर्जा भण्डारण प्रणाली विकास गर्न दिगो ग्रुप र घाम पावरले रणनीतिक साझेदारी गरेका छन् ।दुवै कम्पनीबीच ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बीईएसएस) विकाससम्बन्धी सम्झौता भएको हो । यो सहकार्यले विद्युतीय सवारी साधन चार्जिङ पूर्वाधारलाई स्वच्छ, भरपर्दो र दिगो बनाउने अपेक्षा गरिएको छ ।सो परियोजनाअन्तर्गत सौर्य ऊर्जा उत्पादन प्रणालीलाई अत्याधुनिक ब्याट्री भण्डारण प्रविधिसँग एकीकृत गरेर उच्च विद्युत् माग हुने समयमा राष्ट्रिय प्रशारण प्रणालीमाथिको निर्भरता घटाउनुका साथै विद्युतीय सवारीसाधन चार्जिङमा नवीकरणीय ऊर्जाको प्रयोग बढ
काठमाडौंः देशभरका १३ स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेका छैनन् । ७५३ पालिकामध्ये अन्य पालिकाले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् ।भूमि व्यवस्था, सहकारी, संघीयय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा मधेश प्रदेशका १० स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् ।जसमा सिराहाको सुखीपुर नगरपालिका, औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत गरेका छैनन् । पर्
इटहरी । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थिति भई सेवा प्रवाह गर्न जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गरेको छ ।मन्त्रालयले विपद्को संवेदनशील समयावधिभर आफ्नो कार्यालय नछाड्न तथा कार्यालयमा नियमति रूपमा उपस्थित भई आवश्यक समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय रहन निर्देशन दिएको छ ।देशका विभिन्न स्थानमा अविरल वर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाको जोखिम तथा प्रभावलाई दृष्टिगत गरी विपद व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयले आग्रह गरेको छ । कुन
विराटचोकः सुकुना माविमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा सो विद्यालयका सङ्गीत शिक्षक भीम नेपाल पनि पक्राउ परेका छन् । सो प्रकरणमा पक्राउ पर्नेहरूको सङ्ख्या चार पुगेको छ ।मोरङ प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याटहरूका आधारमा विद्यालयका लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, बस चालक प्रदीप भट्टराई र शिक्षक किशोरलाल गच्छदारलाई हिजो बिहान पक्राउ गरेको थियो । घटना सार्वजनिक भएपछि फरार रहेका सङ्गीत प्रशिक्षक भीम नेपाललाई हिजो साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याटमध्ये सबैभन्दा दुर्व्यवहारपूर्ण आशयको च्याट नेपालको थियो । उनले एक छात्रालाई ‘मेर
इटहरी । लगातार छैटौँ दिन शेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२६ प्रतिशत अर्थात ७.२५ अंकले बढेर २ हजार ७२६.४९ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४३ स्टकको १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर ७५ हजार १० पटक किनबेच हुँदा ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँको शेयर किनबेच भएको हो । हिजो ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाउँदा व्यापार समूह सर्वाधिक अर्थात् २.८८ प्रतिशतले बढेको छ । सामूहिक लगानी कोष समूह सर्वाधिक अर्थात ०.७१ प्रतिशतले घटेको छ ।उच्च कारोबार गर्ने रिडी, उच्च मूल्य बढ्ने
इटहरी । अन्ततः सरकारले निजी शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको आवश्यक परामर्शपछि सरकारले सर्वसाधारणमा पर्न सक्ने थप आर्थिक भार र जनगुनासोलाई सम्बोधन गर्दै यस्तो निर्णय लिएको बताइएको छ ।सरकारले दुर्गम र पिछडिएका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले यो करको अवधारणा अघि सारेको जनाएको थियो । विशेषगरी दलित, सीमान्तकृत तथा विपन्न बालबालिकाको शिक्षामा सहयोग गर्ने, स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउन ३ प्रतिशत समता शुल्क प्रस्ताव