All Posts By खेमचन्द्र अधिकारी

    Showing ४७१-४८० of १,३५३ items.
  • विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

    इटहरी ।  सरकारले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै सूचना तथा सञ्चार मन्त्रालयले रिक्त रहेको विज्ञापन बोर्डको अध्यक्ष पद पूर्तिका लागि योग्य व्यक्तिहरूबाट आवेदन माग गरेको छ ।इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले २०८३ साल साउन ८ गते शुक्रबार कार्यालय समयभित्र आफ्नो दरखास्त पेश गर्नुपर्ने र तीमध्ये एक जनालाई छनोट गरेर अध्यक्ष पदको जिम्मेवारी दिइने सूचनामा उल्लेख छ । सो पदका लागि आवश्यक पर्ने कागजात तथा विस्तृत विवरणहरू सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १८२ पटक पढिएको
  • समाजसेवामा क्रियाशील लायन्स क्लब अफ इटहरी ग्रीन सिटी

    इटहरीः लायन्स वर्ष शुरु भएसँगै लायन्स क्लब अफ इटहरी ग्रीन सिटीले ‘ग्लोबल कज’ अभियानअन्तर्गत सामाजिक सेवाका कार्यक्रमलाई तीव्रता दिएको छ ।जुलाई १ देखि लायन्स वर्ष शुरु हुन्छ । लायन्स वर्ष शुरु हुनासाथ क्लबले रक्तदान, वृक्षरोपण, शैक्षिक सामग्री वितरण तथा खानेपानी व्यवस्थापनजस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिएको हो ।लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी अन्तर्गत एरिया–४ ले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा सक्रिय सहभागिता जनाएको क्लबले सोही दिन इटहरीस्थित डीभीएम स्कुल परिसरमा वृक्षरोपणसमेत गरेको थियो ।क्लबले उदयपुरको कटारीस्थित कालिका आधारभूत विद्यालयका ८५ जना विद्यार्थीलाई

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १५३ पटक पढिएको
  • ६ मिनेटको अन्तरमा २ गोल गरी अर्जेन्टिना विश्वकपको फाइनलमा

    इटहरी ।  मध्यान्तरपछिको अतिरिक्त समयमा निर्णायक गोल गरेपछि इंग्ल्यान्डमाथि २–१ को पुनरागमन जीत निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।आज बिहान एटलान्टा स्टेडियममा भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै अन्तिम समयमा दुई गोल गर्दै अर्जेन्टिना लगातार दोस्रोपटक फाइनलमा पुगेको हो ।अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे । इंग्ल्यान्डका लागि एन्थोनी गोर्डनले गोल गरेका थिए ।यो सँगै ३ पटकको विश्वकप विजेता अर्जेन्टिना सातौंपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।३६ वर्षको उपाधि खडेरी तोड्दै सन् २०२२ मा विश्वकप जितेको अर्

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १६४ पटक पढिएको
  • मादी माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा होमराज दाहाल

    इटहरीः संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको प्रथम अधिवेशनले होमराज दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राधिका कार्की (बस्नेत), सचिवमा रामकुमार दाहाल, सहसचिवमा राजेश दाहाल र कोषाध्यक्षमा रामबाबु दाहाल चयन हुनुभएको छ ।सदस्यहरूमा तोयानाथ दाहाल (बासु), टंक दाहाल, ओमनाथ निरौला, राजन केडी, विष्णुप्रसाद दाहाल, सुमन दाहाल र चन्द्रमणि सुवेदी चयन हुनुभएको छ ।कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री तथा मादी माविका पूर्व विद्यार्थी विदुर लिंथेपले मादी माध्यमिक विद्यालयको थप विकासका लागि प

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १३२ पटक पढिएको
  • सांसद लिमा अधिकारीको प्रश्नः कसरी लुक्यो वर्षौंसम्म उधारो शेयर कारोबारको विवरण

    काठमाडौंः बुधबार बसेको अर्थ समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियामकीय भूमिकामाथि प्रश्न उठाउनुभएको छ ।सो बैठकमा सांसद अधिकारीले वर्षौंदेखि भइरहेको भनिएको उधारो शेयर कारोबार, कृत्रिम मूल्यवृद्धि, प्रि–आईपीओमा प्रिमियम निर्धारण र फन्ड म्यानेजरको फ्लिपिङ प्रवृत्तिका बारेमा प्रश्न उठाउनुभएको हो । फन्ड म्यानेजरको कोटा हटाउने वा पुनर्संरचना गर्ने विषयमा पनि बोर्डसँग उहाँले जवाफ माग्नुभएको छ ।सेबोन ‘प्रो–एक्टिभ’ नियामक बन्नुपर्नेमा ‘रि–एक्टिभ’ रूपमा मात्र हाल काम गरिरहेको उनको आरोप छ । सीमित व्यक्तिले रकम भुक्तानी नै नगरी अर्ब

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १३४ पटक पढिएको
  • कोशीमा ६ महिनामा ३३१ जना मानवअधिकार उल्लङ्घनका घटनाबाट पीडित

    धनकुटाः कोशी प्रदेशमा सन् २०२६ को पहिलो ६ महिनामा मानवअधिकार उल्लंघनका घटनाबाट ३३१ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्याङ्कले देखाएको छ ।मानव अधिकार एलाइन्सको २७ औँ स्थापना दिवसका अवसरमा धनकुटामा आयोजित अन्तरक्रिया कार्यक्रममा इन्सेकका कोशी प्रदेशका प्रमुख मनोहर पोख्रेलले प्रदेशको पछिल्लो मानवअधिकार अवस्थाबारे जानकारी दिँदै उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।यी ६ महिनामा महिला अधिकारसँग सम्बन्धित ६१ वटा, बाल अधिकारसँग सम्बन्धित १११ वटा तथा नागरिक अधिकारसँग सम्बन्धित १५९ वटा मानवअधिकार उल्लङ्घनका घटना अभिलेख भएका हुन् ।सन् २०२५ मा कोशी प्रदेशमा मानवअधिकार उल्लङ्घनका घ

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १६१ पटक पढिएको
  • १४ अंकले शेयर बजार बढ्दा कारोबार रकम घट्यो ५० प्रतिशत

    इटहरी ।  आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५४ प्रतिशत अर्थात १४ अंकले बढेर २ हजार ५९०.२९ बिन्दुमा अडिएको छ । बजार बढे पनि कारोबार रकम भने ५० प्रतिशत घटेको छ ।नेप्सेमा सूचीकृत ३६२ स्टकको ८४ लाख ७३ हजार १६ कित्ता शेयर ३८ हजार ८३६ पटक किनबेच हुँदा ४ अर्ब १७ करोड ३ लाख ९८ हजार ४९ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ८ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।कारोबारमा आएका १३ वटा समूहमध्ये बाँकी सबै समूहमा हरियाली छाएको छ । सामुहिक लगानी कोषको सूचक स्थिर रह्यो भने लगानी समूह ०.४६ प्रतिशतले घट्यो । विकास बैंक समूह सर्वाधिक १.३७ प्रतिशतले बढ्यो ।उच्च कारोबार गर्ने १०

    • प्रकाशित मितिः असार ३१, २०८३
    • २३३ पटक पढिएको
  • बढ्यो सुनचाँदीको दाम

    इटहरी ।  आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ७५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १८६ पटक पढिएको
  • रौतहटका २८ वर्षीय गौतमकुमार सहनीद्वारा आत्मदाह प्रयास

    गौरः आज राति करिब १ बजे रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।गरुडा–९ का वडाध्यक्ष राजेश सहनीका अनुसार गौतम केही दिनयता मानसिक तनाव र डिप्रेसनबाट पीडित थिए । उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आत्मदाहको प्रयास गरेका हुन् ।उनले गरुडा बजारस्थित झाझ पुलनजिक छाप्रे होटल सञ्चालन गर्दै आएका थिए । आत्मदाहको प्रयासलगत्तै परिवारका सदस्यले उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पताल लगेका थिए । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौंको कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको इलाका प्

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १६२ पटक पढिएको
  • सिंहदरबारको गेट अगाडि मोटरसाइकल पार्किङ गरेर विद्यार्थीको प्रदर्शन

    काठमाडौंः नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर विरोध प्रदर्शन गरेको छ ।गरिबको आवाज दबाउन पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गर्ने क्रममा केही बेर सवारी आवागमन असहज भएको ट्राफिक प्रहरीले जनाएको छ ।त्यसपछि प्रहरीले प्रदर्शनकारीलाई त्यहाँबाट हटाएको थियो ।

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १६८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल