काठमाडौंः लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ साङ्गीतिक प्रस्तुति ‘मोरे सैया….’ सार्वजनिक भएको छ । सुशीला गौतम र खेम सेन्चुरीको स्वर रहेको सो गीतमा प्रेमभावका साथै नेपाली संस्कृतिको झल्को समेत प्रस्तुत गरिएको छ ।नेत्र अर्यालको शब्द रहेको सो गीतमा खेम सेन्चुरीले नै संगीत तथा हुकलाइन तयार पारेका छन् । गीतको रेकर्डिङ कुमार विश्वकर्माले गरेका छन् भने संगीत संयोजनको जिम्मेवारी एचबीएन किस्मतको छ ।सुनिल बिकेको निर्देशनमा तयार पारिएको भिडियोमा गरिमा शर्मा र खेम सेन्चुरी मुख्य भूमिकामा देखिएका छन् । नेपाली मौलिक पहिरन र पर्यटकीय स्थल सौराहाको प्राकृतिक परिवेशलाई समेटेर गरिएको छायाङ्कनले गीतको भावलाई थप
विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ११ मा रहेको सुवर्ण फर्मास्युटिकल सेन्टरलाई सञ्चालनमा ल्याउन प्रतिनिधिसभा सदस्य प्रेमलाल चौधरीले पहल थाल्नुभएको छ ।प्रयोगविहीन अवस्थामा रहेको सेन्टरको वास्तविक अवस्था बुझ्न सांसद चौधरीले हालै स्थलगत निरीक्षण गर्नुभएको थियो । निरीक्षणपछि सेन्टर सञ्चालनका लागि आवश्यक पहल अघि बढाउँदै उहाँले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानकी उपकुलपति स्मृति कार्कीसँग भेटघाट गर्नुभएको छ ।भेटका क्रममा सांसद चौधरीले राज्यको ठूलो लगानीमा निर्माण भएको संरचनालाई अब जसरी पनि सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।औषधि उत्पादन तथा स्वास्थ्य क्षेत्रमा महत्वपू
बिर्तामोडः सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचनमा उम्मेदवारको संख्या उल्लेख्य देखिएको छ । आगामी असोज १० गते हुने निर्वाचनका लागि १२ पदमा ८० जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।एउटै संस्थाको नेतृत्व र निगरानी गर्ने सीमित पदका लागि यति ठूलो संख्यामा उम्मेदवारी पर्नुलाई संस्थाप्रतिको सदस्यहरूको चासो, जिम्मेवारी बहन गर्ने इच्छा र नेतृत्वमा पुग्ने आकांक्षाका रूपमा हेर्न सकिन्छ । सहकारी क्षेत्रमा लामो समयदेखि स्थापित सहारा नेपाल साकोसको निर्वाचनमा देखिएको यो सहभागितालाई सकारात्मक रूपमा लिनुपर्ने आवाज पनि उठेको छ ।अन्तिम उम्मेद्वारी नामावली
विराटचोकः मोरङको सुन्दरहरैँचा–१०, विराटचोकमा रहेको हिमालय इङ्गलिस स्कुलमा निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ ।मोरङ क्षेत्र नम्बर ३ का पूर्व सांसद सुनिल शर्माको अगुवाइ तथा नोबेल मेडिकल कलेज, विराटनगरको सहकार्यमा आयोजित शिविरमा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए ।विद्यार्थीहरूमा देखिन सक्ने आँखा तथा दन्तसम्बन्धी समस्याको पहिचान, आवश्यक परामर्श तथा स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको थियो । व्यस्त दैनिकी तथा आर्थिक कारणले नियमित स्वास्थ्य परीक्षण गर्न नसक्नेहरूका लागि विद्यालयमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा उ
विराटनगरः बाल्यकालमै गाउँघरमा देखेको छोरा र छोरीबीचको विभेदले मन दुखाएपछि माओवादी आन्दोलनमा होमिनुभएकी गीता तिम्सिना ‘अनु’को जीवनी सङ्घर्ष, उतारचढाव र निरन्तरको परिश्रमले अघि बढाइरहेको छ ।वि. सं. २०५६ सालमा माओवादी आन्दोलनको भातृ संगठनबाट राजनीतिक जीवन शुरु गरेकी तिम्सिना अहिले कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीमा आबद्ध भएर त्यसपछि अनेम संघ क्रान्तिकारी हुँदै राजनीतिक आन्दोलनतर्फ तानिनुको मुख्य कारण छोरालाई निजी स्कुलमा पढाउने र छोरीलाई सरकारी स्कुलमा पढाउने परिपाटीको विरुद्धमा रहेको उहाँ बताउनुहुन्छ ।२०५८ सालदेख
लेटाङः मोरङ १ का प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले प्रतिनिधि सभामा लेटाङ– ८ जाँतेस्थित स्वास्थ्य चौकीको सेवा बन्द गरिएको भनी अभिव्यक्ति दिएको भन्दै लेटाङ नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कडा आपत्ति प्रकट गरेको छ ।नगर प्रमुख भुपेन्द्रकुमार लावतीद्वारा जारी विज्ञप्तिमा मोरङ क्षेत्र नं. १ का सांसद न्यौपानेको उक्त दाबीलाई तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भन्दै पूर्ण रूपमा खण्डन गरिएको छ ।नगरपालिकाका अनुसार जाँते स्वास्थ्य चौकीमा पछिल्लो समय ल्याब सेवा लिने सेवाग्राहीको सङ्ख्यामा कमी आएकाले ल्याब सेवा प्रवाहको विषयमा कार्यपालिका बैठकबाट एक अध्ययन समिति गठन गरेको विषयलाई सेवा नै बन्द गर
काठमाडौंः नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएको प्रहरीमाथि नै हातपात भएको छ।ड्युटीमा खटिएका महिला तथा पुरुष प्रहरीमाथि नै आक्रमण भएको हो । आक्रमण गर्ने जुम्ला घर भएका २७ वर्षीय राज कठायत नाम गरेको युवकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा जुम्ला तातोपानी गाउँपालिका वडा २ घर भई हाल बानेश्वर-१० मा बस्ने २७ वर्षका राज कठायत छन्।महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजेका ती पुरूषलाई आकाशे पुलको प्रयोग गर्न अनुरोध गरेकी थिइन्।
इटहरी । आज शेयर बजारमा सामान्य उतारचढाव आएको छ । बजार खुलेको १० मिनेटपछि उकालो लागेको बजारले ५० मिनेटसम्म हरियो झण्डा देखाए पनि त्यसपछि बजार राताम्य भएको छ ।अहिले दिउँसो १ बजेसम्ममा बजार पौने ५ अंक आसपास घटेर २५९५ आसपासको बिन्दुमा नेप्से रहेर शेयर किनबेच भइरहेको छ । दुई घण्टाको अवधिमा २ अर्ब १६ करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।बजार घटे पनि सर्वाेत्तम पेन्ट्सको शेयरमूल्य सर्वाधिक १५ प्रतिशत बढेको छ ।सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् ६ दशमलव ७६ प्रतिशत घटेको छ ।घटेको बजारमा मकर जितुमाया सुरी हाइड्रोपावरको सर्वाधिक ८७ करोड ४६ लाख ८९ हजार रुपैयाँको शेयर किनबेच भए
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो ।कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।
इटहरीः सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ इटहरीस्थित र्याडिसन होटलमा सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा व्यवसायको विस्तारसँगै बीमितको हित, जोखिम व्यवस्थापन र व्यावसायिक आचरणलाई प्राथमिकता दिन बीमा अभिकर्ताहरूलाई आग्रह गर्नुभयो । महर्जनले अभिकर्ताले ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नुपर्ने बताउनुभयो । बीमा योजना बिक्री गर्दा त्यसका सुविधा, शर्त, जोखिम र दायित्वबारे बीमितलाई स्पष्ट जानकारी गराउनुपर्ने उहाँको भनाइ थियो ।उहा