अन्तरास्ट्रिय

    Showing २०१-२१० of २५६ items.
  • दिल्लीले लखनऊलाई पराजित गर्दा राजस्थान पुग्यो प्ले अफमा

    सुनसरी :  अभिषेक पोरेल र ट्रिस्टन स्टब्सको अर्धशतकमा दिल्लीले इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो अन्तिम लिग चरणको खेलमा लखनऊ सुपर जायन्ट्सलाई १९ रनले पराजित गरेको हो।दिल्लीका लागि उसका लागि पोरेलले ५८ र स्टब्सले ५७ रन बनाए। दिल्लीले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो। जवाफमा लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । यो नतिजाले राजस्थान रोयल्स भने प्ले–अफ पुग्ने दोस्रो टिम बनेको छ।राजस्थानको १६ अ्रंक छ र उसले अझै २ खेल खेल्न बाँकी रहेको छ। यस्तै चेन्नई सुपरकिङ्सको १४ अंक रहेको छ भने उसले एक खेल खेल्न बाँकी छ। यसैगरी सनराइजर्स हैदरबादको समान

    • प्रकाशित मितिः जेठ २, २०८१
    • ३८७ पटक पढिएको
  • कोलकत्ता प्लेअफमा पुग्ने पहिलो टोली बन्यो

    इटहरी  – इंडियन प्रिमियर लिग अन्तर्गत शनिवारको एकमात्र खेलमा कोलकत्ता नाइट राइडर्स विजयी हुँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । वर्षाले प्रभावित खेलमा कोलकत्ताले मुम्बई इण्डियन्स विरुद्ध १८ रनको जित दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो ।वर्षाका कारण ढिलो सुरुवात भएर १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित १६ ओभरमा ७ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । दुवै ओपनर सस्तैमा गुमाएको कोलकत्ताका लागि वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए ।नितिश रानाले २३ बलमा ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे ।मुम्बईका लागि जस्पृत बुम

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • ४३९ पटक पढिएको
  • रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

    सुनसरी - यूईएफए च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड फाइनलमा पुगेको  छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा हिजो २–१ र समग्रमा ४–३ को जित निकाल्दै रियल म्याड्रिड  फाइनलमा पुगेको हो ।सुरुमा एक गोलले पछि परेको अवस्थामा खेलको अन्तिमतिर मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल फाइनल प्रवेश गरेको हो । उनले खेलको ८८ औँ मिनेटमा र इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे । बायर्न म्युनिखका अल्फोन्सो डेविसले खेलको ६८ औँ मिनेटमा गोल गरेर अग्रता बनाएका थिए । बायर्न म्युनिखको घरेलु मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो ।रियलले अब फाइनलमा उपाधिका

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • २९७ पटक पढिएको
  • बङ्गलादेशमा डेंगुका कारण मृत्यु हुनेको सङ्ख्या नौ सयभन्दा बढी पुग्यो

    एजेन्सी । बङ्गलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार ७२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएकोमा ९०० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले आइतबार जनाएको छ ।स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ३१६, अगस्टमा ३४२ र जुलाईमा २०४ गरी कूल ९०९ जना  डेङ्ग सङ्क्रमित विरामीको मृत्यु भएको हो ।महानिर्देशनालयका अनुसार सेप्टेम्बरमा ६३ हजार ९१७, अगस्टमा ७१ हजार ९७६ र जुलाईमा ४३ हजार ८५४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । दक्षिण एसियाली मुलुकमा स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ

    • प्रकाशित मितिः असोज ८, २०८०
    • २२५ पटक पढिएको
  • भारतका पूर्वमन्त्रीको घरमा करोडौँको लुटपाट, तीन नेपाली पक्राउ

    एजेन्सी । भारतका पूर्वमन्त्रीको घरमा चोरी गरेको आरोपमा तीन जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय करन बहादुर, २१ वर्षीय सर्जन शाही र ३१ वर्षीय कृष्णबहादुर रहेका छन् । घटनामा डेभिड नाम गरेका अर्का नेपाली फरार रहेको भारतीय प्रहरीले जनाएको छ ।शिरोमनी अकाली दलका पूर्वमन्त्री ८८ वर्षीय जगदीश सिंह ग्राचाको घरमा सोमबार लुटपाट भएको थियो । महाराजा रञ्जितसिंह नगरमा ग्राचासहित उनकी पत्नी, बहिनी र एक महिला कामदार सोमबार आफ्नो निवासमा बेहोस फेला परेका थिए । उनको घरमा काम गर्ने एक नेपाली कामदार फरार रहेका थिए । उनलाई केही महिनाअघि मात्र काममा राखिएको थियो ।लगत्तै लुधियाना प्रहरीले दिल्ल

    • प्रकाशित मितिः असोज ४, २०८०
    • १९४ पटक पढिएको
  • ब्राजिलको अमेजनको जङ्गलमा विमान दुर्घटना, १४ जनाको मृत्यु

    काठमाडौँ । ब्राजिलको अमेजनको जङ्गलबीच बार्सेलोस सहरमा शनिवार भएको एक विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।  दुर्घटनाग्रस्त विमान  खराब मौसमका बीच अमेजोनासको मानुसबाट बार्सेलोस जाँदै थियो । अधिकारीका अनुसार भारी वर्षाका कारण विमान ल्यान्ड गर्ने कोसिस गरिरहेका बेला दुर्घटनाग्रस्त भएको हो ।  दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ । यसमा चालक दलका दुई सदस्यसहित  १२ यात्री थिए जसमा केही पर्यटक रहेको बताइएको छ । समाचार एजेन्सीका अनुसार सबै यात्री ब्राजिलियन मूलका थिए । उनीहरु बार्सेलोसमा स्पोर्ट फिसिङका लागि जाँदै थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • २४४ पटक पढिएको
  • लिबियामा आँधीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय पुग्यो

    काठमाण्डौ । लिबियामा विनाशकारी आँधी र बाढीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय जना पुगेको छ । पूर्वी लिबिया सरकारका नेताले कम्तिमा दुई हजार ३ सय मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएको बताएका बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार आँधीका कारण झण्डै दश हजार मानिस बेपत्ता रहेका र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ ।  गएको आइतबार ड्यानियल आँधीका कारण संकट उत्पन्न भएको हो ।सबैभन्दा बढी प्रभावित सहर डेरनामा दुई वटा बाँध र चार वटा चारवटा पुल भत्किएपछि सहर पुरै डुबेको छ ।उद्धार टोलीहरू समुद्रमा बगेको शव निकाल्न संघर्ष गरिरहेका छन् । सहरको बीचमा खोला बगेको

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • २०० पटक पढिएको
  • मेक्सिकोमा आप्रवासी बोकेको बस दुर्घटना हुँदा १६ को मृत्यु, ३६ जना घाइते

    काठमाडौँ । मध्य मेक्सिकोको कुआक नोपालन ओक्साका राजमार्गमा बस दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।अधिकारीहरूका अनुसार स्थानीय र आप्रवासी बोकेको बस ओक्साका र पुएब्ला राज्यको सिमानामा रहेको राजमार्गमा एउटा ट्रेलर ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो ।ओक्साका अभियोजकको कार्यालयका अनुसार सवारी दुर्घटनामा एक नाबालिग सहित कम्तीमा आठ पुरुष र आठ महिलाको मृत्यु भएको छ । घाइतेहरूलाई उपचारका लागि पुएब्लाको अस्पतालमा लगिएको छ ।

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • १६६ पटक पढिएको
  • भारतको बिहारमा पत्रकारको गोली हानी हत्या

    काठमाडौँ । भारतको बिहारस्थित अररिया जिल्लामा शुक्रवार९आज० बिहान एक पत्रकारको गोली हानी हत्या भएको छ । हिन्दी पत्रिका ‘दैनिक जागरण’ का स्थानीय संवाददाता विमल कुमार यादवको अज्ञात अपराधीले घरमा प्रवेश गरी गोली हानेका हुन् । सन् २०१९ मा विमलका भाइको पनि हत्या भएको थियो । त्यो घटनामा विमल एक्लो साक्षी थिए र प्राप्त जानकारीका अनुसार उनीमाथि लगातार आफ्नो बयान फेर्न दबाब दिइएको थियो । 

    • प्रकाशित मितिः भदौ १, २०८०
    • १४२ पटक पढिएको
  • रुसमा पेट्रोल पम्पमा आगो लाग्दा सत्ताइस जनाको मृत्यु

    एजेन्सी । रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको छभने सयभन्दा बढी घाइते भएका छन् । आपतकालीन प्रतिकार्य मन्त्रालयका अनुसार माखचकलामा रहेको पेट्रोल पम्मपमा सोमबार राति उक्त दुर्घटना भएको हो । अग्नि नियन्त्रण कार्यालयका साथै सुरक्षा निकायको सहयोगमा आगो पूर्णरुपमा निभाइएको छ ।रूसी स्वास्थ्य मन्त्रालयले भने मखाचकलाका अस्पतालमा धेरै घाइते भर्ना भएका र मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ । दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले पत्रकारहरूसँगको कुराकानीमा दुर्घटनाको अनुसन्धान भइरहेको जनाउँदै व्यक्तिगत लापरबाहीका कारण घटना भएको ह

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १६६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल