आर्थिक

    Showing ९१-१०० of १,१७० items.
  • दीर्घ रावल नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त

    काठमाडौंः नेपाल राष्ट्र बैंकको सुरपरीवेक्षण विभाग प्रमुखका रूपमा कार्यरत कार्यकारी निर्देशक दीर्घ रावल डेपुटी गभर्नर नियुक्त हुनुभएको छ ।हिजो बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।रावल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा वित्त विषयमा विद्यावारिधिका शोधार्थी हुुनुहुन्छ । उहाँले वित्तमा एमफिल, अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमबीए तथा समाजशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ ।रावलले राष्ट्र बैंकमा २० वर्ष काम गरिसक्नुभएको छ ।

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • १५९ पटक पढिएको
  • एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

    काठमाडौंः निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुरबापत सरकारलाई ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १९१ रुपैयाँ तिरेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणको तीनधारास्थित नबिल बैंकमा रहेको खातामा एनसेलले उक्त रकम दाखिला गरेको हो । एनसेलले बुझाएको रकममा नवीकरण दस्तुरको बाँकी किस्ताबापत ४ अर्ब २५ करोड रुपैयाँ सावाँ रहेको छ । २०८२ भदौ ७ देखि २०८३ असार मसान्तसम्मको ३२८ दिनको ब्याजबापत ६४ करोड ९२ लाख ६० हजार २७३ रुपैयाँ र २०८३ साउन १ देखि भदौ २ सम्मको ३३ दिनको ब्याजबापत ६ करोड ५३ लाख २१ हजार ९१७ रुपैयाँ पनि तिरेको छ ।एनसेलले २०८२ भदौ ६ गतेसम्मको किस्ता तथ

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • १०८ पटक पढिएको
  • नेप्सेमा थपियो साल्ट ट्रेडिङको ३ लाख बढी कित्ता बोनस शेयर

    इटहरी ।  बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साल्ट ट्रेडिङ कर्पोरेसनको ३ लाख ४ हजार ६८१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।अघिल्लो आर्थिक वर्षमा कम्पनीले शेयरधनीहरुलाई ९.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।शेयर सूचीकृत भएपछिको कारोबारदेखि ती शेयर बिक्रीयोग्य हुने हुनाले थपिएको शेयर आजदेखि लगानीकर्ताले बिक्री गर्न मिल्छ ।

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • १२३ पटक पढिएको
  • दुई घण्टामा १ अर्ब ४३ करोड रुपैयाँको मात्रै भयो शेयर किनबेच

    विराटचोकः आज २ घण्टाको अवधिमा १ अर्ब ४३ करोड रुपैयाँको मात्रै शेयर किनबेच भएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से सूचक १५ अंकसम्म तल झरे पनि अहिले भने केही सम्हालिएर ४ अंकले मात्रै नकारात्मक रहेको छ ।नेप्से सूचक २६१८ आसपास रहेर कारोबार भइरहेको बजारमा सबैभन्दा धेरै सोलु हाइड्रोपावरको शेयर किनबेच भएको छ । दोस्रोमा माउण्टेन इनर्जीको उच्च कारोबार भएको छ ।

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १५२ पटक पढिएको
  • २७०० रुपैयाँ घट्यो सुनको मूल्य, चाँदीको १६० रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १६० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ ।आज चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ११८ पटक पढिएको
  • २ वर्षमा ३ लाख जना चढे भेडेटारको स्काइवाक

    भेडेटारः २ वर्षअघिदेखि धनकुटास्थित भेडेटारमा सञ्चालित ‘स्काइवाक’ मा ३ लाख जना चढेका छन् । वन्डर्स अम्युजमेन्ट पाक्र्स एन्ड अट्राक्सन प्रालिले २०८१ साउन ११ गतेदेखि सञ्चालनमा ल्याएको ‘स्काइवाक’मा पहिलो वर्ष १ लाख ७८ हजार र दोस्रो वर्ष १ लाख ३१ हजार पर्यटकले अवलोकन गरेका हुन्।सञ्चालकका अनुसार सो सङ्ख्यामा ३५ प्रतिशत भारतीय पर्यटक रहेका छन् । स्काइवाकसँगै फ्री–फल जम्प र स्विङजस्ता साहसिक गतिविधि पनि सञ्चालनमा रहेका हुनाले आकर्षण बढिरहेको बताइन्छ ।स्काइ साइक्लिङ, जिपलाइन र बालबालिकाका लागि उद्यान निर्माण गर्ने योजना रहेको बताइएको छ ।

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ८७ पटक पढिएको
  • इटहरीका दुई खाद्य उद्योगमा अनुगमन गरी छापा, कैफियत भेटिएपछि गरियो सिल

    इटहरीः अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तुको उत्पादन, भण्डारण र बिक्रीलाई लक्षित गरी गरिएको अनुगमनका क्रममा दुई उद्योगमा कैफियत भेटिएपछि उत्पादन तथा बिक्रीमा रोक लगाइएको छ ।इटहरी उपमहानगरपालिका बजार अनुगमन शाखा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीको संयुक्त टोलीले मङ्गलबार इटहरीका विभिन्न उद्योग, कारखाना तथा पसलमा अनुगमन गर्ने क्रममा ती उद्योगमा त्रुटि भेटिएको जनाइएको छ ।इटहरी–९ मा रहेको खनाल फुड्स प्रोडक्समा नमकिन र फिंगर चिप्स उत्पादनको अनुमति लिएर चिजबल, पोटेटो क्रेकरलगायतका वस्तु अनुमतिविपरीत उत्पादन तथा बिक्री भइरहेको पाइएको थियो । सो उद्योगमा पिठो मुछ्ने मेसिनमा खिया

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १८८ पटक पढिएको
  • १९ अङ्क तल झर्याे शेयर बजार

    इटहरी ।  आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७३ प्रतिशत अर्थात १९.३४ अंकले घटेर २ हजार ६२२.४८ बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४७ स्टकको १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता शेयर ५५ हजार २४६ पटक किनबेच हुँदा ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।कारोबारमा आएकामध्ये व्यापारबाहेक बाँकी सबैमा रातो पोतियो । व्यापार समूह ०.४१ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.४० प्रतिशतले घटेको छ ।आज कृषि विकास बैंक बोण्डको सर्वाधिक ५० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सोलु हाईड्र

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १६६ पटक पढिएको
  • वाणिज्य बैंकमा नबिलको नाफा धेरै, एभरेस्टको लाभांश क्षमता धेरै

    इटहरी । नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०८२\८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । सो विवरण अनुसार यस्तो छ वित्तीय अवस्थाःआम्दानीमा नबिल अगाडि, प्रभु बैंक घाटामाखुद नाफा आर्जनका हिसाबले नबिल बैंक ७ अर्ब ९० करोड नाफासहित शीर्ष स्थानमा रहेको छ । कुमारी बैंक ७ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएर दोस्रो स्थानमा छ । ग्लोबल आइएमई बैंक, एभरेस्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि क्रमशः ६.२२ अर्ब, ५.०६ अर्ब र ४.५५ अर्ब खुद नाफा कमाएका छन् । खराब कर्जा व्यवस्थापन र इम्पेयरमेन्ट चार्जको ठूलो चापका कारण प्रभु बैंक २४ करोड १२ लाख रुपैयाँ घाटाम

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १४१ पटक पढिएको
  • दुई घण्टामा अढाइ अर्ब रुपैयाँको शेयर किनबेच

    इटहरी ।  आज बजार खुलेको ६ मिनेटसम्म हरियाली छाएको शेयर बजारमा त्यसपछि भने निरन्तर रातो पोतिएको छ । कारोबार समयको आधा समय (दुई घण्टा) बित्दा नेप्से परिसूचक १५ अङ्क हाराहारी घटेको छ ।नेप्से सूचक २६२६ आसपास रहेर कारोबार भइरहँदा २ घण्टामा २ अर्ब ५२ करोड रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै कृषि विकास बैंकको बोण्डको ५० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।दुई कम्पनीको शेयरमूल्य १५ प्रतिशत बढेको छ भने खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १९२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल