विराटचोकः आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी ४ हजार ७५५ रुपैयाँ प्रति तोलाका दरले बिक्री भइरहेको महासंघले जनाएको छ ।
इटहरी । सरकारले चालु आर्थिक वर्षदेखि हरेक १५ दिनमा प्रदान गर्न थालेको करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार हिजो घोषणा भएको छ ।आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले पुरस्कार घोषणा गर्नुभएको हो । साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्ये गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३ सय ५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।सो अवधिमा ३ लाख ५७ हजार १ सय ४९ वटा नगद कारोबारका ब
विराटचोकः भदौ महिनाको पहिलो कारोबार दिन आज शेयरबजार मापक नेप्से परिसूचक ०.०८ प्रतिशत अर्थात २.२५ अंकले घटेर २ हजार ६४१.५८ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५० स्टकको १ करोड १९ लाख ३२ हजार ३५ कित्ता शेयर ५६ हजार ८१८ पटक किनबेच हुँदा ५ अर्ब ५२ करोड ५५ लाख ११हजार ८७२ रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा रातो पोतिएको थियो । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् १.३० प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक अर्थात १.१४ प्रतिशतले घटेको छ ।रिलायन्स स्पिनिङको मात्रै १ अर्ब ३८ करोड रुपैयाँको शेयर किनबेचअघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको दिन आज रिला
इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ ।सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ४ हजार ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
इलामः इलामको रोङ गाउँपालिकाले पूँजी बजारमा पहुँच विस्तार गर्ने उद्देश्यले अघि बढाएको ‘मोडल भिलेज’लाई सार्थक बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष विभिन्न माग प्रस्ताव गरेको छ ।पालिकाले अभिभावकविहीन बालबालिका, अपाङ्गता भएका व्याक्ति र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आइपीओमा पाँच प्रतिशत शेयर आरक्षणको माग गर्दै पूँजी बजार शिक्षाको ‘मोडल भिलेज’ बनाउने प्रस्ताव अघि सारेको हो ।धितोपत्र बोर्डसमक्ष लक्षित वर्गका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मा पाँच प्रतिशत आरक्षणका शेयरको व्यवस्था गर्न माग गर्दै शुक्रबार सेबोन अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई गाउँपालिका अध्यक्ष मनीकुमार स्य
इटहरी । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकिङ प्रणालीमा उच्च तरलता कायम रहेका कारण साउनको तुलनामा भदौ महिनामा पनि निक्षेपको औसत ब्याजदर थप घटेको छ ।भदौ महिना व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.१६७५ प्रतिशत बिन्दुबाट ०.०३१५ प्रतिशत बिन्दु घटेर ४.१३६ प्रतिशत बिन्दुमा झरेको छ । संस्थागत निक्षेपको औसत दर पनि ३.११६ प्रतिशत विन्दुबाट घटेर ३.०८१ प्रतिशत बिन्दुमा झरेको छ ।भदौ महिनाका लागि ५ वटा बैंकहरूले ब्याजदर घटाएका छन् । सिद्धार्थ बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.२९ प्रतिशतविन्दु र संस्थागततर्फ ०.२ प्रतिशत बिन्दुले ब्याजदर कटौती गरी नय
इटहरी । महिनाको अन्तिम दिन आज आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।आज सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँ बढेको हो । चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ कायम निर्धारण भएको छ ।
विराटनगरः माघ १ गतेभन्दा अगाडि इँटा उत्पादन नगर्न दिइएको निर्देशन खारेज गर्न माग इँटा उद्योगीले माग गरेका छन् ।सुनसरीको दुहबीस्थित एबि ब्रिक एण्ड टाइल इन्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक भीम घिमिरेले निर्देशन खारेजीको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन दिएको जानकारी दिएका छन् ।घिमिरेले मन्त्रालयका सचिवसमक्ष निवेदन दिँदै माघ १ गतेभन्दा अगाडि इँटा उत्पादन गर्न रोक लगाउने निर्णय तथा विभिन्न निकायबाट जारी निर्देशनले इँटा उद्योगको उत्पादन प्रणाली, लगानी, श्रमिकको रोजगारी, बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निर्माण क्षेत्रमा प्रत्यक्ष असर पारेको उल्लेख गरेका छन् । उनले उद्योग, वा
काठमाडौंः अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित लक्जरी लाइफस्टाइल पत्रिका रोब रिपोर्टले सार्वजनिक गरेको सन् २०२६ को विश्वका ५० उत्कृष्ट विलासी होटलको सूचीमा नेपालको मुस्ताङमा अवस्थित शिन्तामणि मुस्ताङ विश्वकै सर्वोत्कृष्ट होटल बन्न सफल भएको छ ।रोब रिपोर्टका २४ जना विश्वविख्यात पर्यटन विज्ञहरूको टोलीले सेवाको गुणस्तर, भौगोलिक बनावट, व्यवस्थापन र मौलिकताका आधारमा मूल्याङ्कन गरी यो सूची तयार पारेको हो । यस सूचीको पहिलो स्थानमा नेपालको शिन्तामणि मुस्ताङ पर्न सफल भएको छ ।कालीगण्डकी नदीको तट तथा समुद्री सतहबाट करिब २ हजार ८ सय मिटरको उचाइमा अवस्थित नेपालको शिन्तामणि मुस्ताङ रिसोर्टलाई प्रख्यात डिजाइनर ब
इटहरी । आज सुन र चाँदी दुवैको मूल्य घटेको छ ।सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ९० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।