इटहरी । बजेटको पूर्वसन्ध्यामा हिजो शेयरबजार परिसूचक नेप्से ५ अंकले बढेर २७८२.१० बिन्दुमा अडिएको छ ।सो दिन ३५४ कम्पनीका १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर ६० हजार ५६२ पटक कारोबार हुँदा ६ अर्ब ३ करोड ६४ हजार ८४० रुपैयाँको शेयर किनबेच भएको छ ।वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा तथा व्यापार समूहको परिसूचक बढे पनि वित्त, होटल तथा पर्यटन, उत्पादनशील तथा प्रशोधन र अन्य समूहको परिसूचक घटेका थिए ।बढेको बजारमा कालिञ्चोक हाइड्रोपावर, बुङ्गल हाइड्रो तथा क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी
इटहरी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ४१ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर एक सय ७७ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ५४ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर दुई सय पाँच रुपैयाँ ३२ पैसा र बिक्रीदर दुई सय छ रुपैयाँ १२ पैसा तथा स्वीस फ्रांक एकको खरिददर एक सय ९४ रुपैयाँ ३२ र बिक्रीदर एक सय ९५ रुपैयाँ ८ पैसा निर्धारण गरिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर एक सय आठ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय नौ रुपैयाँ ४० पैसा, क
इटहरी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर रु १५२.०८ र बिक्रीदर रु १५२.६८ कायम भएको छ । युरोपियन युरो एकको खरिददर रु १७७.०९ र बिक्रीदर रु १७७.७९ रुपैयाँ निर्धारण भएको छ ।पाउण्ड स्टर्लिङ एकको खरिददर रु २०५.२४ र बिक्रीदर रु २०६.०५ तथा स्वीस फ्राङ्क एकको खरिददर रु १९४.६४, बिक्रीदर रु १९५.४१, अष्ट्रेलियन डलर एकको खरिददर रु १०९.०३ र बिक्रीदर रु १०९.४६, क्यानेडियन डलर एकको खरिददर रु ११०.१० र बिक्रीदर रु ११०.५४, सिङ्गापुर डलर एकको खरिददर रु ११९.०६ र बिक्रीदर रु ११९.५३ कायम गरिएको छ ।जापानी येन १० को ख
इटहरी । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको १० महिनामा घरजग्गा कारोबारबाट ४३ अर्ब ५४ करोड रुपैयाँ राजस्व दाखिला भएको छ ।वैशाख महिनामा मात्रै ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन चालु आर्थिक वर्षको सबैभन्दा बढी रकम हो । चैत महिनामा ६ अर्ब १६ करोड रुपैयाँ राजस्व उठेको थियो ।चैतमा १ लाख ७६ हजार ७७१ पटक घरजग्गा कारोबार भएको थियो भने बैशाखमा १ लाख ६९ हजार ५३८ वटा कारोबार भएका थिए ।बैशाख महिनामा सबैभन्दा धेरै राजस्व सङ्कलन गर्नेमा काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरू अग्रपंक्तिमा देखिएका छन् ।बैशाखमा सङ्कलित राजस्वमध्ये रजि
इटहरी । आज नेप्से ०.३३ प्रतिशत अर्थात ९.२४ अंकले घटेर २७७७.१० अंकमा अडिएको छ । आज ३४२ कम्पनीको १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता शेयर ५२ हजार ७५१ पटक किनबेच हुँदा ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० रुपैयाँको शेयर कारोबार भएको छ ।१३ वटा समूहमध्ये आज सामुहिक लगानी कोष समूह र निर्जीवन बीमा समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.२५ र ०.३५ प्रतिशतले बढ्दा आज लघुवित्त समूह सर्वाधिक अर्थात् ०.५६ प्रतिशतले घटेको छ ।आज आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक अर्थात् ४६ करोड ७२ लाख ६३ हजार ९२५ रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर, साहस उर्जा, ङादी ग्रुप र अपि पावर उच्च कारोबार गर्ने कम्पनीमा प
इटहरी । आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।त्यस्तै, आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।
इटहरी । हिजो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १ प्रतिशत अर्थात २७.८५ अंकले बढेर २७८६.३५ बिन्दुमा अडिएको छ । शुक्रबार नेप्से परिसूचक १६ अंकले बढेको थियो ।नेप्सेमा सूचीकृत ३४२ कम्पनीको १ करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर ७५ हजार ८५६ पटक किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० रुपैयाँको शेयर कारोबार भएको छ ।सामुहिक लगानी कोष समूह ०.२० प्रतिशतले घटेबाहेक बाँकी सबै समूहको सूचक बढ्दा जलविद्यतु समूह सर्वाधिक अर्थात् १.५० प्रतिशतले बढेको छ ।सूचक बढेको बजारमा आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ६० करोड २० लाख १४ हजार ४०४ रुपैयाँको कारोबार भएको छ । आँखु खोलाको १४ लाख ५
इटहरी । आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १ सय ४० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
इटहरी । आज बजार खुलेदेखि नै निरन्तर सूचक उकालो लागेको छ । बजार खुलेको दुई घण्टामा १.०२ प्रतिशत अर्थात् २८.३७ अंक बढेर नेप्से सूचकले २७८७ बिन्दु छुने प्रयास गरेको छ ।बढेको बजारमा झण्डै ३ अर्ब रुपैयाँ अर्थात् २ अर्ब ९५ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक ३६ करोड ६७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।सुपर खुदी हाइड्रोपावरको सर्वाधिक ७ प्रतिशत शेयरमूल्य बढेको छ । बुङ्गल हाइड्रोपावरको सर्वाधिक अर्थात् साढे ६ प्रतिशतभन्दा बढी मूल्य घटेको छ ।
विराटचोकः युवालाई आत्मनिर्भर तथा उद्यमशील बनाउने उद्देश्यसहित सुन्दरहरैंचा उद्योग वाणिज्य संघले सुन्दरहरैंचाका युवाका लागि निःशुल्क “युवा उद्यमशीलता विकास तालिम कार्यक्रम” सञ्चालन गर्ने भएको छ ।हालसम्म कुनै पनि व्यवसाय नगरेका तर व्यावसायिक सोच भएका युवालाई लक्षित गरेर तालिम दिन लागेको संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो । सीप सिकेर स्वरोजगार बन्न चाहने युवाका लागि ३० दिनसम्म तालिम दिइने आयोजकले जनाएको छ । आयोजकका अनुसार तालिम सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सचिवालयमा दैनिक २ घण्टा सञ्चालन हुनेछ ।सो तालिममा १८ देखि ४० वर्ष उमेर समूहका व्यवसाय गर्न इच्छुक ५० जना युवालाई सहभागी गराइने संघले