आर्थिक

    Showing ११-२० of १,१६९ items.
  • नेपालीरिका होटलको छैटौँ वार्षिकोत्सवमा असोजभर विशेष उत्सव हुने

    विराटचोकः नेपालीरिका होटलले असोजभर विशेष उत्सव आयोजना गर्ने भएको छ ।आतिथ्यता, स्वाद र आत्मीय सेवाका लागि परिचित सो होटलले आफ्नो स्थापनाको छैटौँ वार्षिकोत्सवको अवसरमा झापाको दमक–६ भृकुटी चोक तथा मोरङको सुन्दरहरैँचा–९ विराटचोकबाट विशेष आवास तथा खानपानका आकर्षक प्याकेज सार्वजनिक गरेको हो ।वार्षिकोत्सव अवसरमा असोजभर विशेष आवास प्याकेज, खानाका विशेष परिकार, कम्बो प्लेटर्स तथा पेय पदार्थका आकर्षक प्याकेज उपलब्ध हुने होटलका प्रबन्ध निर्देशक आकाश दुलालले जानकारी दिनुभयो ।विशेष बार्बेक्यु तथा विविध परिकारका लाइभ फुड स्टेसन सञ्चालन गरिने होटलले जनाएको छ । परिवार, साथीभाइ, सहकर्मी तथा प्रियजनसँग भेटघाट र

    • प्रकाशित मितिः असोज ४, २०८३
    • ४१ पटक पढिएको
  • साताभरमा२ हजार १०० रुपैयाँ बढ्यो सुनको मूल्य

    इटहरी । गत साताभरमा नेपाली बजारमा सुनको मूल्य २ हजार १०० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघको साप्ताहिक कारोबार तालिकाअनुसार भदौ २७ गते शनिबार नेपाली बजारमा ३ लाख १ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य एक हप्तापछि अर्थात असोज २ गते शुक्रबारसम्म आइपुग्दा प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।महासंघका अनुसार भदौ २८ गते आइतबार सुनको मूल्य १२०० रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।भदौ २९ गते सोमबार भने १२०० रुपैयाँले नै घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँमै झरेको थियो ।भदौ ३० गते मंगलबार प्रतितोला ९०० रुपैयाँले घटेर स

    • प्रकाशित मितिः असोज ४, २०८३
    • ४५ पटक पढिएको
  • मोरङ व्यापार संघको अध्यक्षमा अनिलकुमार साह

    विराटनगरः नेपालको पुरानो व्यापारिक संस्था मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित हुनुभएको छ ।संघको ३५ औँ कार्यसमितिको अध्यक्षमा साह निर्विरोध निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्य उपाध्यक्षमा विकासकुमार बेगवानी, उद्योग उपाध्यक्षमा सञ्जयकुमार श्रेष्ठ र महासचिवमा अमितकुमार सारडा चयन हुनुभएको छ ।सचिवमा अमित राठी र दिपेश सुवेदी, कोषाध्यक्षमा विनित संघानिया र सहकोषाध्यक्षमा मनिष मारु निर्वाचित हुनुभएको छ ।त्यस्तै, प्रवक्ताको जिम्मेवारी सुशील सुरानाले पाउनुभएको छ ।कार्यसमिति सदस्यमा राजेशकुमार अग्रवाल, विवेक अग्रवाल, अन्वीत घिमिरे, पवन राठी, देवाशिस गो

    • प्रकाशित मितिः असोज ३, २०८३
    • ५२ पटक पढिएको
  • झण्डै २३ अंक बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि

    इटहरी ।  साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ बिन्दुमा अडिएको छ ।कारोबार रकम पनि बढेको छ । बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता शेयर ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार ६०७ रुपैयाँको किनबेच भएको हो ।बढेको बजारमा स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक अर्थात् १३.६६ प्रतिशत बढेको छ । हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य आज सर्वाधिक अर्थात् १५ प्रतिशत घटेको छ ।कारोबार रकमका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३२ करोड १३ लाख ८१ हजार २५ रुपैयाँको शेयर

    • प्रकाशित मितिः असोज २, २०८३
    • २१६ पटक पढिएको
  • नेप्सेमा १ लाख ११ हजार कित्ता बोनस सेयर सूचीकृत

    इटहरी । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।  कम्पनीको १४.२५ प्रतिशत दरको कुल १ लाख ११ हजार ६३९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  योसँगै अब संस्थाको सूचीकृत सेयर संख्या ८ लाख ९५ हजार ७२ कित्ता पुगेको हो । 

    • प्रकाशित मितिः असोज २, २०८३
    • २१३ पटक पढिएको
  • नेप्सेमा सुधार, कारोबार रकम पनि वृद्धि

    इटहरी । आज नेपाली शेयर बजार सूचक नेप्से (नेपाल स्टक एक्सचेञ्ज) दोहोरो अंक (११.९३ अंक) ले बढेर २६२४.३६ विन्दुमा अडिएको छ । सूचक बढेको बजारमा कारोबार रकम पनि बढेको छ ।नेप्सेमा सूचीकृत ३३९ कम्पनीको १ करोड ३६ लाख १० हजार ४९६ कित्ता शेयर ५१ हजार ७२८ पटक किनबेच हुँदा ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार ६४३ रुपैयाँको शेयर कारोबार भएको छ ।सूचक बढेको बजारमा ११ समूहमा हरियाली छाएको छ भने २ समूहमा रातो रङ पोतिएको छ । सर्वाधिक बढ्नेमा जीवन बीमा समूह रहेको छ । यो समूह आज १.०८ प्रतिशतले बढेको छ ।लगानी समूह ०.१८ प्रतिशत र अन्य समूह ०.०४ प्रतिशतले घटेका छन् ।आज सर्वाधिक कमाउने कम्पनीमा धौलागिरी लघुवित्त रहेको

    • प्रकाशित मितिः असोज १, २०८३
    • ७१ पटक पढिएको
  • सुनको भाउ २३०० रुपैयाँ घट्यो, चाँदीको ६० रुपैयाँ

    इटहरी । आज सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँ घटेको छ । चाँदीको भाउ प्रति तोला ६० रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँ तोकिएको छ ।चाँदीको मूल्य आज प्रतितोला ४ हजार ६२५ रुपैयाँ तोकिएको छ ।

    • प्रकाशित मितिः असोज १, २०८३
    • ७६ पटक पढिएको
  • भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा आज घोषणा हुने

    इटहरी । चालु आर्थिक वर्षदेखि सरकारले प्रारम्भ गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा आज घोषणा गरिने तयारी सरकारले गरेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भदौ १६ गते हुने कार्यक्रम पनि स्थगित भएको थियो ।करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो ।पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिनको एक जनाका दरले १५ जनालाई एक लाख ३३ हजार ३३४ रुपैयाँका दरले विजेता छनोट गरिनेछ ।यस्तै, भदौ १ देखि १५ सम्म कारोबारमा स

    • प्रकाशित मितिः असोज १, २०८३
    • ४७ पटक पढिएको
  • असोज महिनामा पनि घट्यो बैंकको ब्याजदर

    इटहरी ।  वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् ।बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको कमजोर मागबीच बैंकहरुले असोज महिनाका लागि औसत ब्याजदर थप घटाएका हुन् ।असोज महिनाका लागि बैंकहरुको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशतविन्दुमा झरेको छ । भदौमा बैंकहरुको औसत ब्याजदर ४.१३६ प्रतिशतविबन्दु थियो ।संस्थागत निक्षेपको औसत दर पनि ३.०८१ प्रतिशतविन्दुबाट ३.०६६५ प्रतिशतविन्दुमा घटाइएको छ ।

    • प्रकाशित मितिः असोज १, २०८३
    • ७१ पटक पढिएको
  • नेप्सेमा गिरावट, सबै समूह राताम्य

    इटहरी ।  पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको नेप्से आज भने दोहोरो अंकले घट्दा सबै सूचक राताम्य भएका छन् ।आज नेप्से परिसूचक २१.१९ अंक घटेर २६१२.४२ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ३५० स्टकको ५५ हजार ८३१ पटकको कारोबारमा ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँको १ करोड ५१ लाख १ हजार ५४३ कित्ता शेयर किनबेच भएको छ ।घटेको बजारमा नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशत बढेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ । कारोबारमा आएको एनएमबी हाइब्रिड फण्

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ४८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल