आर्थिक

    Showing ३६१-३७० of १,०५४ items.
  • दुई घण्टामा साढे ४ अर्ब रुपैयाँको शेयर कारोबार

    इटहरी ।  बिक्री दबाबमा रहेको शेयर बजारमा आज दुई घण्टामा ४ अर्ब ५० करोड ८१ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । बजार खुलेदेखि नै राताम्य रहेको बजार दिउँसो १ बजेसम्ममा ३६ दशमलव ८३ अङ्क घटेको छ ।हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल पुनर्बीमा कम्पनीको रुपैयाँको शेयर किनबेच भएको छ । कुमारी बैंक, आँखु खोला जलविद्युत कम्पनी र रिडी पावर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।बजार घटे पनि ६ ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।नेप्से परिसूचक लगभग ३७ अङ्क घटेर २८१४ आसपासमा शेयर किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः चैत १८, २०८२
    • १९९ पटक पढिएको
  • तोलामा ७ हजार ४ सय रुपैयाँ बढ्यो सुनको भाउ चाँदीको १०० रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकिएको छ ।चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १८, २०८२
    • १७७ पटक पढिएको
  • अमेरिकी डलरको भाउ स्थिर, अष्ट्रेलियन डलरको बढ्यो दाम

    इटहरी । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार अष्ट्रेलियन डलरको भाउ बढेको छ भने युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ र स्वीस फ्रयांकको भाउ भने केही घटेको छ ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ६ पैसा र बिक्रीदर २०० रुपैयाँ ८५ पैसा छ ।स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा, अष्ट्रेलियन डलर एकको ख

    • प्रकाशित मितिः चैत १८, २०८२
    • १६४ पटक पढिएको
  • हवाइ इन्धनको मूल्य झण्डै दोब्बरले वृद्धि

    विराटचोकः नेपाल आयल निगमले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पछिल्लो १५ दिनमै निगमको घाटा करिब १३ अर्ब रुपैयाँ नाघ्ने अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढ्दा पनि स्वचालित मूल्य प्रणालीअनुसार उपभोक्ता मूल्य समायोजन गर्न नसक्दा निगमको घाटा ह्वात्तै बढेको हो ।निगमका अनुसार भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको लागत उल्लेखनीय रूपमा बढेको छ । तर, उपभोक्तालाई प्रत्यक्ष भार नपरोस् भन्ने उद्देश्यले खुद्रा मूल्यमा समायोजन नगर्दा निगमले ठूलो आर्थिक भार वहन गर्नुपरेको जनाएको छ । पेट्रोलमा ४१ रुपैयाँ र डिजे

    • प्रकाशित मितिः चैत १८, २०८२
    • १३३ पटक पढिएको
  • बैशाख २ गतेदेखि ब्रोकरहरूले मार्जिन कारोबार सुविधा दिने

    काठमाडौंः शेयर ब्रोकरहरुले लगानीकर्ताहरुलाई आगामी बैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् । ब्रोकरहरुको छाता सङ्गठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो घोषणा गरेको हो ।‘नेपाल धितोपत्र बोर्डले जारी गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका २०८२ को निर्देशनअनुसार तथा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जारी गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया २०८२ अनुसार धितोपत्र दलाल व्यवसायीहरुले पनि आफ्नो कार्यप्रक्रिया बनाउनुपर्ने थियो ।’ विज्ञप्तिमा भनिएको छः’ ‘सोहीअनुसार उक्त कार्यप्रक्रिया धितोपत्र दलाल व्यवसायीहरु

    • प्रकाशित मितिः चैत १८, २०८२
    • २०१ पटक पढिएको
  • दुई दिनमा ११८ अङ्क घटेको बजार आज फर्कियो झण्डै २० अङ्क

    इटहरी ।  दुई दिन उच्च अङ्कले घटेको शेयर बजार मापक नेप्से परिसूचक आन १९.७० अङ्कले बढेर २८५१.०९ बिन्दुमा उक्लिएको छ । आइतबार ७१ अङ्क र सोमबार ४७ अङ्कले बजार झरेको थियो ।आजको शेयर बजारमा ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर १ लाख ३७ हजार ८५७ पटक किनबेच हुँदा ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँको शेयर कारोबार भएको छ ।आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.९४ प्रतिशतले बढेको छ । फाइनान्स समूह १.१२ प्रतिशत, होटल तथा पर्यटन समूह १ प्रतिशत, हाइड्रोपावर समूह ०.७५ प्रतिशत, लगानी समूह ०.५६ प्रतिशत, जीवन बीमा समूह ०.५२ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.५१ प्रतिशत, निर्जीवन बीम

    • प्रकाशित मितिः चैत १७, २०८२
    • ११८ पटक पढिएको
  • विराटनगरमा घर निर्माण प्रदर्शनी भव्य रूपमा सम्पन्न

    बिराटनगर  । उद्योग संगठन मोरङको आयोजनामा चैत १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको घर निर्माण प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ। सोमबार आयोजित समापन समारोहमार्फत प्रदर्शनीको औपचारिक समापन गरिएको हो।प्रदर्शनीमा सहभागी ८१ वटा स्टलमध्ये उत्कृष्ट प्रदर्शन गर्ने पाँच स्टललाई विभिन्न विधामा पुरस्कृत गरिएको छ। उदयीमान तथा सम्भावनायुक्त नयाँ व्यवसायतर्फ हनुमन्ता एस प्रा.लि., उत्कृष्ट स्टल डिजाइन तथा सजावटतर्फ मार्वेल टेक्नोप्लास्ट प्रा.लि., नवीन तथा अन्तरक्रियात्मक उत्पादन प्रस्तुतीतर्फ विन्डुर सोलुसन, दर्शकसँग उत्कृष्ट संलग्नताका लागि सिटी मार्वेल्स तथा दिगो अभ्यास तथा स्थानीय मूल्य अभिवृद्धिक

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १७९ पटक पढिएको
  • अमेरिकी डलरको भाउ ३ पैसा बढ्यो, युरोको घट्यो २३ पैसा

    इटहरी ।  आज अमेरिकी डलरको मूल्य बढेको छ । युरो, स्टर्लिङलगायतको मूल्य घटेको छ । अमेरिकी डलरको मूल्य ३ पैसा बढ्दा युरोको २३ पैसा र स्टर्लिङको भाउ २४ पैसा घटेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ५२ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३२ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९० रुपैयाँ २३ पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ८७ पैसा र बिक्रीद

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १५० पटक पढिएको
  • दुई दिनमै ११८ अङ्क घट्यो शेयर बजार

    इटहरी ।  नयाँ सरकार गठन भएपछि खुलेका दुई दिनमा शेयर बजार ११८ अङ्कले घटेको छ । आइतबार ७१ दशमलव ०५ अङ्क घटेको बजार हिजो सोमबार ४७ दशमलव ७१ अङ्कले घटेर २८३१ दशमलव ३९ बिन्दुमा अडिएको छ ।हिजो ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर १ लाख ५९ हजार ३२८ पटक किनबेच हुँदा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँको कारोबार भएको छ ।सबै समूहमा गिरावट आएको नेप्सेमा सबैभन्दा धेरै व्यापार समूह २ दशमलव ५६ प्रतिशतले घटेको छ । सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूह ० दशमलव २१ प्रतिशत घटेको छ ।६ कम्पनीको शेयरमूल्य बढ्यो १० प्रतिशतबजार घटे पनि ७ कम्पनीमा लगानी गरेका शेयरधनीले बनाए १० प्रतिशतका द

    • प्रकाशित मितिः चैत १७, २०८२
    • ११२ पटक पढिएको
  • बिहीबारदेखि मकर जितुमाया सुरी हाइड्रोपावरको ६० लाख ३० हजार कित्ता शेयरको लक इन अवधि सकिने

    इटहरी ।  मकर जितुमाया सुरी हाइड्रोपावरको ६० लाख ३० हजार ६२८ कित्ता शेयरको लक इन अवधि चैत १९ गते सकिने भएको छ ।सो कम्पनीको जम्मा शेयर सङ्ख्यामा संस्थापक शेयर सङ्ख्या ५३ लाख २० हजार कित्ता, कर्मचारीहरूको शेयर सङ्ख्या ३२ हजार २८ कित्ता र स्थानीयहरूको शेयर सङ्ख्या ६ लाख ७८ हजार ६०० कित्ता रहेको छ ।सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने यो नियमअनुसार शेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १७, २०८२
    • ११३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल