इटहरीः इटहरीको पहिलो डायमण्ड सर्टिफाइड शोरुमका रूपमा परिचित ओम साई डायमण्डको नयाँ शोरुम आज भदौ १९ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ ।नयाँ शोरुमको उद्घाटनको अवसरमा ग्राहकलाई लक्षित गर्दै उद्घाटन अवधिभर डायमण्डका गहनामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सञ्चालक ओम लामिछानेले जानकारी दिनुभएको छ ।तीज तथा आगामी चाडपर्वलाई मध्यनजर गर्दै सुनका गहनामा पनि विशेष छुटको व्यवस्था गरिएको जनाइएको छ । ग्राहकले विभिन्न डिजाइनका आकर्षक गहनाहरू विशेष छुटमा खरिद गर्न सक्ने जनाइएको छ ।इटहरीमा लामो समयदेखि सुनचाँदी तथा गहनाको व्यवसाय गर्दै आएको न्यु ओम साई गहना गृहले ग्राहकको विश्वास र साथलाई निरन्तरत
इटहरी । लगातार तेस्रो दिन आज पनि नेपाली शेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.१८ प्रतिशत अर्थात् ४.६६ अंकले बढेर २ हजार ५४२.७७ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४६ स्टकको १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता शेयर ४० हजार ६९२ पटक किनबेच हुँदा ३ अर्ब ४६ करोड ५२ लाख १ हजार ४२ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो २ अर्ब ९४ करोड रुपैयाँको शेयर किनबेच भएको थियो भने अस्ति २ अर्ब ९० करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।आज कारोबारमा आएका १३ वटा समूहमध्ये चारवटा बाहेक अन्य सबैमा हरियाली छाएको छ । आज लगानी समूह सर्वाधिक अर्थात १.२६ प्रतिशतले बढ्दा व्यापाार समूह १.०९ प्र
इटहरी । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।आज सुनको भाउ तोलामा ७ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलाको १४५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
इटहरी । दुई दिन लगातार बढेको शेयर बजारमा आज बजार खुलेदेखि नै बिक्री चाप देखिएको छ । जसका कारण दुई घण्टाको अवधिमा सूचक सामान्य रातो रहेर कारोबार भइरहेको छ ।यो दुई घण्टाको अवधिमा बजार ३ अंक हाराहारी घटेर २५३४ को आसपासमा रहेकर कारोबार भइरहेको छ । १ अर्ब ३९ करोड रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्सको शेयरको कारोबार भएको छ ।विन नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.८२ प्रतिशत बढेको छ । आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ८.७९ प्रतिशत घटेको छ ।
इटहरी । आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.६१ प्रतिशत अर्थात १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५४ स्टकको ७२ लाख ६८ हजार २०२ कित्ता शेयर ३९ हजार ६७३ पटक किनबेच हुँदा २ अर्ब ९४ करोड २७ लाख ८१ हजार ८२६ रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबैमा हरियाली छाएको छ । आज जलविद्युत समूह सर्वाधिक अर्थात ०.९५ प्रतिशतले बढेको छ ।सामुहिक लगानी कोष र निर्जीवन बीमा समूह मात्रै क्रमशः ०.०९ र ०.०७ प्रतिशतले घटेका छन् ।सूचक बढेको बजारमा आज सानिमा मिडिल तमोरको सर्वाधिक १४ करोड १७ लाख ८५ हजार ९५४ रुपैयाँको शेयर किनब
काठमाडौंः सरकारले काठमाडौ उपत्यकामा घरायसी उपभोक्तालाई एलपी ग्यासको आपूर्ति सहज बनाउन व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा तत्काल रोक लगाएको छ ।नेपाल आयल निगमको निर्णयसँगै अब उपत्यकाका होटल, रेस्टुरेन्ट, उद्योग तथा अन्य व्यावसायिक प्रतिष्ठानले डिपो वा बिक्रेतामार्फत ग्यास खरिद गर्न पाउने छैनन् । उनीहरूले उपत्यकाबाहिरका ग्यास उद्योगबाट आवश्यक परिमाणमा ग्यास आफैं ढुवानी गरी ल्याउनुपर्ने भएको छ ।घरायसी उपभोक्ताका लागि बजारमा ग्यासको उपलब्धता सुनिश्चित गर्न व्यावसायिक क्षेत्रको खपतलाई छुट्टै व्यवस्थापन गर्ने नीति लिइएको निगमले जनाएको छ ।यो व्यवस्थाले उपत्यकाको ग्यास वितरण प्रणालीमा घरायसी र व्
इटहरी । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । आज सुन प्रतितोला ८ हजार ८०० रुपैयाँ र चाँदी तोलामा १८५ रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।आज चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
इटहरी । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले सर्वसाधारणका लागि इन्धनको बिक्री मूल्य नबढाउने निर्णय गरेको छ ।भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको हो ।भारतबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ३.३४, डिजेलमा ४.३३, मट्टितेलमा १०.१९, हवाई इन्धनमा ४.९६ र एलपी ग्यासमा प्रति सिलिन्डर ३५.६२ रुपैयाँ मूल्य वृद्धि भएर आएको निगमले जनाएको छ ।बिक्री मूल्य नबढाउँदा निगमलाई आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ
इटहरी । लगातार ६ दिन घटेको शेयर बजार आज भने सवा ९ अंकले बढेको छ । नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ९.२४ अंकले बढेर २ हजार ५२२.६६ विन्दुमा पुगेको छ ।सूचक बढे पनि कारोबार रकम भने घटेको छ । नेप्सेमा सूचीकृत ३४१ स्टकको ७६ लाख १३ हजार ६८१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९० करोड ६९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटा समूहमध्ये जलविद्युत समूह सर्वाधिक अर्थात १.०१ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह मात्रै घटेको छ । सो समूहको सूचक १ प्रतिशतले घटेको हो ।आज सोलु हाईड्रोको सर्वाधिक १३ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच हुँदा माथिल्लो मैलुङ खोला जलविद्युतको शेयरमूल
इटहरी । भोटेकोशी बाढीपछि लगातार घटिरहेको शेयर बजारमा आज दुई घण्टाको अवधिमा झण्डै डेढ अर्ब रुपैयाँको शेयर किनबेच भएको छ । बजार पनि साढे १३ अंक बढेको छ ।२५२६ को आसपासमा रहेर कारोबार भइरहेको बजारमा सबैभन्दा धेरै आँखुखोला जलविद्युत आयोजनाको ७ करोड ९ लाख ७० हजार रुपैयाँको शेयर किनबेच भएको छ । सोलु हाइड्रो, शिवम् सिमेण्ट्स, चिलिमे हाइड्रोपावर र रिडी हाइड्रोपावर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।लक्ष्मी लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् ८ प्रतिशत बढेको छ भने सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक पौने ७ प्रतिशतले झरेको छ ।