काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ।दाङको घोराही उपमहानगरपालिका १७ घर भई हाल उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका ३ घर भएका १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेका थिए।घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । टाउको र घाँटीमा चोट लागेका उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा उपचार भइरहेकोमा उपचारकै क्रममा अस्पतालका चिकित्सकले मृत घो
इटहरी । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा सर्वाधिक अर्थात् १०७.२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, ताप्लेजुङको तापेथोकमा १०३.४ मिलिमिटर वर्षा भएको छ ।विभागका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने अनुमान गरिएको छ ।मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भ
काठमाडौंः कलाकार सीताराम कट्टेल (धुर्मुस) अमेरिका फर्किएका छन् । उनले नेपाल बसाइको दुई महिनामा अथक प्रयास गर्दा पनि चितवनकोे रंगशालालाई विनियोजित बजेट फ्रिज पारिएको तर ऋणमुक्त हुन नसकिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखदै उनले आशा भने जीवितै रहेको बताएका छन् ।‘यो पटक त शतप्रतिशत न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ,’ उनले लेखेका छन्, ‘दुई महिना अथक प्रयास गरेँ, राज्यका ढोका–ढोका पुगेँ, न्यायको आशामा राज्यलाई गुहारेँ, तर न राज्यले आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने
इटहरीः भदौ ७ गतेदेखि सुनसरी जिल्लाका युवालाई उद्यमशीलतासम्बन्धी ज्ञान, सीप र व्यावहारिक क्षमता प्रदान गर्ने उद्देश्यले ‘जेनबिज सुनसरी युवा उद्यमशीलता बुटक्याम्प शृङ्खला’ सञ्चालन हुने भएको छ ।ग्लोबल युथ मोबिलाइजेसन अन्तर्गतको युवा सशक्तीकरण कोषको साझेदारीमा लक्ष्यदीपको आयोजनामा युरोपेली संघको आर्थिक सहयोगमा सञ्चालन हुने कार्यक्रममा सुनसरीका १२ वटै स्थानीय तहका ६० जना युवा सहभागी हुने बताइएको छ ।१२ कक्षा र स्नातक तह अध्ययन गर्दै गरेका विद्याथीका लागि १० सातासम्म प्रत्येक शनिबार इटहरीमा प्रत्यक्ष कक्षा सञ्चालन गरिने जनाइएको छ ।कार्यक्रमको अभिमुखीकरण भदौ ६ गते हुने र पहिलो प्रशिक्षण कक्षा भदौ ७ गत
इटहरीः सङ्गीतकार संघ नेपालले इटहरीका सङ्गीत साधक तथा सङ्गीत अभियानकर्मी राजु केसीलाई ‘सङ्गीतकार विशेष सम्मान–२०८३’ प्रदान गरेको छ ।संघको कार्यालयमा प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले केसीको योगदानको कदर गर्दै सम्मान–पत्रसहित सम्मान गर्नुभएको थियो ।सचेतक परियारले नेपाली सङ्गीतका साधक तथा स्रष्टाको अधिकार, हकहित र राज्यबाट पाउनुपर्ने उचित सम्मान सुनिश्चित गर्न आवश्यक ऐन, कानुन तथा नीतिगत व्यवस्थाका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।उहाँले नेपाली कला, सङ्गीत र संस्कृतिको संरक्षण, प्रवद्र्धक तथा सर्जकका सिर्जनाको अभिले
सलकपुरः निवृत्त राष्ट्रसेवक समाज, नेपाल सुन्दरहरैंचा नगरसमितिको छैटौँ नगर अधिवेशनमा ‘सेवानिवृत्तहरूको संगालो’ पुस्तक सार्वजनिक गरिएको छ ।बुधबार आयोजित कार्यक्रममा प्राध्यापक, शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, न्यायसेवा तथा विभिन्न संघसंस्थाबाट सेवानिवृत्त राष्ट्रसेवकहरूको सहभागिता रहेको थियो ।सो साधारणसभामा संस्थाका अध्यक्ष उमाकान्त चौलागाईंले नगर कार्यसमितिले आफ्नो कार्यकालमा गरेका विभिन्न गतिविधि तथा प्रगति विवरण प्रस्तुत गर्दै निवृत्त राष्ट्रसेवकहरूको ज्ञान, सीप र अनुभवलाई समाज तथा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।सो पुस्तकमा सुन्दरहरैंचा क्षेत्रका
इटहरीः संस्थाको विधान र सिद्धान्त विपरीत कार्य गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले देशका ७ वटै प्रदेश र सुनसरीसहित १५ वटा जिल्ला समितिलाई स्पष्टीकरण सोधेको छ ।केन्द्रीय तदर्थ समितिको भदौ १ गते बसेको ३५६ औँ बैठकको निर्णयानुसार ती समितिहरूलाई चित्तबुझ्दो जवाफ पेश गर्न ३ दिनको अल्टिमेटम दिइएको छ । महामन्त्री ऋषिरमण खनालले संस्थाको बेथिति अन्त्य गर्दै शुद्धीकरण बनाउँदै लैजाने म्याण्डेट अनुरूप यो कदम चालिएको बताउनुभएको छ ।विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूमा आबद्ध भई रेडक्रसका आधारभूत सिद्धान्तको उल्लंघन गरेको, संस्थाका सवारी साधन, आर्थिक कोष र भौतिक स्रोतहरूको व्यक्तिगत
इनरुवाः सुनसरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले देवानगञ्ज गोलीकाण्डसँग जोडेर आफूलाई कारबाही सिफारिश गरिएको भन्दै भइरहेको प्रचारप्रति आपत्ति जनाएका छन् ।थापाले आधिकारिक प्रतिवेदन सार्वजनिक नभइसकेको अवस्थामा आफ्नो नाम जोडेर भ्रमपूर्ण प्रचार गरिएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै थापाले आफू अपराधी नभएको र घटनामा संलग्न दोषीलाई कानुनी कठघरामा उभ्याउन आफू लागिपरेको बताएका छन् ।थापाले आफूविरुद्ध भइरहेको प्रचारलाई झुटो, आधारहीन र योजनाबद्ध भन्दै सुनसरी–४ का सांसद दीपक शाह र उनको सचिवालयसँग सम्बद्ध केही कर्मचारीले सरकारी प्रतिवेदनको नाम दुरुपयोग गरी आफ्नो न
इटहरी । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु) को ९१ वर्षको उमेरमा आइतबार राति आफ्नै निवास बुढानीकण्ठमा निधन भएको छ ।उहाँको शव श्रद्धाञ्जलीका लागि मंगलबार नेपाल भाषा मंकाः खलः मा राखिएको थियो । उहाँका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ ।वि.सं. १९९२ साउनमा जन्मनुभएका उहाँले लामो समय क्षेत्रपाटीस्थित कन्या मन्दिर विद्यालयमा अध्यापन गर्नुभएको थियो । कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो ।२०६० सालमा नेपाल भाषा परिषदद्वारा ‘जनकवि’ को उपाधि हासिल गर्नुभएका उहाँ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद् हुनुहुन्थ्यो ।स
इटहरी । आज नेपालमा राष्ट्रिय सूचना दिवस मनाइँदैछ । वि.सं. २०६४ भदौ ३ गते सूचनाको हकसम्बन्धी ऐन, २०६४ लागू भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।नागरिकलाई आफ्नो सूचनाको हकबारे जानकारी गराउने र सार्वजनिक निकायबाट सूचना प्राप्त गर्ने अधिकारप्रति सचेत बनाउने उद्देश्यले राष्ट्रिय सूचना दिवस मनाइन्छ ।नेपालको संविधान २०७२ को धारा २७ ले प्रत्येक नागरिकलाई सूचनाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । यसले नागरिकलाई सार्वजनिक सरोकार तथा सार्वजनिक निकायसँग सम्बन्धित सूचना माग्ने र प्राप्त गर्ने अधिकार प्रदान गरेको छ ।राष्ट्रिय सूचना आयोगको नेतृत्वमा हरेक वर्ष राष्ट्रिय सूचना दिवसका अवस