समाचार

    Showing २१-३० of ५,९९४ items.
  • अन्तरा म्युजिक सेन्टरको साङ्गीतिक कार्यक्रम भव्य, अतिथि दर्शकले गरे तारिफ

    बलियाः सुन्दरहरैंचा–४ बलियामा रहेको अन्तरा म्युजिक सेन्टरले प्रथम वार्षिकोत्सवको अवसरमा आइतबार भव्य रूपमा साङ्गीतिक कार्यक्रम गरेको छ ।सुन्दरहरैंचा–४ बलियास्थित ज्येष्ठ नागरिक समाजको सभाहलमा भएको कार्यक्रममा सो म्युजिक सेन्टरमा प्रशिक्षण लिएका प्रशिक्षार्थीले आफ्नो साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।सो सेन्टरकी सञ्चालक भूमा अधिकारीको उद्घोषणमा भएको कार्यक्रममा सञ्चालकद्वय शर्मिला सिग्देल र अधिकारीका साथै सो सेन्टरका प्रशिक्षार्थीको वाद्यवादनमा भएको साङ्गीतिक कार्यक्रमको उपस्थित सबैले प्रशंसा गर्नुभएको थियो ।कार्यक्रममा आरम्भ गुरागाईँ, अभिस सुवेदी, एल्सन कोइराला, रचित घिमिरे, रोशिका कालाखे

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ३९ पटक पढिएको
  • सुन्दरहरैंचामा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघको जिल्ला र नगर समितिको भवन शिलान्यास

    बेलगाछीः नेपाल रास्ट्रिय भूतपूर्व सैनिक संघको मोरङ जिल्ला तथा सुन्दरहरैंचा नगर समितिको भवनको आज सुन्दरहरैंचा–७ बेलगाछीमा शिलान्यास गरिएको छ ।भवनको शिलान्यास सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ, शिवदल गणका गणपति प्रमुख सेनानी अनिल बस्नेत, जग्गादाता तेजप्रसाद सिटौलालगायतले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । शिलान्यास समारोहमा पञ्चेबाजा बजाउनुका साथै वेदका मन्त्रहरूको उच्चारण गरिएको थियो ।शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले विपद्को समयमा सेनाले गर्ने कार्यको प्रशंसा गर्दै राष्ट्रको सीमा रक्षक सेनाको जति नै गुणग

    • प्रकाशित मितिः असोज ५, २०८३
    • २१४ पटक पढिएको
  • नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन

    काठमाडौ - प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकसँगको विश्वास र साझेदारीलाई प्रहरी कार्यको प्राथमिकतामा राख्दै नागरिकमैत्री प्रहरी सेवामा जोड दिन निर्देशन दिनुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक-२०८३ लाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न प्रहरी र नागरिकबीचको विश्वास तथा सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने बताउनुभएको हो ।उहाँले अपराधको प्रवृत्ति र जोखिमको विश्लेषण गरी जोखिमआधारित प्रहरी परिचालन गर्ने तथा प्रमाणमुखी एवं प्रविधिको रणनीतिक उपयोगमा आधारित अपराध अनुसन्धान गर्नुपर्नेमा जोड दि

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ३०३ पटक पढिएको
  • सलकपुरस्थित चिया पसलबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल

    बेलबारीः साइबर ब्युरोमा परेको उजुरीका आधारमा राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् ।दाहाललाई मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित चिया पसलबाट  नियन्त्रणमा लिइएको छ । उनलाई आवश्यक कारबाहीका लागि ब्युरोलाई जिम्मा लगाइने भएको छ ।ब्युरोले काठमाडौं जिल्ला अदालतबाट उनलाई पक्राउ गर्ने अनुमति लिएको बताइएको छ ।दाहाल एक कार्यक्रमका सिलसिलामा मोरङ आएका थिए । 

    • प्रकाशित मितिः असोज ४, २०८३
    • १२६ पटक पढिएको
  • देवानगञ्जमा हिजो भएको गोलीकाण्डको घटनामा संलग्न २ जना सार्वजनिक

    इनरुवाः प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा हिजो साँझ भएको गोलीकाण्डको घटनामा संलग्न २ जनालाई आज सार्वजनिक गरेको छ ।हिजो साँझ देवानगञ्ज गाउँपालिका वडा नम्बर १ मध्य हर्षाहीस्थित बीपी चोकमा दुई समूहबीचको झगडामा स्थानीय नीरजकुमार यादव घाइते भएका थिए । प्रहरीले शशुरुमा यादवलाई गोली हानिएको बताएको भए पनि अनुसन्धान भइरहेको बताएको छ ।घटनामा संलग्न २ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय लाली भन्ने जयकृष्ण यादवलाई नियन्त्रणमा लिइएको हो । सुनसरी प्रहरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले उनीहरूमाथि थप अनु

    • प्रकाशित मितिः असोज ४, २०८३
    • ६७ पटक पढिएको
  • धनकुटाको बञ्चरेमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, १० जना घाइते

    धनकुटाः आज बिहान सवा ८ बजे धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा तांखुवाबाट धरान जाँदै गरेको जीप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छको १ ज २४९४ नम्बरको जीप दुर्घटना हुँदा सो जीपमा सवार धनकुटाको छथर जोरपाटी–३ की ६० वर्षीया सोकमाया लिम्बूको मृत्यु भएको हो ।अन्य १० जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । केही घाइते गम्भीर रहेको अस्पतालले जनाएको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ४, २०८३
    • ५५ पटक पढिएको
  • भोजपुरे कल्याणकारी साकोसको अध्यक्षमा राजेन्द्र कार्की

    विराटचोकः भोजपुर जिल्लासँग पैतृक थलो जोडिएका व्यक्तिहरुलाई शेयर सदस्य बनाउने गरी स्थापित भोजपुरे कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २२ औँ साधारणसभाबाट राजेन्द्र कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।शनिबार सुन्दरहरैंचाको विराटचोकमा भएको साधारणसभाले सुन्दरहरैंचा–१० का कार्कीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । कार्की यसअघि समितिको सचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा मातृकाप्रसाद पराजुली, सचिव पदमा मोहनकुमार पोखरेल, सहसचिवमा यादप कटुवाल र कोषाध्यक्षमा ताराकुमारी सुब्बा चयन हुनुभएको छ ।त्यस्तै, सदस्यहरुमा बालकृष्ण घिमिरे, विमला घिमिरे, खगेन्द्रबहादुर

    • प्रकाशित मितिः असोज ४, २०८३
    • ५७ पटक पढिएको
  • ब्लास्ट टाइम्स राष्ट्रिय दैनिक ३२औँ वर्षमा प्रवेश

    इटहरी - पूर्वी नेपालको पत्रकारिता क्षेत्रमा लामो समयदेखि निरन्तर प्रकाशित हुँदै आएको ब्लास्ट टाइम्स राष्ट्रिय दैनिक स्थापनाको ३२औँ वर्षमा प्रवेश गरेको छ। पत्रिका असोज २ गतेदेखि ३२औँ वर्षमा प्रवेश गरेको हो।तीन दशकभन्दा लामो यात्राका क्रममा ब्लास्ट टाइम्स ले मुलुकका विभिन्न राजनीतिक परिवर्तन, सामाजिक उतारचढाव, प्राकृतिक विपत्ति तथा जनजीवनसँग जोडिएका विविध घटनालाई समाचारका माध्यमबाट पाठकसमक्ष प्रस्तुत गर्दै आएको छ।समयसँगै सञ्चारको स्वरूप र प्रविधिमा व्यापक परिवर्तन आए पनि सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्ने आफ्नो मूल दायित्वलाई पत्रिकाले निरन्तरता दिँदै आएको जनाएको छ।पूर्वी नेपालको माटोबाट

    • प्रकाशित मितिः असोज २, २०८३
    • ३३२ पटक पढिएको
  • जेनजी आन्दोलनका घाइतेहरूले झापामा थाले आमरण अनसन

    बिर्तामोडः झापाको बिर्तामोडमा जेनजी आन्दोलनका घाइतेले सरकारसमक्ष विभिन्न माग राख्दै आमरण अनशन सुरु गरेका छन् ।आन्दोलनका क्रममा पेटमा गोली लागेका अर्जुनधारा नगरपालिका–६ का विवेक दनुवारले बिर्तामोडमा आमरण अनसन शुरु गरेका हुन् । उनको अनसनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनका अन्य घाइतेहरू पनि सहभागी भएका छन् ।जेन–जी आन्दोलन कुनै दललाई बहुमतको सरकार बनाउनका लागि मात्र उपयोग गरिएको जस्तो देखिएको भन्दै उनीहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका थिए । झापामा जेनजी आन्दोलनका क्रममा १०० जनाभन्दा बढी घाइते भए पनि हालसम्म ४३ जनाले मात्र घाइते परिचयपत्र पाएका छन् ।

    • प्रकाशित मितिः असोज १, २०८३
    • १५६ पटक पढिएको
  • भगवान् विश्वकर्माको जन्म प्रसङ्ग

    विराटचोकः आज विश्वकर्माको पूजा गरी विश्वकर्मा पूजा दिवस मनाइँदैछ । उनै भगवान् विश्वकर्माको जन्म प्रसङ्ग यस्तो रहेको छ ।सृष्टिको रचनाको प्रारम्भमा भगवान विष्णु क्षीर सागरमा प्रकट भएका थिए । विष्णुकोे नाभी–कमलबाट ब्रह्मा उत्पन्न भएका थिए । ब्रह्माका पुत्रको नाउँ धर्म थियो, जसको विवाह वस्तु नाउँकी महिलासँग भएको थियो ।धर्म र वस्तुको संसर्गबाट सात पुत्रको जन्म भएको थियो । सातै पुत्रको नाउँ वास्तु राखियो जो शिल्पशास्त्रको कलामा पारङ्गत थिए । वास्तुका एउटा छोरा भएको जसको नाम विश्वकर्मा राखियो । जसलाई प्रथम इन्जिनियर र मेसिनका देवता भनिन्छ ।भगवान विश्वकर्माको अनेक रूप रहेको बताइन्छ । दुई बाहु भएका, चा

    • प्रकाशित मितिः असोज १, २०८३
    • १६९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल