समाचार

    Showing ३११-३२० of ६,००६ items.
  • आज विश्व बाघ दिवस

    इटहरी । आज विश्व बाघ दिवस हो । विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइन्छ । सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू भइरहेका छन् ।हालैमात्र एक सर्भेक्षणले नेपाललाई विश्वको प्रमुख बाघ गन्तव्यको रुपमा चित्रित गरेको छ । लोन्ली प्लानेट नामको विश्वको चर्चित पर्यटन पोर्टलले यस्तो गन्तव्य सूची सार्वजनिक गरेको हो । हालै सार्वजनिक भएको सूची अनुसार नेपालको चितवन राष्ट्रिय निकुन्ज बाघ हेर्न पाइने विश्वको शीर्ष तीन गन्तव्यमा परेको छ ।भारतको उत्तराखण्डको जिम कोर्बेट राष्ट्रिय निकुन्ज तथा बंगलादेशको सुन्दर वन क्षेत्र यस्तो सूचीको पहिलो र दोस्रो नम्बरमा रहेका छन् । यो सूचीकरणले नेपालको पर्यटनमा फाइदा

    • प्रकाशित मितिः साउन १३, २०८३
    • १२१ पटक पढिएको
  • आरएसडीसी लघुवित्तको नाफा ३५.७६ प्रतिशतले बढ्दा कमायो १३ करोड ८२ लाख रुपैयाँ

    इटहरी ।  आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को चौथो त्रैमाससम्म १३ करोड ८२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.७६ प्रतिशतले बढी हो ।समीक्षा अवधिमा संस्थाको खुद सञ्चालन नाफा २५ करोड २७ लाख ५८ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २० करोड २० लाख ४४ हजार रुपैयाँ रहेको थियो ।खुद ब्याज आम्दानी भने २२ करोड ३६ लाख रुपैयाँबाट घटेर १९ करोड १५ लाख ४२ हजार रुपैयाँमा सीमित बनेको छ । ५ करोड ५० लाख रुपैयाँ रहेको सञ्चालन खर्च बढेर ५ करोड ६२ लाख पुगेको छ ।संस्थाको वितरणयोग्य मुनाफा ११ करोड ४१ लाख रुपैयाँ रहेको छ भने लाभांश

    • प्रकाशित मितिः साउन १३, २०८३
    • १४० पटक पढिएको
  • केराबारीमा थप ८ थान अपाङ्गता परिचयपत्र वितरण

    केराबारीः केराबारी गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता परिचयपत्र वितरण स्थानीय समन्वय समिति संयोजक मनमाया मगरको अध्यक्षतामा बसेको बैठकमा केराबारीका थप ८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।विभिन्न वडाका अपाङ्गता भएका व्यक्तिलाई ती परिचयपत्र वितरण गरिएको हो । जसमा रातो (पूर्ण अशक्त ) १ थान, निलो (अति अशक्त) ६ थान र पँहेलो (मध्यम अशक्त) १ थान अपाङ्गता परिचय पत्र वितरण गरिएको हो ।केराबारी गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय–पत्र वितरण सहित बैठक सञ्चालन भएको थियो ।

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ८१ पटक पढिएको
  • आज गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

    इटहरी । आज गुरुपूर्णिमा तथा व्यास जयन्ती मनाइँदैछ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाउने गरिन्छ ।वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रही आएको छ ।गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ११६ पटक पढिएको
  • सुनसरीका १० स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

    इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० स्थानीय तहमा मङ्गलबार बेलुका ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कफ्र्यु आदेश जारी गरेका हुन् ।प्रशासनका अनुसार कफ्र्यु अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ । आदेश उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।यी हुन् कर्फ्य

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ४९८ पटक पढिएको
  • मोरङमा डिजेको प्रयोग गर्न प्रशासनद्वारा रोक

    इटहरी । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र आयोजना हुने विभिन्न सार्वजनिक तथा निजी कार्यक्रमहरूमा डीजे प्रयोग गर्न रोक लगाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा जिल्लाभित्र हुने मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, श्राद्धपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका कार्यक्रम तथा अन्य कुनै पनि स्थानमा छुट्टै अनुमति वा सूचना जारी नगरिएको अवस्थामा डीजेको प्रयोग गर्न निषेध गरिएको उल्लेख छ ।प्रशासनले सूचना विपरीत डीजे प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १२७ पटक पढिएको
  • इनरुवा र पूर्वपश्चिम राजमार्गमा अनिश्चितकालीन कर्फ्यू जारी

    इनरुवाः कप्तानगञ्ज घटनापछि स्थिति अझैसम्म पनि सामान्य नभएकाले जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लास्थित पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा हस्ताक्षरित आदेशअनुसार तोकिएको चार किल्ला र सिमानाभित्र कसैले आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाइने भएको हो ।प्रशासनले पूर्वमा पकली चोकदेखि पश्चिममा कोश

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १७३ पटक पढिएको
  • नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन

    काठमाडौंः जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ ।श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।त्यसपछि शवयात्रा सहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिने बताइएको छ ।यही साउन ७ गते नेता श्रेष्ठलाई नेपाली कांग्रेस सभापति गगन थापाले पार्टीको वरिष्ठ नेता मनोनित गरिएको घोषणा गर्नुभएको थियो ।

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २३० पटक पढिएको
  • देवानगञ्ज घटनापछि सामाजिक सद्भाव कायम राख्न भोक्राहा नरसिंह गाउँपालिकाको सार्वजनिक अपिल

    सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, नयाँहाट–कसामगञ्ज क्षेत्रमा भएको दुःखद घटनाप्रति भोक्राहा नरसिंह गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव तथा कानुनी व्यवस्था कायम राख्न सार्वजनिक अपिल जारी गरेको छ।गाउँपालिकाले घटनामा ज्यान गुमाएका दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।गाउँपालिकाद्वारा जारी अपिलमा घटनापश्चात विभिन्न स्थानमा देखिएका तनावपूर्ण गतिविधि, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षति तथा सर्वसाधारणमा उत्पन्न त्रासप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख ग

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ५५५ पटक पढिएको
  • ‘हली’ को विराटचोकमा भयो भव्य प्रचार, नायक सरोज खनालसहितका कलाकारसँग नाचे विराटचोकवासी

    विराटचोकः यही साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘हली’ को प्रचारप्रसार अभियान अन्तर्गत मोरङको सुन्दरहरैँचा–९, विराटचोकस्थित जेसीज भवनमा हिजो एक भव्य कार्यक्रमबीच चलचित्रको प्रचारप्रसार गरिएको छ ।सुदूर पश्चिममा रहेका छाउपडी प्रथामा आधारित सो चलचित्रले देशमा परिवर्तन ल्याउन एउटा हली नै काफी हुन सक्ने सन्देश छोडेको निर्माता जस्मिन श्रेष्ठले बताउनुभयो । जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको संयुक्त आयोजनामा सोमबार झापा र मोरङमा प्रचार कार्यक्रम गरिएको थियो । विराटचोकका स्थानीयले स्वतःस्फूर्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।विराटचोकस्थित इन्द्रपुर जेसीजको

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १५८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल