केराबारीः हिजो जेठ १८ गते केराबारी गाउँपालिकाका प्रवक्ता नारायणप्रसाद भुजेलज्यूको अध्यक्षतामा पालिकाको चालु आर्थिक वर्षको कार्यप्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३\०८४ को वार्षिक नीति तथा कार्यक्रमको प्रथमिकता बारे छलफल भएको छ ।कार्यक्रममा केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर, निवर्तमान उपाध्यक्ष शान्तिकुमारी लिम्बू भुजेल, मस्यौदा समितिका पदाधिकारीहरु, वडा अध्यक्षहरु, राजनीतिक दलका पालिका प्रमुख तथा प्रतिनिधिहरु, विषयगत शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।२ चरणमा सञ्चालन भएको कार्यक्रमको पहिलो चरणमा विषयगत शाखा प्रमुखहरु तथा दोस्रो चरणमा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उ
इटहरी । यस वर्ष जेठ महिनामा अधिकमास अर्थात् मलमास परेको छ । अधिकमासलाई पुरुषोत्तम मास पनि भनिन्छ ।अधिकमासको कथामा वर्णन गरेअनुसार मलमासमा मालपुवा चढाउने र दान गर्ने चलन छ । मलमासमा ३३ देवताहरूलाई सम्झी अपूपदान अर्थात् मालपुवा दान गरिन्छ ।मलमासमा रसवरी, जिलेबी, लड्डु, लालमोहन, पेडा आदि अरू कुनै खानेकुरा वा पक्वान्नहरू नभई मालपुवा नै हुनुपर्ने विशेष प्रावधान छ । पुरुषोत्तम महिनामा मालपुवा नै किन चाहिन्छ भन्ने हुन सक्छ । मालपुवालाई श्रीकृष्ण भगवानको प्रिय पक्वान्नको रूपमा लिइएको छ ।त्यस्तै मालपुवामा देखिने थुप्रै प्वालहरूले गर्दा हामी र हाम्रा पूर्वजहरूले नर्कमा जानुपर्दैन, स्वर्ग प्रा
दुलारीः बौद्धिक अपाङ्गता अभिभावक संघ मोरङको आयोजना तथा बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालको सहकार्यमा सुन्दरहरैंचा नगरपालिकामा पहिलो पटक “हाम्रोबारे निर्णय हामीसँगै, हामीलाई बुझेर” भन्ने नारासहित बौद्धिक अपाङ्गता दिवस मनाइएको छ ।कार्यक्रममा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, अभिभावक, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा फिल्ड अफिसर उर्मिला सुवेदीले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको जिम्मेवारी राज्यले पनि लिनुपर्ने बताउँदै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र रोजगारीमा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यपालिका सदस्य रुकमणि घिमिरे, सुन्दरहरैंचा नगरपालि
विराटचोकः सन् २०१२ र २०२२ मा सफलतापूर्वक क्षेत्रीय सम्मेलन आयोजना गरिसकेको अनुभवलाई आधार बनाउँदै सन् २०२८ मा इन्द्रपुर जेसीजले नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने लक्ष्यसहित प्रारम्भिक तयारी अगाडि बढाउने निर्णय गरेको छ ।सुन्दरहरैंचा–४ स्थित गोदावरी रिसोर्टमा भएको इन्द्रपुर जेसीजको दोस्रो सञ्चालक समिति बैठकले सन् २०२८ को राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरेको अध्यक्ष समीर बस्नेतले जानकारी दिनुभयो ।मोरङको सुन्दरहरैँचा–४ स्थित गोदावरी रिसोर्टमा इन्द्रपुर जेसिज वर्ष २०२६ को दोस्रो सञ्चालक समिति बैठकले हालसम्म सम्पन्न भएका कार्यक्रमहरूको समीक्षा गर्दै आगामी कार्यक्रम तथा भावी कार्य
इटहरी । जेठ महिनाभर अधिकमास अर्थात् पुरुषोत्तम मास (मलमास) रहेको छ । अधिकमासमा केही आचरणमा बस्नुपर्ने विषय पुराणहरुमा उल्लेख गरिएको छ । मलमास सके एक महिना, नसके १५ दिन, नभए सात दिन त्यो पनि नसक्नेले तीन दिन अनिवार्य बार्नुपर्ने बताइएको छ ।मलमासमा गर्न नहुने भनिएका कुराः–मलमास लाग्नुअघि नगएका तीर्थमा यस महिनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन ।–मलमासमा मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि निषेध गरिएको छ ।–विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटीहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म गर्नु हुँदैन भनिएको छ ।–गृहारम्भ,
इटहरी । आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखका दिन यो दिवस मनाइन्छ ।नेपालले सुर्तीजन्य वस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरेर सदस्य देश बनिसकेको छ ।पछिल्लो समय सार्वजनिक ठाउँमा धुमपान गर्नेलाई कारबाही गर्ने प्रावधान भए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयन भने हुन सकेको छैन ।
विराटचोकः यस वर्ष जेठ महिनामा मलमास परेको छ । अधिकमास तथा पुरुषोत्तम मास पनि भनिने यस महिनामा कुनै कार्य गर्नै पर्ने र कुनै कार्य गर्नै नहुने भनी पुराणहरुमा वर्णन गरिएको छ ।यस्ता छन् अधिकमासमा गर्नै पर्ने कार्यहरुः–वार्षिकी कार्य,–दैनिक नित्य कर्म सधैँ गरेर ल्याइएका कर्महरू, जस्तोः हरेक दिन बिहान बेलुका पूजा,–पुरुषोत्तम पूजा कथा श्रवण,–भगवान् विष्णुको स्तुति र कीर्तन–न्वारन, पास्नी–दैनिक उपभोग्य सामग्री खरिद ।मलमासमा गर्नै नहुने कर्म–श्राद्ध तथा पितृकर्म–विवाह व्रतबन्ध, चूडाकर्म–सप्ताह, नवाह, महारुद्री, शतचण्डी–शुभ मूर्हुतका कुनै पनि कर्म गर्नु हुँदैन, जस्तोः गृह प्रवेश, नयाँ कार्यको थालनी, या
काठमाडौ -नयाँ सरकार गठनसँगै दुईपाङ्ग्रे सवारीसाधनमा लाग्ने कर घट्ने अपेक्षा गरिए पनि हालसम्म कर दरमा कुनै परिवर्तन नआएपछि सवारी खरिदको योजनामा रहेका उपभोक्ता अन्योलमा परेका छन्।यसैबीच, सरकारले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित अबदेखि सबै दुईपाङ्ग्रे सवारीसाधनमा एबिएस (ABS) वा सिबिएस (CBS) प्रणाली अनिवार्य गर्ने व्यवस्था अघि बढाएको छ।नयाँ मस्यौदा निर्देशिकाअनुसार एबिएस तथा सिबिएस प्रविधिले आकस्मिक ब्रेक लगाउँदा पाङ्ग्रा लक हुन नदिई सवारीलाई सन्तुलित र नियन्त्रणमा राख्न मद्दत गर्दछ, जसले दुर्घटनाको जोखिम घटाउन सहयोग पुर्याउँछ।सरकारले यी सुरक्षा प्रविधि अनिवार्य कार्यान्वयनमार्फत सडक सुर
इटहरी — कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि जेठ १७ गतेदेखि इटहरीस्थित प्रादेशिक रङ्गशालामा सुरु हुने भएको छ।प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट करिब १ हजार ७ सय खेलाडी तथा खेल पदाधिकारीको सहभागिता रहने जनाइएको छ। एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दोलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने छ।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले आगामी राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।प्रदेशमा खेलकुद गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिए
इटहरी । कोशी प्रदेशस्तरीय सडक व्यवस्थापन कार्यशाला गोष्ठी–२०८३ मा हस्ताक्षरित प्रतिबद्धता पत्र कार्यान्वयन गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ ।नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागअन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा अन्य मन्त्रीहरू तथा कोशी प्रदेशका प्रमुख सचिवसँग शिष्टाचार भेट गर्नुभएको हो ।भेटका क्रममा २०८३ जेठ १३ गते सम्पन्न कोशी प्रदेश स्तरीय सडक व्यवस्थापन कार्यशाला गोष्ठीमा भएका प्रतिबद्धताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायहरूको स