समाचार

    Showing ५३१-५४० of ६,००६ items.
  • आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदै

    विराटचोकः आज मे २२ तारिख । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने निर्णय गरेको थियो । त्यसलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र संघको महासभाको बैठक निर्णय नम्बर ५५ र २०१ ले थप अङ्गीकार गरी प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।नेपालमा जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार व्याख्या गरिएको छ । नेपाल जैविक विविधताको हिसाबले एशियामा ११ औँ र विश्वमा २५ औँ स्थानमा पर्

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • ३५८ पटक पढिएको
  • नेपाल पत्रकार महासङ्घ सुनसरीको १४ औँ साधारणसभामा चार पत्रकार सम्मानित

    इटहरीः नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको १४ औँ साधारणसभा हिजो सम्पन्न भएको छ । साधारणसभामा चार जना सञ्चारकर्मीलाई सम्मान गरिएको छ ।पत्रकार शालिग्राम पाण्डे र मेनुका पाण्डेद्वारा स्थापित ‘चन्द्रलक्ष्मी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार–२०८३’ बाट पत्रकार शशि कोइराला सम्मानित हुनुभएको छ ।‘प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार विवेक भट्टराई सम्मानित हुनुभएको छ ।‘डम्बरबहादुर कार्की स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार रश्मि प्रधान सम्मानित हुनुभएको छ ।‘रेवन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार सुनिल चौधरी सम्मानित हुनुभएको छ ।सम्मानित हुने प

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १७७ पटक पढिएको
  • प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशारणको अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि दरखास्त आह्वान

    इटहरी ।  प्रेस काउन्सिल नेपाल र सार्वजनिक सेवा प्रशारण (पीएसबी) नेपालको अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि दरखास्त आह्वान गरिएको छ ।सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै यी तीन वटै पदका लागि १८ जेठसम्म आवेदन दिन सकिने जनाएको छ । दरखास्तसम्बन्धी थप विवरण मन्त्रालयको बेवसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ ।सरकारले अध्यादेश ल्याएर पदाधिकारीहरूलाई पदमुक्त गरेपछि प्रेस काउन्सिल र पीएसबी नेतृत्वविहीन भएका थिए । गोरखापत्रको महाप्रबन्धकबाट भने लालबहादुर ऐरी कार्यकाल पूरा गरी बिदा भएका थिए ।ती रिक्त पदका लागि १२ दिनको समय दिएर दरखास्त आह्वान गरिएको हो ।

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • २६८ पटक पढिएको
  • कर्णालीबाहेकका ६ प्रदेशमा आज पनि वर्षाको सम्भावना

    इटहरी ।  नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग आसपास बनेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही मौसमी प्रणालीका कारण देशका विभिन्न भागमा बदली र वर्षा भइरहेको छ ।आज बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । तराईको मौसम भने सामान्यतया सफा छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।आज दिउँसो कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्र

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १४० पटक पढिएको
  • केशव दाहालको कृति ‘इथा’ उपन्यासमाथि शनिबार विमर्श हुने

    इटहरीः शनिबार इटहरीमा केशव दाहालको पछिल्लो उपन्यास ‘इथा’ माथि विशेष साहित्यिक विमर्श कार्यक्रम आयोजना हुने भएको छ । “साहित्य, सङ्गीत र साधना उत्सव, २०८३” को पहिलो दिनको अवसरमा फाईन प्रिन्ट काठमाडौबाट प्रकाशित उपन्यास इथाको सोही कार्यक्रममा गृह विमोचन पनि गरिने भएको छ ।इटहरीनिवासी साहित्यकार केशव दाहालको कृति गृहविमोचनका साथमा इटहरीमा साहित्य, सङ्गीत र साधना उत्सव २०८३ शुरु हुने सङ्गीत साधना प्रतिष्ठानका अध्यक्ष राजु केसी बताउनुहुन्छ । त्यस्तै, साहित्य, सङ्गीत र बौद्धिक साधनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको यस उत्सवले समकालीन साहित्यिक तथा सांस्कृतिक चेतना र सिर्जनात्मक संव

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • ४७१ पटक पढिएको
  • एशियन हाइवेको कञ्चनपुर–कमला खण्डको सडक निर्माण अलपत्र

    सिरहाः हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहाल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान, गोलबजार, मिर्चैया र आसपासका रैथाने बजारले भोगिरहेको अवस्था हो यो ।एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा नेपालको गौरव र रणनीतिक महत्वको ‘एशियन हाइ–वे’अन्तर्गत कञ्चनपुर–कमला सडक खण्डको ८६ दशमलव ८३ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति विगत छ वर्षदेखि अलपत्र छ ।नेपाल सरकार र निर्माण कम्पनीबीच २०७७ साल असार ११ गते सडक विस्तार र स्तरोन्नतिका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार यो आयोजना २०८० कात्तिक ११ गतेभित्रै सम्पन्न भइसक्नुपर्ने थियो ।

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • २०३ पटक पढिएको
  • कानेपोखरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

    कानेपोखरीः ड्रिम्स सिनेवार्क मिडिया प्रालिको सहजीकरण तथा कानेपोखरी गाउँपालिकाको आयोजनामा मोरङको कानेपोखरी गाउँपालिकाको चालु आर्थिक वर्षको पहिलो सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।गाउँपालिकाको प्राङ्गणमा शुक्रबार भएको कार्यक्रममा उठेका जिज्ञासाको जवाफ पालिकाकी अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादव तथा सहकारी शाखा प्रमुख सागर अधिकारीले दिनुभएको थियो ।कार्यक्रममा पालिकाको हालसम्मको प्रगति तथा अन्य विवरण प्रमुख प्रशासकीय अधिकृत यादवले प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी नेत्र प

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • १७५ पटक पढिएको
  • राष्ट्रपति रामचन्द्र पौडेल लौकहीमा, संघीयतामा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक रहेको धारणा

    इनरुवाः सुनसरीको कोशी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै स्थानीय सरकारको महत्त्व र गरिमा अझ व्यापक एवं गहन भएको बताउनुभएको छ ।जनताका न्यूनतम आधारभूत आवश्यकता र जनचाहना अनुरूप विकासका कार्यहरूलाई तीव्रता दिनुपर्नेमा उहाँको जोड थियो । जनप्रतिनिधितर्फ लक्षित गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरूपका कार्यहरूलाई साकार बनाउन स्थानीय तहहरू सदैव दत्तचित्त र क्रियाशील हुनुपर्ने बताउँदै शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित, संविधान र शासन प्रणा

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • १७३ पटक पढिएको
  • एसईईमा ४ जीपीए ल्याउने स्वीकृतिलाई ५० हजार नगदसहित भव्य सम्मान, पञ्चायत माविको घोषणा– अब उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पढाइ !

    पथरी शनिश्चरे, जेठ ५ — मोरङको पथरी शनिश्चरे–१ स्थित पञ्चायत माध्यमिक विद्यालय ले एसईई २०८२ मा ४ जीपीए ल्याएर उत्कृष्ट सफलता हासिल गर्ने छात्रा स्वीकृति निरौला लाई नगद ५० हजार रुपैयाँसहित भव्य सम्मान गरेको छ।विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा स्वीकृतिलाई फूलमाला, अविर, खादा तथा सम्मानपत्रसहित सम्मान गरिएको हो। सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याउन सफल भएपछि स्वीकृति अहिले नगरकै चर्चित छात्राका रूपमा परिचित बनेकी छन्।कार्यक्रमकै अवसरमा विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकी ले अर्को ठूलो घोषणा गर्दै ३.६ जीपीएभन्दा माथि ल्याउने ८ जना विद्यार्थीलाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ४७४ पटक पढिएको
  • घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा सुन्दरहरैंचा महिला मञ्चको समन्वयमा उद्यमशीलता विकास तालिम शुरु

    गोठगाउँः मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा उद्यमशीलता विकास तालिम कार्यक्रम शुरु भएको छ । सोमबार शुरु भएको तालिम सात दिनसम्म चल्ने आयोजकले जनाएको छ ।तालिम संयोजक संस्था सुन्दरहरैंचा महिला मञ्चकी अध्यक्ष विमला अधिकारीका अनुसार वडाका उद्यम गर्ने चाहना भएका ३२ जना महिला तालिममा सहभागी भएका छन् ।आयोजक संस्था घरेलु तथा साना उद्योग कार्यालय कोशी प्रदेशले २५ जनालाई तालिम दिने निर्णय गरे पनि आवेदन दिने र व्यवसाय गर्न इच्छुक सबैलाई तालिममा सहभागी गराइएको मञ्चकी सचिव जानुका ओझा बताउनुहुन्छ ।तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आ

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • १०७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल