सुनसरी । आसन्न स्थानीय निर्वाचनमा इनरुवा नगरपालिकाकाको उम्मेदवारमा सशक्त दाबेदारका रूपमा हेरिएका एमालेका नेता मनोज मेहता यति बेला चुनावी मैदानमा छाएका छन् ।

एमालेका तर्फबाट करिब आधा दर्जन नेताहरू मेयर पदको आकांक्षी देखिए पनि मनोजको सशक्त दावे दारी रहेको स्रोतको दाबी छ।

काङ्ग्रेसबाट उम्मेदवार हालका मेयर राजन मेहता नै  बन्ने सम्भावना रहेकोले मनोजलाइ एमालेमा  बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।

हाल सामाजिक कार्यमा अग्रसर मेहता व्यक्तिगत रूपमा पार्टीका स्थानीय नेतृत्व, समाजका अगुवा, सामाजिक अभियन्ताहरूलाई भेटेर चुनावको विषयमा चर्चा गरिरहेका छन् ।