काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी कमाण्डर तोकेको छ । आइतबार बसेको बाग्मती प्रदेशको बैठकले केन्द्रीय सदस्य एवं भरतपुर महानगर मेयर रेनु दाहाललाई कमाण्डर तोकेको हो । 

बैठकले सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेर खटाएको छ । 

प्रचण्डको चुनावी क्षेत्र चितवन क्षेत्र नम्बर ३ हो ।