झापा । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसम्मत सिफारिस भएको छ । 
 
बिहीबार बिहान बसेको क्षेत्र नम्बर १ को बैठकले शर्माको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले बताए । 
 
शर्मा यसअघि झापा क्षेत्र नम्बर १ बाटै २०७० र २०७४ मा पनि प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धी थिए । शर्माको प्रतिनिधिसभामा यसपालि उम्मेदवार भए भने यो तेस्रो पटकको उम्मेदवारी हुनेछ । यसअघि २०७४ सालमा झिनो मतले शर्मा माओवादीका नेता राम कार्की पार्थसँग पराजित भएका थिए । 

त्यतिबेला कांग्रेस एक्लै निर्वाचनको प्रतिस्पर्धामा थियो भने माओवादी राप्रपासहितको गठबन्धनमा थियो ।