विराटनगर । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि नेपाली कांंग्रेस मोरङ क्षेत्र नम्बर २ बाट वर्तमान सांसद डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य सुजता कोइरालाको नाम सिफारिस गरिएको छ । सर्वसम्मत नभएपछि दुई जना आकांक्षीको नाम सिफारिस गरिएको बताइएको छ ।  

रिजाल २०७४ सालको निर्वाचनमा बाम गठबन्धन उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गर्दै संसद निर्वाचित भएका थिए ।

सुजता कोइराला भने बुबा गिरिजाप्रसाद कोइरालाले चुनाव लडेको क्षेत्रबाट आफू उम्मेदवार बन्ने बताउँदै आएकी छन् ।