काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई मातृशोक परेको छ। बादलकी आमा नन्द कुमारी थापाको आइतबार चितवन क्षेत्रपुरस्थित निवासमा निधन भएको हो।
 
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थापाको निधनको खबरले आफूलाई दुखित बनाएको उल्लेख गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्।
  
पूर्व माओवादी नेता बादल नेकपा विभाजनसँगै माओवादी छाडेर एमालेमा बसेका थिए।