सुनसरी ।  नेपाली कांग्रेस सुनसरी जिल्ला सम्मेलनलाई सम्बोधन गर्न सभापति शेर बहादुर देउवा साउन ६ गते सुनसरी आउने भएको छन् । सभापति शेर बहदुर देउवाको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस सुनसरी जिल्ला सम्मेलन हुने भएको हो । 

.पी कोइराला ४१ औँ स्मृति दिवसको अवसरमा सुनसरी कांग्रेसले जिल्ला सम्मेलन गर्न लागेको जिल्ला सभापति केदार भण्डारीले जानकारी दिए  । 

पाटी सभापति शेर बहादुर देउवाले महामानव वि।पी कोइरालाको इनरुवा ९ बबियामा रहेको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम सुनसरी कांग्रेसले तय गरेको छ । सभापति देउवाले सोही दिन जिल्लास्थित कार्यकर्ता हरुसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको जिल्ला कांग्रेस कार्यालय सुनसरीले जनाएको छ । 

नेपाली कांग्रेसका सभापति सुनसरी आउने भएपछि सुनसरी कांग्रेसले भव्यताका साथ सम्मेलनलाई सफल बनाउन  आ–आफ्नो क्षेत्र र तहबाट पाटीका सबै पदाधिकारी र सदस्यहरु लागेको सुनसरी पाटी सभापति केदार भण्डारीले बताए । 

कांग्रेस सुनसरीले जिल्ला सम्मेलनमा सहभागिताका लागि केन्द्रीय सदस्यहरु, कोशी प्रदेश पदाधिकारी,  जिल्ला पदाधिकारी तथा सदस्यहरु प्रतिनिधि सभा निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरु, प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरु, पालिकाका पदाधिकारीहरु तथा सदस्यहरु, वडाका पदाधिकारीहरु तथा सस्यहरु, टोल समितिका पदाधिकारी तथा सदस्यहरु, भातृ संघ संस्था एवं सुभेच्छुक, संघ संस्थाका पदाधिकारीहरु तथा सदस्यहरु र सम्पूर्ण क्रियाशील सदस्यहरु, साधारण सदस्यहरुका साथै नेपाली कांग्रेसप्रति आस्था प्रकट गर्ने र शुभचिन्तकहरुलाई उपस्थितिका लागि निमन्त्रणा गरेको पाटी सचिव विरेन्द्र शाहले जानकारी दिए ।